राष्ट्रियतामाथि आँच पु-याउनेलाई होला त कारबाही ?

राजनीति समाचार

काठमाडौं । कुनै बेला राज्यसत्तामा बस्ने नेपाली कांग्रेसका नेताहरु लाउडा प्रकरण, धमिजा प्रकरणजस्ता काण्ड मच्चाएर चर्चामा आएका थिए । त्योसँगै नेकपा एमालेलाई सत्तामा बसेको बेला ओम्नी प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकणमा मुछिएको आरोप अहिले पनि लागिरहेको छ । अहिले फेरि सत्तागठबन्धन भित्रकै नेताहरुलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका फठाउने योजनामा मुछिएको आरोप लागेको छ । उक्त काण्डको निष्पक्ष छानविन गरी दोषीमा कडा कारबाही हुनुपर्ने मागसहित चारैतिरबाट आवाज उठ्न थालेको छ । यस काण्डले कस्तो मोड लिने हो अहिलेसम्म एकिन छैन ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा १२ जना त पक्रा परिसकेका छन् । यो प्रकरणसँग जोडिका अन्य थप व्यक्ति पक्राउ पर्ने सम्भावना बढेर गएको छ । तर, जेजस्तो भएपनि अन्य भ्रष्टाचारभन्दा नक्कली भुटानी शरणार्थीको विषय गम्भीर रुपमा खडा भएको छ । यस प्रकरणले विदेशी सामु नेपालकै धज्जी उडाउने काम भएको छ । यस्ता राज्यविरुद्ध लागेर अकुत सम्पत्ति कमाउन खोज्नेहरुलाई कस्तो कानुनी कारबाही हुन्छ त्यो पनि एकिन छैन ।

यस्ता राज्यविरुद्ध जघन्य आपराधिक क्रियाकलापमा लाग्ने व्यक्तिहरुको निश्पक्ष छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने देखिन्छ । विगतका सरकारहरुले भ्रष्टाचारी र अन्य काण्डहरुमा मुछिँदै आएका व्यक्तिहरुलाई छानविन आयोग बनाएर चोख्याउने काम नगरेका होइनन् । त्यसकारणले पनि यस्ता अपराधी गतिविधिमा संलग्नहरुलाई सरकारी वकिल, नेपाल प्रहरी र न्यायालयले समन्वय गरी दोषीमाथि छानविन गरी सार्वजनिक गर्नुपर्ने हुन्छ ।

तर, नेपालका राजनीतिक दल, सरकारी वकिल, नेपाल प्रहरी र न्यायाधीशहरुले यस्ता कुरामा गम्भीर भएर कारबाही गर्न सकेका छैनन् । उल्टै यस्ता आपराधिक गतिविधिमा संलग्नहरुसँग मोटो रकम लिएर छुट्कारा दिने परम्परा बसिसकेको छ । त्यसकारण यो नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काण्डमा पनि त्यसो नहोला भन्न सकिँदैन ।

पहिला यस्ता घटनाका समाचारहरु एकदमै चर्चामा आए तापनि त्यो हल्लामा सावित हुने र विस्तारै सेलाउँदै जाने अनि दोषीहरु उम्कने गर्दै आएका थिए । नेपालको भौगोलिक अवस्थालाई धमिल्याउने काम राजनीतिक दलका नेतादेखि उच्च तहका कर्मचारीहरुले गर्दै आएका छन् । यस्ता व्यक्तिहरुलाई उचित छानविन गरी दोषी ठहरिएका व्यक्तिलाई हदैसम्मको कारबाहीसहित सम्पत्ति जफत गर्नुपर्ने देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *