सुरु भयो संचारमा भर्ति केन्द्र

राजनीति समाचार

काठमाडौं । माओवादीमा चाकडी प्रथा प्रथम पुरस्कार पाएजस्तै छ । जसले आफैंले काम गरेको ठाउँमा मासिक तलब पाएको छैन, उसैलाई न्यूनतमक पारिश्रमिक समितिको सदस्य बनाएर संचारमन्त्री रेखा शर्माले श्रमजिवी पत्रकारको कल्याण गर्दैछिन् ।

माओवादी पत्रकार बन्न समाचार लेख्न पर्दैन, जसले समाचार लेख्छ, उसले एक कोलमको समाचारमा नाम राख्छ । त्यस्तै दुई पात्रलाई माननीय मन्त्री शर्माले शुक्रबार न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भर्ति गरेकी छिन् । यी दुई पात्रको पछाडि पार्टी उपाध्यक्ष पम्फा भुसाल र ललितपुरका नेता हरि दाहाल रहेका छन् ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पारिश्रमिकत नदिने मिडिया हाउसमा धावा बोल्न सक्दैन । त्यो समितिमा मै हुँ भन्ने कांग्रेसका सुरेश आचार्य, पोषण केसी, एमालेका एकनारायण भण्डारी, महेन्द्र विष्ट, राजेन्द्र अर्याल, माओवादीकी संगीता खड्का जस्ता पत्रकारहरुले आफ्नो कार्यकालमा देश घुम्ने, रिपोर्टे बनाउने र संचारमन्त्रीलाई बुझाउने काम त गरे ।

तर संस्थागत सक्रियता देखाएनन् । अहिले संचारमा भर्ति सुरु भएको छ । रेडियो नेपाल गोरखापत्र रासस र टेलिभिजनमा कांग्रेसले छानी छानी प्रेस सेन्टर निकटका पत्रकारहरुलाई हटाउको छ । संस्थागत रुपमा सबै संस्था टाट पल्टेका छन् । व्यवस्थापकीय सुधार कतै छैन । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा र माओवादीको संचार क्षेत्रका इन्चार्ज महेश्वर दाहाल संचारमन्त्री हाम्रो भनेर रमाएका छन् ।

यिनीहरुकै सिफारिसमा मन्त्रालयले राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गर्दैछ । पत्रकारलाई दिने त्यो पुरस्कार लेखेर बाँचेकाले होइन, जसले नेताको चाकडी गर्छ, उसैले पाउने निश्चित छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *