नेपाल वायुसेवा निगमको ६६ अर्ब घोटाला कसले छानबिन गर्ने ?

राजनीति समाचार

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणले राज्यका उपल्लो तहका हाईप्रोफाइलका ब्यक्तिहरु नै धमाधम प्रहरी नियन्त्रणमा पर्दै गएको बेला विचौलियाका बलमा बवरमहलस्थित एउटा सरकारी कार्यालयका हाकिममा नियुक्त भएका प्रदीप अधिकारीको समेत निन्द्रा गायब भएको खबर छ । नियामक निकाय हो नेपाल नागरिक उड्डयन प्राधिकरण । तर त्यसको नेतृत्वले कुनै एयरलायन्स कम्पनीलाई आफ्नै सन्तानजस्तो अनि कोहीलाई सौताको छोराजस्तो व्यवहार गर्न मिल्छ ?

हालैमात्र प्राधिकरणका हाकिमले रामेश्वर थापाहरुको हकमा एकाथरी व्यवहार र सोनाम शेर्पाहरुको हकमा अर्कैथरी व्यवहार गरेपछि अहिले प्राधिकरणका कर्मचारीहरु नै उनको व्यवहारप्रति शंका गर्न थालेका छन् । पछिल्ला १० महिनाको अन्तरालमा यति एयरलायन्सका दुई वटा ठूल्ठूला दुर्घटना परे । पोखरामा भएको दुर्घटनामा ७२ जनाले ज्यान गुमाए । यो प्रकरणमा न त यतिका उडानलाई प्रतिबन्ध लगाइयो न त स्पष्टीकरण सोधियो । यस्तै हेली एभरेष्ट र एयर डाइनाष्टिको हकमा समेत न त उडान प्रतिबन्ध लगाइयो न त स्पष्टीकरण नै सोधियो तर रामेश्वर थाापा सञ्चालक रहेको सिम्रिकलाई भने २ दिनसम्म उडानमा प्रतिवन्ध लगाएर सौतेनी व्यवहार देखाएका हुन प्रदीप अधिकारीले ।

जबकी पछिल्ला दश महिनाको अन्तरतालमा दुई–दुई वटा ठूला दुर्घटनामा परेको र एकै पटक ७२ जनाको ज्यान गएको घटनामा यती एयरलाईन्सलाई न त स्पष्टीकरण सोधियो न उडान प्रतिबन्धै लगाइयो । यसका अलवा अहिले उनको ध्यान छ नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टिकरण सोध्नेतर्फ । अधिकारीलाई स्पष्टिकरण सोध्न मिल्ने हो भने प्रदीप महानिर्देशक भएपछि नै ठूल्ठूला जघन्य दुर्घटना भएका छन् ।

अनाहकमा सर्वसाधरण नेपाली,विदेशीसम्मले ज्यान गुमाउनु परेको छ । सो प्रकरणमा अधिकारीलाई स्पष्टीकरणमात्र होइन सिधै बर्खास्त गरिनुपर्ने होइन ? प्राधिकरण स्रोतका अनुसार,एयरलायन्स प्रतिबन्ध,नेपाल वायुसेवा निगमका महानिर्देशक युवराज अधिकारीहरुलाई स्पष्टीकरण सोधेर सर्वसाधरण तथा मिडियाको ध्यान त्यतातिर तान्ने र ६६ अर्बको ठेक्काको खेलोफड्को गर्ने धन्दामा छन् अहिले प्रदीप अधिकारी । स्रोतका अनुसार, ६६ अर्बको योजना बजेट बोर्डबाट पास गराउने त्यो पनि आफ्ना पोल्टाका ५ भाइ एसम्यान ठेकेदारलाई पार्ने ध्यानमा केन्द्रित छन्,अधिकारी । यस अघि पोखरा र भैरहवामा एयरपोर्ट बनाउँदा मनग्यै कमसिन हात पारेका उनले ४० करोडभन्दा कमको आयोजनालाई बढाएर ३ अर्बको बनाई पेश गरेका थिए ।

तत्कालीन मन्त्री प्रेम आलेका अलवा एयरपोर्टका अधिकांश ठेक्कापट्टा हात पार्ने बदनाम व्यापारी दीपक मल्होत्रा,सुवाष श्रेष्ठ (त्रिभुवन इन्टरनेशनल एयरपोर्टका चिया पसले) लगायतका माफियामार्फत् भुषण राणा भन्ने व्यक्तिसम्म पहुँच पु¥याई अहिले सांसद अमरेश कुमार सिंहले खुल्लम–खुल्ला पम्फा देवी भनिएकी पात्रलाई दाम चढाई महानिर्देशक पद हत्याएका हुन । उनी प्राधिकरणको ११ औं तहमा कार्यरत हुँदा नै अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरीको चाङ लागेका थिए ।

वरिष्ठताका आधारमा उनीभन्दा अगाडि प्रतापबाबु तिवारी, भोलाप्रसाद गुरागाईंलगायत दाबेदार छन्, तर अधिकारी मन्त्री, सचिव र शक्ति केन्द्रहरूलाई प्रधावमा पारेर सो पद हत्याउन सफल भएका अधिकारी यस अघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानूनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागमा गैरकानूनी सम्पत्ति छानबिनको उजुरी अनुसन्धानका क्रममा छन् ।

उनले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जस्तै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्यारालल ट्याक्सी वे डिजाइन गर्ने परामर्शदाता छनोट गर्ने काममा बदमासी गरेको प्रकरण छरपष्ट भइसकेको छ । झन्डै ३१ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ठेक्का छनोटदेखि जग्गा अधिग्रहणको काममा समेत अधिकारीले अनियमितता गरेको आरोप छ ।यस्तै दोस्रो टर्मिनल भवन निर्माणको लागत १० अर्बबाट २० अर्बको बनाउने अनियमत काममा समेत उनको संग्लनता रहेको पर्यटन मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालैमात्र उनको पाटर्नर विकल पौडेल अनियमितता प्रकरणमा डामिएर अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । अख्तियारदेखि सम्पत्ति शुद्धीकरणसम्म अधिकारीका अनियमितता र अकुत आर्जनका दर्जनौं उजुरी परिसकेका कारण उनी अप्ठ्यारोमा रहेको बताइन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *