डढेलो लगाएर सुध्रन्छ अर्थतन्त्र

राजनीति समाचार

प्रचण्डको खेदो खन्दै ओली
काठमाडौं । आफु प्रधानमनत्री बन्दा शासक बनेर राजतन्त्रकै झल्को दिने नेकपा एमालेका अध्यक्ष केपी ओली घर पोलेर खरानी ताप्दैछन् । राष्ट्रघाती महाकाली सन्धीका अन्तिम सुत्र देवराज घिमिरेलाई सभामुख बनाएर राष्ट्रपति कब्जा गर्न खोजेको फल प्राप्त भएको छ । कम्युनिष्ट पार्टीको सत्ताविरुद्ध लागेका छन् ।

कांग्रेसले त्यो सत्य बुझेर पनि बुझ पचाएको छ । कांग्रेस भित्र डा.शेखर समूह खरो बनेको छ । त्यो समूहमा रातो पासपोर्ट काण्डमा नायक र सक्कली किसानको आहरा खोस्ने दार्शनिकको हुँकार चर्काे छ । नेपाली भाषा माथि प्रहार गरेर गाडीमा इम्बोस्ड नम्बर लाद्ने शुद्ध भारतीय विमलेन्द्र निधिदेखि डा.आरजु राणाको गठबन्धनले कांग्रेस बद्नाम हुँदा एमालेका केपीले आफुजस्तो निष्ठावान कांग्रेसलाई पार्टीलाई देखेनन् ।

घरमै विदेशी पालेका कम्युनिष्टले देशको हित गर्दैनन् । कांग्रेस र एमालेको ब्राण्डको राष्ट्रघातले सीमा आतंक छ । त्यहाँबाट हुने तस्करी नियन्त्रण समयमा हुन नसक्दा र गलत अर्थतन्त्र, गलत र्निाय र भद्रगोल नीतिले देशमा आर्थिक संकट कसरी समाधान हुन्छ ? त्यसको उदाहरण अहिलेको चरममन्दी र आर्थिक घाटा हो । गरिबको हितभन्दा ओली सरकारले भ्यूटावरमा खर्च गराए । सरकारी सम्पत्ति माफिया र बिचौलिया हावी भएका छन् । राज्यकोषबाट २०५४ सालदेखि २०७२ फागुन ३ सम्म राज्यले देखावटी रुपमा अर्थ मन्त्रालयको स्रोतअनुसार १७ करोड ३६ लाख खर्च गरेको छ ।

एमालेका झलनाथ र वामदेवले छोराहरुलाई ठेकेदार पनि बनाए । नेताका छोराहरु चिनियाँ कम्पनीका बिचौलिया भए । एमालेका लागि त्यो जनताको बहुदलीय जनवादको एउटा रुप हो । नेताका छोराले ठेक्कापट्टा लिनु हुँदैन भन्ने होइन ।

कोरोनाकालको ओम्नी र हुकामसँग ईश्वर पोखरेलका पुत्र र विष्णु रिमालका पुत्रको पार्टनरी थियो आफ्नो स्वार्थमा कम्युनिष्टले कस्तो गर्छन् ? कम्युनिष्टको दृष्टिमा देशघाती भ्रष्टाचारी कांग्रेसले कस्तो गर्छ ? जनताले गणतान्त्रिक नेपालको संविधान जारी भएको ७ वर्ष अनुभव गरिसके । कम्युनिष्ट सरकार समय सुहाउँदो बनाउने हो । तर नेपालका कम्युनिष्टले मन्त्री बन्दा मन्त्रिस्तरीय निर्णय गरेर जनतालाई कस्तो राहत दिए त ? त्यो छर्लंग छ ।

मलमा हाहाकार किसानको उत्पादन बिचौलिया हावी भारतको तरकारी र खाद्यान्नले जनता पालिनुपर्ने यही हो । कम्युनिष्ट नीति, सिद्धान्त, विधि, प्रक्रिया भनेको ? केपी ओली र पुष्पकमल दाहाललाई नराम्रो भन्ने ठाउँ नै छैन ।
केपी ओली गणतन्त्र नेपालको ४१ महिने प्रधानमन्त्री भए । प्रचण्डले ११ वर्ष बन्दुक नउठाएको भए केपी प्रधानमन्त्री बन्न सक्दैनथे होलान । एक हुल युवा केपी ओली जहाँ जान्छन्, त्यहाँ लिएर हिँड्छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *