गगन र विश्वको क्रेज डुब्यो

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसमा युवा नेताको समेत अब क्रेज रहेन । सत्ता र कुर्सी नै दाइभाउजुको बद्नाम गर्ने थलो भयो । अहिले नेपाली कांग्रेसले सबै शक्तिलाई मिलाउने जिम्मा पाउँदा पनि सरकारलाई अप्ठेरो पार्ने काम गगन थापाले गुटगत रुपमा गरेकै छन् । थापा डा.शेखर कोइरालाको समूहमा खेल्दैछन् । प्रधानमनत्रीको उम्मेद्वार भनेर जनताले भोट दिँदा गगनलाई सभापतिसँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेर उत्ताउलो हुन उक्साउने को थिए ?

गगन तनहुँलाई, विश्व प्रकाशलाई चितवनको कमाण्डर तोकिएको थियो । तनहुँमा मातातीर्थ औंसीमा पछ्यौरा र साडी बाँडेर पनि यिनको क्रेज बढेन । रमेश खरेलका भाइ जो व्यास नगरको अध्यक्ष थिए । भट्टराईका गुण्डासँग १७ लाख ३५ हजार रकमसहित एमाले र रास्वपाका कायृकर्ताले रातको समयमा पक्राउ गरे । राज्यस्रोतको दोहन गर्दा कांग्रेसले २५ हजार मत बचाउन नसक्नुको कारण भ्रष्टाचार, कमिशन, बिचौलिया हावी बनाउने नै हो । कांग्रेसभित्र भाउजुलाई रिझाएर सांसदको टिकट पाउने जुन परिपाटी छ, त्यसमा डा.शेखर कोइराला पनि सहभागी छन् ।

जनताले कांग्रेसका महामन्त्रीद्वयबाट ठूलो अपेक्षा गर्छ । तर उनीहरु पार्टीले पाएको आठ मन्त्रालयमा सन्तोष नहुनुले पनि महामन्त्रीद्वयको क्रेज गयो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल भने बद्नाम योग्य भइसकेका पात्र थिए । मौका पाउँदा विमलेन्द्र निधिले देश सम्पत्ति कसरी भारतीय कम्पनी हुँदै विदेशीलाई पोसेका रहेछन् । त्यसमा डा.आरजु जोडिनु पनि राष्ट्रघात नै थियो ।

देशको गोप्यता भारतीयलाई सुम्पने धन्दाको एउटा पाटो सवारी साधनको इम्बोस्ड नम्बर र राष्ट्रिय परिचय पत्रको छपाई नै काफी छ । संयोगवश अहिले माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्थिति बदलेका छन् । देशलाई विदेशीको रणमैदान बनाउने धन्दा कांग्रेसले गर्छ र नेकपा एमाले देशभित्रका माफिया बिचौलियाको सेवक बन्छ भन्ने कुरा देखाप¥यो ।

व्यवसायी कृषकले पाउने कृषि व्यापार आयोजना (हाल खारेज) को अनुदान हजम गर्न गगनलाई थेनछुक भएन । राजनीतिमा ठगी धन्दाको यो कलंकबाट गगन कहिल्यै मुक्त पाउने छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिदैँनथे । माओवादीका ३७ हजार मत दायाँबायाँ नहुँदा गगनको जित भएको हो । राष्ट्रका समस्यामा यिनको बोली जति बिक्छ, स्थानीय तहमा बिक्दैन भन्ने कुरा त उनको बसोबास भएको वडामा एमालेले स्थानीय तह कब्जा गर्नु हो ।

कांग्रेस पार्टीबाट डा.स्वर्णिमको विद्रोह यिनका लागि पनि खतरनाक हो । गगन नै कांग्रेसमा अबका दिन सहज नहुनपनि सक्छन् । किनकि त्यहाँ विगतका अफ्ताभ आलमजस्ता धेरै छन् । शुद्ध र सज्जन पात्रको खडेरी पर्दा गगन, विश्व, गुरुराज प्रदीप पौडेलजस्ता युवालाई राजनीति धान्न कठिन अवस्था छ । पुरानो पुस्ताका धेरै स्वार्थी र परिवारवाद बन्दा युवा पुस्ताले स्वच्छ राजनीतिको जस लिन सक्दैन । भ्रष्टाचारमा डुबेका डा.आरजुकै भित्रिया डा.प्रकाशशरण महत अर्थमन्त्री छन् । पार्टीको अस्तित्व बचाउने दायित्व अर्थ मन्त्रीको काँधमा छ । तर उनी भ्रष्टाचारमा लोकप्रिय बनेका छन् । विगतको उर्जामन्त्री कालमा स्थापित अनुहार हुन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *