ब्यूरोक्रेसीभित्र ठूला माछाले साना माछा सिध्याउँदै

राजनीति समाचार

काठमाडौं । नेपालका रानीतिक दलहरु नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता काण्डमा मुछिँदै आएको आरोप लागिरहने गरेको थियो । त्योसँगै अहिले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकणमा बहालवाला मन्त्रीदेखि सचिव, सुरक्षा सल्लाहकार, गृहमन्त्रीका छोरा, नेकपा एमालका सचिव टोपबहादुर रायमाझीका छोरालगायत पक्राउ परिसकेका छन् ।

त्यसैगरी तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड र अख्तियार प्रमुख प्रेमकुमार राईलगायत दर्जन हाराहारी पक्राउ पर्ने सम्भावना रहेको छ । त्यसैको सेरोफेरोमा विगत लामो समयदेखि सिंहदरबारभित्र विचौलियाहरुको हालीमुहाली चल्दै आएको थियो । त्यस्ता विचौलियाहरु भने कहिले पक्राउ पर्ने हुन् त्यो एकिन छैन । अधिकांश जिचौलियाहरु यतिखेर कर्मचारी सरुवाबढुवा गर्न चलखेल गरिरहेका छन् ।

कर्मचारीभित्रको एउटा गिरोहसँगै अन्य गिरोह पनि कर्मचारी सरुवा बढुवा गर्नको लागि न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।
अधिकांश कर्मचारीहरु आफूलाई पायक पर्ने ठाउँमा सरुवा गराउन लागिपर्ने गरेका छन् । तर, एउटै घरका श्रीमान्, श्रीमती जागिरेहुँदा एकै ठाउँमा बस्नको लागि कतिपय कर्मचारीहरुले मरिहत्त गर्ने गरेका छन् । तर, त्यो सम्भव नभएपछि पीडित कर्मचारीहरुले आफूलाई घरपायक पर्ने र बालबच्चाको रेखदेख गर्नको लागि पनि सरुवा बढुवामा लाग्ने गरेका छन् ।

त्यसको लागि विचौलिया प्रयोग गर्ने गरेका छन् । तिनै विचौलियाहरुलाई एकदेखि दुई लाखसम्म घुस खुवाएर सरुवा मिलाउने काम गरिन्छ । त्यसमा पनि गृहमन्त्रालय, भौतिक पूर्वाधार तथा याताया गृहमन्त्रालय, शिक्षा, स्वास्थ्य र परराष्ट्रसँगै अर्थमन्त्रालयमा विचौलियाहरुलाई प्रयोग गरेर सरुवा हुन लागिपर्ने गरेका छन् । त्यसो नगरे श्रीमान एकातिर, श्रीमती अर्कोतिर भएपछि आफ्नो बालबच्चा र वृद्धवृद्धा बाबु, आमाहरुको रेखदेखमा कमी आउने भएकाले ती कर्मचारीहरुले सरुवा माग्ने गरेका छन् ।

त्यसमा पनि कतिपय कर्मचारीहरुको सरुवा, बढुवाको काम हुन्छ भने कतिपयको काम नभएर विचौलियाले पैसा खाइदिने गरेका थुप्रै उदाहरणहरु छन् । कर्मचारीभित्र पनि ठूला माछाले साना माछालाई खाएजस्तै पावर र पैसा खुवाउन नसक्ने कर्मचारीहरुलाई सरुवा बढुवामा वाइपास गर्दै आएका । कर्मचारीले तल्लो तहका कर्मचारीहरुलाई शोषण गरिराखेको पीडितहरुले बताउने गरेका छन् । (तामाकाशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *