शरणार्थी काण्डले पार्टी फुटाउने योजना तुहियो

राजनीति समाचार

काठमाडौं । कम्युनिष्ट पार्टीलाई जनताले दिएको जनमतको कदर गर्न नसक्ने राष्ट्रका अपराधीहरु नक्कली शरणार्थी काण्डमा आफ्ना मान्छे धेरै जोडिएको वास्तविकता बाहिर आएपछि बद्नामीबाट बच्न देशको ध्यान अन्यत्र मोड्न पार्टी विभाजनको हल्ला चलाउँदै थिए । तर्कहीन शैली र स्वभावले कांग्रेसका गगन थापाले ४० प्रतिशत लिएर कांग्रेस फुटाए प्रधानमनत्री दिने रवि लामिछानेले गृह मन्त्री पाउने, राप्रपा उर्जासहित उपप्रधानमन्त्री लिने सन्सनी मच्चाइरहेकै बेला कांग्रेसका नेता बालकृष्ण खाण जेल परे ।

एमालेको ४१ महिने सरकारमा जनतालाई भाषणमै भएपनि जहाज, रेल, ग्याँसपाइप ल्याउने घोषणा गरे । भाषणमा दिलाइएका यस्ता योजना एमालेकै दस्तावेजमा छैनन् । भोक र स्वार्थको आडमा रणनीतिक सडक र स्वास्थ्य चौकीको शिलान्यास बालुवाटारबाट गर्दा बजेटको व्यवस्थापन गर्नु परेन । एमाले अध्यक्ष केपी ओलीको भाषणमा धेरै ताली बजाए । एमाले सरकार कम्युनिष्टको बद्नामीको सुरुवाती थियो । अहिले देशको अर्थतन्त्र धरासायी हुनुमा एमालेको ३ वर्षे अर्थनीति थियो । जनार्दन शर्माको व्यापारी पोस्ने, आँफु कुम्ल्याउने गोरखधन्दामा डा.आरजुकै सहभागिता थियो । त्यो क्रम जारी छँदा नक्कली शरणार्थी काण्ड बाहिर आयो ।

सरकार गिराउने योजनामा एमाले थियो । एमालेले स्थायित्व खोज्यो । अस्थिरताका कारक हुँदैनथ्यो भने नेकपाको शासन १५ वर्ष चल्थ्यो । विकासमा कम्युनिष्टहरु बफादार छन् भन्ने तथ्य बलियो हुने थियो । तर ओलीलाई राष्ट्रिय ढिकुटी सिध्याउनु प¥यो । देशमा स्वास्थ्य संकट आउँदा र कमाई धन्दामा लाग्दा भ्रष्टाचार र बेथिति चुलीमा पुग्यो । आफ्नै पार्टीको बहुमत हुँदाहुँदै पनि अध्यादेश ल्याएर जसपा फुटाउने योजना बन्यो । आखिर अध्यादेशले एमाले दुई टुक्रा भयो ।

वामदेव एकता राष्ट्रिय अभियानमा लागे, माधव नेपालले एकीकृत समाजवादी खडा गराए । अझै पनि सत्ता गठबन्धन भत्काउने योजनामा एमाले रहेको छ । विपक्षी नेताकै कारण संवैधानिक निकाय पदाधिकारीवहीन भएका छन् । ओलीले चाहेमा कांग्रेसका गगन थापालाई ४० प्रतिशत बनाएर पार्टी फुटाएर आउन उक्साएका छन् । कांग्रेसबाट ४० प्रतिशत आयो भने एमाले ७८, राप्रपा १४, रास्वपा २१, नेमकिपा जोडिँदा १२४ पुग्छ । बहुमत पु¥याउन १३८ जना चाहिन्छ । १४ जना सांसदका लागि नेपाली कांग्रेस विभाजन हुने अवस्था छैन ।

शेखर समूहको विद्रोह भयो भने ३७ जना सांसदले कांग्रेस फोड्ने सम्भावना हो । तर विभाजित दलप्रति जनमत छैन भन्ने कुरा बुझेर शेरबहादुर आफैंले फुटाएको पार्टी गिरिजासँगको वार्ताबाट ४० प्रतिशत लिएर एकता गरेको बुझेका डा.शेखरबाट त्यो घात होला भनिँदैन ।
नेताहरु सरकारलाई अस्थिर बनाउने भुटानी शरणार्थी काण्डमा परेकालाई छुटाएर भ्रष्टाचार र विकृतिको बारेमा कोही बोल्दैन ।

जो राष्ट्र र जनताप्रति कहिल्यै गम्भीर भएनन् । पार्टीमा गुट, सरकारमा लुटको माहोल खडा गर्ने सबै दल मुलुकका लागि घातक हुन् । कांग्रेसका बालकृष्ण खाँड पक्राउ पर्दा सरकारले ठिक ग¥यो भन्न पनि एमालेले सकेन । एमालेले टोपबहादुरलाई पनि भगायो । अवैधानिक तरिकाले एमालेले संवैधानिक अंगमा नियुक्ती ग¥यो र अदालतलाई समेत बन्धक बनाउने प्रयास ग¥यो । त्यही अदालतमा २५ भाई अवैधानिक नियुक्तिको मुद्दा छ । समयले भ्रष्टाचारका जननी, बिचौलियाहरुका रक्षकहरुलाई अप्ठेरो बनाउँदै लगेको छ ।

सुनिँदैछ ओलीको योजना भन्दा अब शक्ति केन्द्रले रास्वपामा रवि र डा.स्वर्णिम भिडाउँछ । राप्रपामा राजेन्द्रलाई नेता मान्न नसक्ने पुराना पञ्चहरु (पशुपति, डा. लोहनी, बुद्धिमान, धवल, विक्रम पाण्डेहरु) छुट्टिन सक्ने अवस्था छ । यस्तो अवस्थाले देशमा राजनीतिक अस्थिरता आउनेछ । जब अस्थिरता चम्कन्छ, त्यो बेला विकास रोकिन्छ । जनतामाथि ऋण थपिन्छ, अर्थतन्त्र ध्वस्त हुन्छ । राजनीतिक दलका नेताले चाहेको समृद्धि र विकासे लहरमा हिजो लुटतन्त्र चल्यो । अब जहाँ जाला जोगी मातै खालमा जाकियो भने पार्टीहरुको महत्व घट्छ । पूर्व राजाले स्थान पाउने सम्भावना बढेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *