पत्रकायितामा चाकडी प्रथा हावी

राजनीति समाचार

काठमाडौं । माओवादीभित्र सुप्रिमो अध्यक्ष र वरिष्ठ उपाध्यक्षले राम्रै गर्न खोजेको भनाई छ । । तर वर्गीय संगठनहरुमा ठग र भ्रष्टहरुको वर्चश्व छ । त्यसले सरकारको काम ओझेलमा पारेको छ ।

एउटा समूह राज्यले दिन मिल्ने हरेक पुरस्कार, सम्मान, पदक र विभुषण आफैंले पाउनुपर्छ भन्छ । त्यो समूहले माओवादी शान्ति वार्तामा आएपछि निरन्तर लुटेको छ । त्यसको नेता गोविन्द आचार्य हुन् । कहिले कृष्ण महरा र अग्नि सापकोटा, कहिले राम कार्की र रेखा शर्मा संचारमन्त्री बन्दा लुटेको गिरोह प्रेस सेन्टरको नामा अहिले पनि चमत्कार गर्दैछ । यो गिरोहले स्वीकारेको पत्रकारिताका खराब व्यक्ति टिकाराम राईले गोरखापत्रबाट नियोजित रुपमा निलम्बन गरेका विष्णु खनालले जन्मदेव जैशीको प्रेस नेपालको सदस्यता लिएका छन् ।

नेकपा माओवादीभित्र खनाल बहुपत्नीधारी मानिन्छन् । खनाललाई निलम्बन गराउन जति प्रेस संगठन लाग्यो, प्रचण्डको प्रेस सेन्टर लागेन । गोरखापत्रको १२३औं वार्षिकीमा विवादमा प¥यो । अजय सुमार्गीलाई माओवादीले रेडियो बुझाएर त्यहीँको जागिर भएका विष्णु सापकोटाको अध्यक्ष प्रचण्डको विश्वासी भएबापत त्यहीँ जागिर छ । तर त्यो नेतृत्वले सरकारले दिलाउने राष्ट्रिय पुरस्कार पत्रिका प्रकाशन नभएपनि पुराना क्रान्तिकारी नेतालाई दिएकोमा कसैको विरोध छैन ।

किनकी माओवादीले जे गरेपनि हुन्छ । राज्यलै यस्तै गर्ने हो । मौका पाउँदा पार्टीले यस्तै गर्नुपर्छ । फोनिजले विरोध ग¥यो, चौतारीले सहयोग रहेको छ । तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुत्तामा पालिस गर्ने र कपाल काट्नेलाई राष्ट्रपतिद्वारा विभूषण दिनु र थापालाई क्रियाशील पत्रकारिता पुरस्कार दिनु एउटै हो । किनकि एमालेका सूर्य थापा र माओवादीका गोविन्द आचार्य प्युठानका हुन् । दुबै प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुँदा यस्ता धन्दा हुन्छन् ।

प्रेस सेन्टरले छान्ने यस्तै हो । अब सेन्टरले गफ लगाउने लेखनकला नभएपनि बोल्न खरो र चाकडीमा चमत्कारी उपत्यका प्रदेश इन्चार्ज अर्जुन ज्ञवालीलाई गोदवा प्रथम दिन सिफारिस गरे हुन्छ । ज्ञानप्रसाद पौडेललाई पनि दिनुपर्छ । यस्तै व्यक्तिहरुले माओवादी सत्ताको सुख भोग्न पाउनुपर्छ । किनकि २०६२÷६३ को खान्की यस्तैलाई दिनुपर्छ । गोविन्द आचार्य प्रधानमन्त्रीको प्रमुख प्रेस सल्लाहकार, ओम शर्मा माओवादीको वैदेशिक विभागका उपसंयोजक भएका बेला यस्तो छलाङ मार्नुपर्छ ।

माओवादीसँग जो जो जोडिए तिनले सहेको अपमानले प्रेस सेन्टरको एउटा तप्का विभाजित हुने अवस्थामा छ । प्रेस सेन्टरका संस्थापक एवं पार्टीले इन्चार्जका रुपमा खटाएका महेश्वर दाहाल भने अहिलेको भिडतन्त्रप्रति सन्तुष्ट छैनन् । उनी छायाँमा छन् । मन्त्री भेटियो कि फोटो खिचाउने र फेसबुकमा राख्ने प्रतिस्पर्धा नारायणकाजी समुहका सुनिल खड्का अग्रस्थानमा छन् ।

पार्टी र संगठनको नाममा भोजन गर्ने आम श्रमजिवीको मुद्दामा जन्मदेव जैसीले भिड्ने भएपछि जुगलको प्रेस सेन्टर कसका लागि भन्ने प्रश्न उठेको छ । किनकि संचार मन्त्रालय माओवादीको छ । प्रेस सेन्टरले कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार अजय सुमार्गीलाई दिने निर्णय ग¥यो भने प्रधानमन्त्री प्रमुख अतिथि बन्दा हुन्छ । किनकि प्रधानमन्त्री दाहालकै सम्पत्ति सुमार्गीले प्रयोग गरेको चर्चा छ । सरकारले राम्रा काम गरेको छ ।

प्रेस सेन्टरका नेताहरुले न त श्रमजिवीको पिडा बुझ्छन्, न त समयको ख्याल गर्छन । मन्त्रीका प्रेस सल्लाहकारहरु एकाध बाहेक अधिकांश माफियाका दलाल भएका छन् । विचारको पक्ष माओवादीले एमालेको त्यागेको कारण प्रेस सेन्टर आम पत्रकारकाबिचमा लोकप्रिय नभएको बताइन्छ ।

भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री र उपप्रधानमन्त्री लागेका छन् । सरकारलाई एमालेका केपी ओली ईश्वर पोखरेलसम्मले चुनौती दिएका छन् । मन्त्रीहरु सुदन किराँती अमनलाल मोदी रेखा शर्माले राम्रा काम गरेका छन् । तिनको कामको प्रचार गर्न सेन्टरले ठेकेदार तहका पत्रकार पठाएको छ । ती ठेकेदारसँग सम्बन्ध होला अरु कार्यकर्ताको छैन । माओवादी मन्त्रीले राम्रो काम गरेपनि प्रचार नपाउनुको कारण संचार क्षेत्रसँग नजोडिएका तथा कथित पत्रकार भनेर प्रेस सेन्टरको नाम भजाउने खराब व्यवहार हो ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *