छोराछोरीकै कारण माओवादीको राजनीति धरापमा

राजनीति समाचार

काठमाडौं । कुनै समय मुलुकमा आमूल परिवर्तन ल्याउन भन्दै सशस्त्र द्वन्द्व लडेका माओवादी किन यसरी क्षयीकरण हुँदै गयो ? आर्थिक मामलामा नेताका सन्तानहरु किन गनाउँदै गइरहेका छन् ?अहिले चर्चामा आएको नक्कली शरणार्थी प्रकरणमा धेरै माओवादी शीर्षस्थ नेता,पूर्व माओवादी नेताका सन्तानको कनेक्सनले समेत तिनको ‘नियत’ उदांगो बनाइदिएको छ ।

उसो त रामबहादुर थापा गृहमन्त्री हुँदा छायाँ मन्त्री थिए उनका छोरा प्रतिक । पोखरामा पुगेर यौनकाण्ड मच्चाउनेदेखि ठेक्कापट्टामा जोडिएर प्रतिक विवादमा तानिए । अहिले नक्कली शरणार्थी प्रकरणमा जोडिएर प्रहरी कष्टडीमा छन् । उनी गृहमन्त्री हुँदा बनाएको छवि संदिग्ध व्यापारीदेखि विचौलिया र विवादास्पद प्रहरी अधिकृतहरूसँग उनका उठबसले धुमिल बनाइरहेको थियो । अहिलेको शरणार्थी प्रकरणले माटोमै मिलाइदिएका छन् । यस्तै पूर्व माओवादी नेता टोपबहादुर रायमाझीको पुत्र सन्दीप यही प्रकरणमा पक्राउ परिसकेका छन् भने यस्का मुख्य नाइके हुन भनिँदैछ पूर्व उपराष्ट्रति नन्दकिशोर पुन ‘पासाङ’पुत्र दीपेश ।

दीपेशका दर्जनौं बदमासीहरु छरपष्ट छन् । हालै रिर्पोटस क्लवमा पीडितले दीपेशले गरेका बदमासीका फेहरिष्त सार्वजनिक भएको छ । दिपेशको नाम बन्द रहेको मलेशिया जाने नेपाली कामदारबाट अनधिकृत रूपमा रकम असुल्ने भीएलएन र बायोमेट्रिक प्रणालीको एजेन्ट बन्ने चलखेलमा समेत जोडिन पुग्यो । एउटा सहकारीसँग समेत जोडिएर पुन बदमासी खेपिरहेका छन् । शक्तिमा हुँदा दीपेश बिचौलियाका रुपमा काम गर्ने गरेर बदनामी कमाएकै हुन । प्रचण्ड पुत्री गंगा दाहाल,ज्वाई जीवन आचार्यहरुको खेलो फड्को र धन्दा उस्तै विचौलियाको रहेको भन्दैछन्,माओवादीहरु ।

पूर्व सभामुख कृष्णबहादुर महराका छोराहरु निर्मल र राहुल ठेक्कापट्टा र एनजिओका कारण बदनामी खेपिरहेका छन् । माओवादीका एक नेताका अनुसार,हुण्डी कारोबारीसँग समेत उनीहरुको विशेष उठबस छ । वामदेव गौतमका छोरा हरिश विचौलियाका काम गरी बदनामी खेप्दै आइरहेका छन् । वरिष्ठ नेता झलनाथ खनालले निर्भिक चित्रकार ठेक्कापट्टा गर्दछन् । उनी पेट्टी ठेकेदारका रुपमा चिनिन्छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा सालो भूषणका कारण बदनामीमा मुछिदै आएका छन् । गिरिजापुत्री सुजाताहरु समेत यस्तै यस्तै धन्दाका कारण बदनामीमा मुछिएका देखिन्छन् । यसरी कुनै समय आर्दश पात्रका रुपमा चिनिएका नेता र तिनका छोराहरु अहिले ‘पैसाका निम्ति जे पनि गर्ने’ पात्रका रूपमा स्थापित भएको छन । भोलि उनीहरुको बुवा आमाको शेख पछि राजनीतिमा आए भने कस्तो ट्रेण्ड बसाल्लान उनीहरुले ?(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *