विनोद चौधरीको फाइल अर्थबाट गायब

राजनीति समाचार

काठमाडौं । एक बर्षमै २० अर्ब सम्पत्ति बढेर धनाढ्य माथि धनाढ्य बन्दै गएका विनोद चौधरी जोडिएका एउटा गोप्य डकुमेन्ट अर्थ मन्त्रालयबाटै हराए पछि हल्ला खल्ला शुरु भएको छ । विनोद चौधरीको कर्तुत जोडिएको एउटा डकुमेन्ट अर्थबाटै गायब बनाइएको हो । अर्थका केही कर्मचारीहरुलाई विनोद चौधरीले मासिक रुपमै तलब दिएर राख्ने गरेको तथ्य यस अघि पनि तामाकोशी सन्देशले प्रकाशन गरिसकेको छ । उसो त अघिल्लो आर्थिक बर्षको बजेट निर्माणमै विनोद चौधरीका मान्छे (पूर्व नासु) घुसेर करको दरै परिवर्तन गरेको बिषय समेत अझैं सेलाइसकेको छैन ।

नेपाल सरकारको जागिर छाडेका पूर्व नासु रघुनाथ घिमिरे विनोद चौधरीको भित्रिया कर्मचारी भहुन जो रातारात अर्थमन्त्रालय छिरेर करको दर नै परिवर्तन गरेका थिए । चौधरी घरानालाई पोस्न मध्यरातमा सिंहदरबारको गेट खोलेर अर्थमन्त्रालयमा छिराइएको थियो । एसएलसी थर्ड क्लास उत्र्तीण भएका नायब सुब्वा रातारात अर्थ मन्त्तालय छिरेर करको दरै परिवर्तन गर्न भ्याएकै शैलीमा अहिले अर्काे कर्मचारी तयार गरी रातारात विनोद चौधरीसमेत तानिने एउटा अनुसन्धानको फाइल अर्थबाटै गायब बनाइएपछि अर्थका उच्च पदस्थ हाकिमहरुको तनाव शुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अख्तियारले यस बारेमा २०७९ कात्तिक तेश्रो साता अध्ययन शुरु गरेको जनाएको छ । उसले यो प्रकरणको अध्ययन गर्नका लागि विभिन्न मन्त्रालयबाट यस सम्बन्धी फाइल खोजी कार्य तिव्र पारेको समेत अख्तियारले जनाएको छ । एमालेलाई पैसा बुझाएर एक कार्यकाल सामानुपातिक सांसद खाएका पछि कांग्रेसी बनेका विनोद चौधरीले शक्तिको आडमा १० रोपनी जग्गा बाँसबारी छाला तथा जुत्ता कारखाना हडपेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि चलाउँदै आएको छ ।

दरबारदेखि प्रधानमन्त्री, मन्त्री, नेता र कर्मचारीसम्मलाई ‘मिलाएर’ उसले गरेको सार्वजनिक सम्पत्ति हडपेको बिषयमा अख्तियारले समेत चासो देखाएर फाइल माग्नु तर अर्थ मन्त्रालयमा कहिँ कतै फाइल नभेटिएपछि अर्थका हाकिमहरु तनावमा परेका हुन । काँग्रेसले नीजिकरणमा नाममा भए भरका उद्योगधन्दाहरु बेचेर खायो । त्यसैमध्येका एक हो बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेड । घाटामा गएको देखाएर सो जग्गा कौडीको भाउमा बेचियो । त्यतिखेर झण्डै आठ करोड मूल्य पर्ने जग्गा २५ लाखमा बेचियो । यसरी कौडीको भाउमा सरकारी जग्गा हड्पने व्यापारी उनै विनोद चौधरीका परिवार थिए ।

यसरी यो बदमासी प्र्रकरणमा फाइल खोज्दा अर्थबाट फाइलै गायब बनाइएको हो । अर्थमा फाइल नभेटिएपछि अहिले सरकारी अधिकारीहरु बाँसवारी छाला जुताको फाइल उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयतिर खोजिँदै छ । तर विनोद चौधरीहरुको बदमासी जोडिएको यो फाइल सिंहदरबारभित्रका कुनै पनि मन्त्रालयमा भेटिएका छैनन् । त्यसबेला निजकरण गरिएका सबै संस्थानको फाइल भेटिए पनि बाँसवारी छालाजुत्ता कम्पनीको फाइलमात्रै अर्थबाट गायब बनाइनुमा चौधरीले अर्थ मन्त्रालयकै कर्मचारीहरु परिचालन गरी फाइल गायब बनाएको चर्चा अर्थ मन्त्रालयतिर सुन्न पाइन्छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *