भ्रष्टहरुको अखडा बन्दै प्रधानमन्त्री सचिवालय

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्रीको चमक छ, बोलिमा पनि दम छ । तर, सचिवालयको भद्रगोल हेर्दा यस्तो लाग्छ कि, डुंगा कहाँ गएर पल्टिने हो । पूर्व प्रशासकहरु भन्दैछन् ,कोही प्रधानमन्त्री वा मन्त्री कति सफल वा असफल हुन्छ,उस्को सचिवालयलाई हेरेरै ठोकुवा गर्न सकिन्छ । तर प्रधानमन्त्रीको सचिवालय नै भद्धा बन्न पुगेका छ । भए भरका माओवादी कार्यकर्तादेखि माओवादी पार्टी र क्रान्तिसँग केही साइनो नभएकाहरु समेत अहिले वालुवाटारमा बसेर हैकम चलाइरहेका छन् । अहिले प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सन्तु दराई र स्वकीय सचिवमा रमेश मल्लका अलवा पुत्री गंगा दाहाललाई प्रचण्डले स्वकीय सचिवकै हैसियतमा कार्यरत छिन् ।

प्रचण्डका हरेक बैठकमा उनको सहभागितालाई अस्वभाविक मान्दैछन्,गठबन्धनकै नेताहरु । अहिले प्रचण्डको परिवारमा अहिले छोरी गंगा दाहाल आफै सक्रिय भएर लागेकी छिन् । तर, परिवारका सदस्य भन्दा बाहिरका व्यक्तिलाई गंगा दाहालहरुले च्यापे पछि प्रचण्डमाथि सुरक्षा थ्रेट बढेको भन्दै सचिवालयकै नेता तथा कार्यकर्ताहरुले प्रश्न उठाउन थालेका छन् । प्रचण्डको सचिवलायमा एक जना अनाधिकृत व्यक्तिको प्रचण्डको ओछ्यानसम्मकै एक्सेसलाई लिएर सुरक्षा अधिकारीहरुले यसरी चिन्ता प्रकट गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डको व्यक्तिगत कुनै नाता नभएको तर आफ्नै छोरा भएको भन्दै एक जना विज्ञले आतंक मच्चाएको वालुवाटार स्रोतले जनाएको छ । ती व्यक्ति नेपालका बिचौलियादेखि विदेशी खुफिया एजेन्सीसम्मको सम्पर्कमा रहेका प्रधानमन्त्री प्रचण्डकै सचिवालयका सदस्यहरुले चिन्ता प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेका अन्य व्यक्तिहरुमा मनहरी तिमल्सिना छन् । उनी अघिल्लो पटक प्रधानमन्त्री हुँदा पनि सोही भूमिकामा थिए । यस अघि प्रेस सल्लाहकार हुँदा बदनामी मुछिए र हटाइएका थिए ।

अहिले फेरि तिनैलाई च्याप्नु पर्ने त्यस्तो बाध्यता प्रचण्डको सामु के आइलाग्यो होला ? प्रश्न उठ्न थालेको छ । यस्तै त्यहाँ नारायण शर्मा अर्थात सूर्यकिरणले प्रेस संयोजकको जिम्मेवारीमा छन् । अर्का सल्लाहकारका रुपमा गोविन्द अचार्यलाई हालै त्यहाँ भित्राइएको छ । तीन दशकदेखि राजनीति गरेका प्रचण्डले राजनीतिक सल्लाहकारको रुपमा हरिबोल गजुरेललाई भित्राएका छन् भने उनको सचिवालयमा शिव खकुरेलजस्ता व्यक्तिले नियुक्ति खाइरहेका छन् । अग्नी सापकोटाका पुत्रलाई परराष्ट्रविज्ञका रुपमा राखिएको छ ।

केही अघि एक महिलामाथि दुव्र्यबहार गरेको आरोप लागेर दरबारमार्गमा केही समय प्रहरी नियन्त्रणमा परेका राससका फोटो पत्रकार प्रदीपराज वन्त त्यही टिमभित्र अटाइएको छ । यस्तै जनसम्पर्क विज्ञका रुपमा बुद्धि जि सी । छन् अहिले प्रचण्डको सचिवालमया रहेकामध्ये सबैभन्दा धरै प्रश्न उठ्न थालेको छ आइटी विज्ञको बिषयमा कार्यरत प्रकाश रायमाझीका कारण । उनी फागुन १ गतेदेखि प्रचण्डको सचिवालयमा कार्यरत छन् । माओवादी स्रोतका अनुसार प्रकाशको स्थायी घर रामेछाप हो । उनी सामान्य परिवारका व्यक्ति हुन ।

जनयुद्ध कालमा माओवादीको समर्थक पनि नरहेका उनी माओवादी हुनुपर्दछ भन्ने भयले भागेर काठमाडौं आए । केही समय सहयोगीको काम गरे । त्यहाँबाट अन्नपूर्ण पोष्टमा टाइपिष्टमा नाम निकाले र विराटनगरमा ३÷४ बर्ष त्यतै काम गरे । ०६९ सालमा काठमाडौंमा आइटी सम्बन्धि कन्सलटेन्सी खोले,थापागाउँमा । त्यही हो उनको प्रकाश दाहालसँग भेट भएको, समीर दाहाल मार्फत । प्रकाशसँगको त्यही भेट पछि अर्का प्रकाश रायमाझीको भाग्यले कोल्टे फेरिएको उनलाई चिन्ने र जान्नेहरु सुनाउँछन् ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार,प्रकाश दाहालको निधन पनि उनले चढिरहेको गाडी समेत प्रकाश रायमाझीले चढ्दै आएका थिए । पछि गाडी फिर्ता मागेपछि विनासँग भनाभन प¥र्यो र अहिले बोलचाल बन्दको स्थिती छ । केही अघि भन्सार,राहदानीको सर्भर लामो समयसम्म डाउन हुनुमा प्रकाशकै निर्देशनले काम गरेको सरकारी कर्मचारीहरुले सुनाउँछन् । प्रकाश त आफूलाई प्रचण्डको कान्छो छोराका रुपमा चिनाउन पछि पर्दैनन् । उनी कतिसम्म गतिछाडा भने,निर्धक्क प्रधानमन्त्री प्रचण्ड सुत्ने पलङमा गएर लम्पसार पर्दछन् ।

उनलाई यतिविध्न पुल्पुलाएको चाहिँ गंगा र जीवन आचार्यहरुले हो भन्ने गरिन्छ,वालुवाटारका कमरेडहरु । प्रकाशका बिषयमा धेरै ठाउँबाट गुनासो आए पछि गंगा र जीवनकै विशेष संरक्षण प्राप्त गरेका कारण उनकाविरुद्ध बोल्ने कसैले हिम्मत गर्दैनन् भन्ने चर्चा माओावादीकै नेताहरुले गर्न थालेका छन् । नियुक्ती खाएकै दिन पोष्टर बनाएर प्रचण्डको पक्षमा माहौल बनाएका उनी सिंहदरवारमा बस्नुपर्ने बालुवाटारमा बसेर प्रम प्रचण्डको चोटाकोठा चाहरिरहेका छन् ।

जनयुद्ध ताका माओवादीलाई सफल पार्न सक्रिय कतिपय इमान्दार नेता तथा कार्यकर्ता अहिले खाँडीमा पुगेर घोडाको लिहिती सोर्दैछन्,कतिपय डिप्रेसनमा गुज्रिएका छन् तर हिजो माओवादी हुनुपर्ला बनेर जिल्ला छोडेर भागेका चैते कमरेड प्रकाशहरुकै वालुवाटारमा हैकम चल्न थालेको भन्दै केही माओवादीका नेताहरुले चित्त दुखाएका छन् । नीजिमात्र होइन स्वकीय सचिवालयतर्फ पनि उस्तै बदनामहरुलाई लगेर थुपारिएको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *