धितोपत्र बोर्डमा अध्यक्ष धमलाको हमला

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल सरकारले अर्थतन्त्रलाई मजबुद बनाउने र पुँजी वृद्धि गर्ने उद्देश्यले २०५० साल जेठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना गरेको थियो । राष्ट्रिय बचत, लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी नआसोस र पुँजी बजारलाई बृद्धि गरी चलायमान बनाउने लक्ष्यका साथ २०६३ सालमा धितोपत्र बोर्डसम्बन्धी ऐन बनाएर लागु गरेको थियो । तर, विगत लामो समयदेखि सो ऐन कानुनलाई समेत धज्जी उडाउँदै उक्त बोर्डलाई राजनीतिक भर्ती केन्द्र बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुको सट्टा उल्टै आफ्ना नातागोता र आसेपासेको कमाउने थलोको रुपमा परिणत गराइँदै हुँदै गएको छ ।

पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गरी धितोपत्रको निष्कासन, खरिद, बिक्री तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरूको कामकारबाहीलाई नियमित अनुगमन तथा व्यवस्थापन गरी सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा त्यो गरिएको छैन ।

खासगरी धितोपत्र बोर्डले गर्नुपर्ने कामहरु यसप्रकार रहेका छन् । जस्तो नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, मूल्यांकन संस्था धितोपत्र ब्रोकर व्यवासायी, मर्चेन्ट बैंकर, निष्कासनकर्ता कम्पनी, सूचीकृत कम्पनी, सामूहिक लगानी कोष, निक्षेप सदस्य र आस्वा प्रणालीलगायतमा आबद्ध संस्थाहरूको नियमन गर्नुपर्नेमा त्योसमेत गरेको पाइँदैन ।

अहिले बोर्डले अन्तर्राष्ट्रिय नीतिनियमलाई समेत बाइपास गर्दै आफ्नै संस्थाको धज्जी उडाउने काम गर्दै आएको छ । किन कि धितोपत्र बोर्ड यतिबेला राजनीतिक दलहरुको भर्तीकेन्द्र र अर्थमन्त्रालयको कमाइखाने थलोको रुपमा परिचित हुँदै गएको छ । विगत लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष बन्नको लागि अनेकौं फन्डा मच्चिँदै गएको थियो ।

त्यो फन्डासँगै तत्कालीन सरकारले नियुक्ति गरेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई धितोपत्रको पैसा आफ्नाको हितमा हुने गरी ऋण प्रवाह गरी लगानी गर्नेदेखि आफ्ना आसेपासेलाई पोष्ने काम गरेको आरोप लागेको थियो । यसरी उनी विवादमा परेपछि अध्यक्ष पदबाट राजीनामा दिएर बाहिरिनुपरेको थियो । अहिले बोर्ड अध्यक्ष रहेका रमेश धमला पनि विभिन्न काण्डमा मुछिँदै आएका छन् । यसरी पटक–पटक विवादमा पर्दा उनीमाथि पनि प्रश्नचिन्ह खडा हुन थालेको छ ।

धमलाले शेयर बजारमा ब्यापारी भित्र्याउने गरी चलखेल गरेको आरोप छ । त्यसले गर्दा शेयर बजारमा दीर्घकालीन असर पु¥याउने देखिन्छ । अहिले शेयरको मूख्य घट्नुमा पनि धमलाको चलखेल मुख्य कारण रहेको समाचारस्रोतको दावी छ । विश्वका स्टकएक्चेन्ज कम्पनीहरु मर्जरमा गइरहेका छन् भने नेपालले अधिकांश नियम कानुन बनाउँदा अन्य देशको नक्कल गरी योजना बनाउँदा अर्थतन्त्रलाई घाटा पुग्ने गरेको छ । पैसाको चलखेलमा अहिले धितोपत्र बोर्डले धेरैलाई दलाल(ब्रोकर)ं लाइसेन्स दिन लागिपरेको छ । यसरी अन्दाधुन्दा रुपमा शेयर ब्रोकर लाइसेन्स वितरण गर्न थालेपछि धितोपत्र बोर्ड र नेप्सेबीच द्वन्द्व चर्किन थालेको छ ।

पुँजीबजारको लागि नागरिक समक्ष पु¥याउनुपर्नेमा त्यसलाई बञ्चित गराइ नागरिकलाई सूचनाको हकबाट समेत बन्चित गराइँदै छ । धितोपत्र बोर्डले नीति, नियम संशोधन गर्दा लगानीकर्ताको हितमा गर्नुपर्नेमा त्यो नगरी उल्टै विचौलियासँगको मिलेमतोमा आफ्नै हितमा काम गरिरहेको छ । त्यसकारणले पनि अहिले धितोपत्र बोर्डका अध्यक्ष रमेश धमला विवादमा तानिँदै आएका छन् । उनी विवादमा तानिएसँगै शेयर बजार पनि दिनप्रतिदिन ओरालो लागिरहेको छ । (तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *