असलमा नेपालका राजनीतिक दलहरु क्रान्तिकारी नभएर भ्रान्तीकारी सावित भएका छन । नेपाली जनतालाई तत्कालिन पञ्चायती व्यवस्था र राजतन्त्रको बिरुद्ध भड्काउनको लागि दलहरुले नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउँछौ भन्दै अनेक भड्काउ संकल्पहरु गरेका थिए । भर्खरै प्रवेशिका परिक्षा पास गरी कलेजमा भर्ना भएका बिद्यार्थीहरुको कलिलो दिमागमा राजनीतिक दलका नेताहरुले अनेक भ्रान्तीहरु फैलाएर तत्कालिन पञ्चायती व्यवस्था र राजतन्त्रको बिरुद्ध उक्साउने गरेका थिए ।
दलहरुले फैलाउने गरेका प्रमुख भ्रान्तीहरुमा सन् १९५० को नेपाल र भारत बिचको मैत्री संधीको खारेजी, सन् १९४७ मा भएको त्रिपक्षीय संधी अनुसार चलेको गोर्खा भर्ती केन्द्रको खारेजी, जग्गा जमीनको हदबन्दी लागु गरी जसको जोत उसको पोत नीति अवलम्बन गर्ने जस्ता पर्दछन । नेपाली जनता विस्तारै दलहरुले फैलाउने गरेको भ्रान्तीहरुको प्रभावमा पर्दै गएर राजाको सक्रिय नेतृत्वमा चलेको पञ्चायत व्यवस्थाको बिरुद्ध दलहरुले थालेको आन्दोलनलाई सघाउन तयार भएका थिए । फलस्वरुप २७ बर्ष पुरानो पञ्चायती राजनीतिक व्यवस्था धारासायी भयो र त्यसको ठाउँमा दलहरुलाई नेपालको राजकीय सत्ता चलाउने अवसर प्राप्त भयो ।
नेपालमा सक्रिय रहेका तत्कालिन राजनीतिक दलहरुले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको लागि सहमत भएका थिए । नेपालमा यो राजनीतिक व्यवस्था लगभग १५ बर्ष मात्रै चल्यो । नेपाल कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वमा चलेको १० बर्ष लामो जनयुद्ध १२ बुँदे दिल्ली सम्झौता सम्पन्न भएपछि रोकियो । भारतको रोहवरमा भएको उक्त शान्ति सम्झौता अनुसार नै नेपालको राजनीतिमा बिदेशीको हस्तक्षेप सुरु भयो । नेपालका अन्य राजनीतिक दलहरुले नेकपा माओवादीको नेतृत्वमा भएको १० बर्ष लामो जनयुद्ध तथाकथित जनयुद्ध मात्रै मानेको छ । उक्त १० वर्ष लामो द्वन्द्वमा १७ हजार नेपाली जनताको ज्यान गएको थियो जसको औचित्या अहिले सम्म दलका नेताहरुले प्रमाणीत गर्न सकेको छैन । द्वन्द्व पीडितहरु न्याय माग्दै छन भने द्वन्द्व चलाउनेहरु क्षतिपूर्ती माग्दै लिंदैछन ।
द्बन्द्वको कारण नेपालको विकास पचासौं बर्ष पछाडि धकेलियो भने ठुलो संख्यामा नेपाली जनता विस्थापित भएर देश बिदेशमा भड्किरहन बाध्य भए । नेपाली जनताको भविष्य द्वन्द्वको कारण अन्धकार बन्यो जुन आज सम्म पनि कायम नै छन । नेपाली जनतालाई दलहरुले झनझन अन्योल र निरास तुल्याउँदै ल्याएका छन । दलहरुले नेपाली जनता सामु गरेका प्रमुख संकल्पहरु एउटा पनि पुरा भएको छैन तर संकल्पमा कहिले नभएका बिषयहरुले प्राथमिकता पाएका छन ।
नेपाली जनताले बुझे अनुसार राजतन्त्रलाई सत्ताच्युत पार्ने र परपूर्व काल देखि हिन्दूराष्ट्र भएको नेपाल राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाउने कुरा नेपाल कम्युनिष्ट पार्टी माओवादीले चलाएको तथाकथित १० बर्षे लामो जनयुद्धको संकल्पहरुमा कतै थिएन । दलहरुले संकल्प गरेका कुराहरु एउटा पनि पुरा नहुने तर संकल्पमा नै नभएको कुराहरुलाई मात्रै दलका नेताहरुले नेपालको संविधान २०७२ बनाउँदा प्राथमिकता दिएको हुँदा नेपाली जनतालाई आफु दलहरुबाट ठगीएको कुरा महशुस हुँदै गएको छ ।
नेपालको एकिकरण गर्नको लागि नेतृत्व गरेको इतिहासिक राजतन्त्र र नेपाली जनतालाई गोलबन्द गरी आपसमा जोडी राख्ने सनातनी वैदिक हिन्दूधर्मलाई कुनै जनमत संग्रह नै नगरी दलहरुले हटाएको हुँदा नेपाली जनताको चित्त बुझेको छैन । नेपालको पहिचान नै बनीसकेको राजतन्त्र र हिन्दूधर्मलाई हटाउने काम कसले किन गर्यो नेपाली जनताले उत्तर पाउन सकेको छैन । त्यो कुरा दलहरुको एजेण्डा भनौ वा संकल्पहरुमा कहिले पनि थिएन भने अचानक किन दलहरुको मूल मुद्दा बन्न पुग्यो ।
यसको मतलव के निस्किन्छ भने दलका नेताहरुले विगतमा उठाउँदै चर्चा गरेका सबै राजनीतिक परिवर्तनका मुद्दाहरु भ्रम फैलाउने काम मात्रै भएको पुष्टी हुन्छ । राजपरिवारले स्वीटजरलैंडको बैंकहरुमा नेपालबाट लुटेको पैसा लगेर राखेका छन भन्ने आरोप पनि जनआन्दोलन ताका दलका नेताहरुले नै लगाएका थिए । यत्रो बर्ष सत्ता चलाएका दलहरुले आजसम्म पनि सोआरोपलाई छानविन गरी सत्यतथ्य नेपाली जनताको माझ ल्याउन सकेको छैन । बरु उल्टै दलका नेताहरुले नेपालमा आर्थिक संकट नै उत्पन्न हुने गरी बिदेशमा गैर कानुनी तरिकाले पैसा लगेर बिदेशी बैंकहरुमा राखेको र लगानी गरेको आरोपहरु लाग्न थालेको छ ।
दलहरुले फैलाएको भ्रमको पछाडि नेपाली जनता त्यसै लागेको थिएन । नेपाली जनता पनि दलहरुले भनेको जस्तो परिवर्तन नेपालमा होस भन्ने चाहेका थिए र आज पनि चाहान्छन । नेपालको आत्मसम्मानमा चोट पुग्ने गरी विगतमा भए गरिएका सबै संधी सम्झौताहरु खारेज वा त्यसको ठाउँमा नयाँ संधी सम्झौताहरु गरियोस भन्ने कुरा नेपाली जनताको अन्तर्आत्मा देखि नै निस्किएको बिषयहरु हुन । तर दलहरुले नेपालको संबिधान २०७२ बनाउँदा आफैले बिगतमा उठाएको बिषय वस्तुहरु माथि ध्यान दिएनन् ।
विदेशीको प्रभावमा परी उनीहरुकै कुरालाई सुनेर नेपाली जनताको खुट्टामा बञ्चरोले हान्ने मूर्खतापूर्ण काम गर्नवाट आफैलाई रोक्न सकेनन् । दलहरु भित्र घुसेका ईसाई नेताहरुले नेपालको पहिचान नै मेटिने गरी हिन्दूधर्म र हिन्दूधर्म सित जोडिएको राजतन्त्रलाई नेपालको संबिधान २०७२ मा कुनै स्थान दिएनन् । उक्त संबिधानलमा नेपालको पहिचान नै बनीसकेको इतिहासिक राजतन्त्र र सनातनी वैदिक हिन्दूधर्मले कुनै स्थान नपाएको भएता पनि नेपाली जनताको मनमा सर्बोच्च स्थान पाएको छ ।
अब दलहरुले गरेको यहि गल्तीले नै गर्दा नेपालमा दलहरुको दिनगन्ती सुरु भईसकेको छ । नेपालमा व्यवस्था परिवर्तन भएको लामो समय बित्दा पनि अवस्थामा परिवर्तन नआएको मुख्य कारण पनि यहि नै हो । नेपालको धर्म, कला, साँस्कृति, परम्परा र सम्पदालाई मेटाउन खोज्ने दलहरु र दलका नेताहरुलाई नेपाली जनताले तिरस्कार गर्न थालेका हुँदा नेपाल चाँडै हिन्दूराष्ट्र नै बन्ने र राजतन्त्रको वापसी हुने वातावारण बन्दै गएको छ । नेपाल देवभूमि हुनको साथै भगवान पशुपति नाथको निवास पनि भएको हुँदा नेपालमा गैरहिन्दूहरुको शासन व्यवस्था चल्दैन र केही समय चलेपनि टिक्दैन । सनातनी वैदिक हिन्दूधर्मको उद्गमस्थल पनि नेपाल नै भएको हुँदा नेपालमा धर्मनिरपेक्षता चल्न सक्दैन । दलहरुले नेपालमा ल्याएको संघियता, लोकतन्त्र र गणतन्त्र नेपालको मौलिक राज्य व्यवस्था होइन ।
दलका नेताहरुले मौलिक राजनीतिक व्यवस्थाको श्रृजना नगरी बिदेशबाट हुबहु नक्कल गरी नेपालमा लागु गरेका हुन । त्यसैले दलहरुले ल्याएको मौलिकताहिन यो राज्य व्यवस्था नेपालमा खोटो सावित भईसकेको हुँदा अब लामो टिक्न सक्दैन । राजतन्त्रको इतिहास नेपालमा २४३ बर्ष लामो छ । नेपाल भरी छरिएका साना राज्यहरुलाई एकिकरण गरी महान र बिशाल राष्ट्र नेपालको स्थापन गर्ने श्रेय राजतन्त्रलाई नै जान्छ । तत्कालिन राजा श्री ५ बडामहाराजधिराज पृथ्वी नरायण शाहले नेपालको एकिकरण आफ्नो स्वार्थ पुरा गर्नको लागि पनि गरेका थिएनन् ।
त्यायिबेला भारतमा कुण्डली मारी बसेको अंग्रेजको आक्रमणबाट नेपाल राष्ट्रलाई बचाउन कै निमिक्त उहाँले यो महाअभियानको श्रीगणेश गर्नू भएको थियो । भारतमा जरा गाडी बसेको शक्तिसाली अंग्रेज शासक सित एक पटक मात्र होइन अनेक पटक मुठभट गरी घमसान युद्ध समेत लडेर अग्रेजको विशाल र आधुनिक हतियार सहितको सेनालाई हराउने सफलता उहाँले नेपाल राष्ट्रलाई दिलाउनु भएको थियो । अहिलेका दलका नेताहरु सबै बिदेशीको पाउमा लम्पसार पर्ने खालका मात्रै छन । बिदेशी सित युद्ध नै लड्न सक्ने हैषियत कुनै पनि दलका नेताहरुको छैन । बिदेशीको आशीर्वाद लिएर सत्तामा टिकी राख्नको लागि तँछाड र मछाँड गरी लाग्नेहरु मात्रै छन । नेपाली जनताले अब दलहरुले फैलाउने भ्रमको पछाडि पहिलेको झै लाग्न छाड्नु पर्छ ।
दलहरुले फैलाएको भ्रमहरुलाई चिर्दै नेपाल राष्ट्रको रक्षा र नेपाली जनताको शान्ति यबम् बिकासको लागि एकजुट हुनै पर्छ । अंग्रेजहरुको डिभाईड एण्ड रुल नीति जस्तै दलहरुको भ्रम फैलाएर राजगर भन्ने नीति पनि हो । त्यसैले नेपाली जनता एकढिक्का भएर दलहरुले फैलाएको भ्रमको पछाडि नलागि नेपालको इतिहास र धर्म बाचाउने अभियानमा लाग्नु पर्छ । २४३ बर्ष लामो इतिहास भएको राजतन्त्र र सनातनी वैदिक हिन्दूराष्ट्र एक अर्काको परिपुरक हुन ।
त्यसैले राजतन्त्रलाई हटाएर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने दलहरुको कूकर्म दन्डनीय भएकाले क्षमा गर्न सकिन्न । दलका नेताहरुको हात १० बर्षे द्वन्द्व कालमा मारिएका १७ हजार नेपाली जनताको रगतले रंगिएका छन । दलहरु सबै मिलेर आम माफिको तानबाना बुन्ने काम गर्दैछन । तर जघण्य आपराध गरेकाहरुलाई आफ माफी दिनु भनेको धर्म बिरोधी काम हो भने न्यायको दृष्टिले पनि गलत हुन । नेपाल भरी फैलिएको अराजकताको जड पनि दण्डहिनता नै हो ।
दलहरुले फैलाएको अराजकता र दण्डहिनतालाई समाप्त पारी नेपालमा कानुनी र धार्मिक राज वा राम राज स्थापना गर्नको लागि राजतन्त्रको वापसी अपरिहार्य भएको छ । धर्मले ने नेपाली जनताको रक्षा गर्ने हुँदा नेपाली जनतालाई धर्मनिरपेक्षता मान्य छैन र धर्मनिरपेक्षताको आडमा दलका नेताहरुले गर्दै ल्याएको नेपाल राष्ट्रको ईसाईकारण कुनै हालतमा पनि स्वीकार्य छैन । भ्रम फैलाएर शासन गर्ने दलका नेताहरु नेपाली जनताका परम शत्रु हुन, अस्तु ।(तामाकोशीसन्देशबाट)