राजनीतिक दलका आफन्त जोगाउन शीर्ष नेताहरुको जोडबल

राजनीति समाचार

सरकार वकिलको कार्यालयले मुद्दा फितलो बनाउँदै
काठमाडौं । नेपालका राजनीतिक दलहरु भ्रष्टाचार र ठगी काण्डमा मुछिँदै आए तापनि उनीहरुको बचाउँका लागि अकले अर्को दलका नेतालाई आरोप प्रत्यारोप लगाउँदै जनता हँसाउने काम गर्दै आएका छन् । त्यसरी आरोप प्रत्यारोप लगाउँदा आफ्नै दलका नेता र आफैतिर त्यो काण्डको मोहरा फर्किने देखेपछि दलकै शीर्ष नेताहरु बसेर मिलाउने काम गर्दै आएका छन् ।

त्यस्तै अहिले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरिरहँदा सोही काण्डमा मुछिएर भागेका नेताहरु पनि धमाधम प्रहरी सम्पर्कमा आएका छन् । उता एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रकृतिक थापालाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरेको समाचार आइरहेको छ । त्यस्तै तत्कालीन गृहमन्त्री थापालाई पनि पक्राउ पुर्जी जारी हुने सम्भावना छ । उता नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका सहयोगी राजेन्द्र शाक्य पनि यो काण्डमा मुछिएको बताइन्छ ।

तर, त्यो भने अहिलेसम्म प्रष्ट भएको छैन । राजेन्द्र शाक्य पक्राउ पर्ने सम्भावना देखेर एमाले अध्यक्ष ओली कहिले प्रधानमन्त्री प्रचण्ड त कहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानिलकण्ठ र बालुवाटार धाइरहेका छन् । त्यस्तै अख्तियार प्रमुख प्रेम राईदेखि उच्च तहका कर्मचारी र विभिन्न राजनीतिक दलका नेताहरु तानिने भएको कारण सरकारी वकिल र राजनीतिक दलका शीर्ष नेताहरु मिलेर प्रहरीलाई छिटोछरितो ढुंगले मुद्दालाई किनारा लगाउन दबाब दिइरहेका छन् । त्यो भनेको नक्कली भुटानी शरणार्थी काण्डमा तिनैवटा ठूला दलसहित अन्य दलका नेताहरु पनि मुछिने देखिन्छ ।

त्यसकारणले पनि राजनीतिक दलका शीर्ष नेता र सरकारी वकिलबीच समन्वय गरी यस काण्डलाई फितलो बनाउने खेल भइरहेको बुझिन्छ । यसले के देखाउँछ भने यो काण्डका दोषीहरुलाई पक्राउ गर्ने काम पनि विदेशीकै इरासामा गरिँदै छ । पक्राउपछि चेतावनी स्वरुप मुद्दालाई कमजोर बनाउने र अन्य नेतालाई जोगाउने काम पनि विदेशीकै इसारामा हुने गरेको छ । किन भने यस काण्डमा मुछिएर पक्राउ पुर्जी जारी भएपछि सम्पर्क बिहीन रहेका एमाले सचिव टोपबहादुर रायमाझी १२ औं दिनमा काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ पर्नुले पनि स्पष्ट पार्दछ । उता सोही प्रकरणको आरोप खेपिरहेकी मञ्जु खाँड भने सम्पर्कबिहीन भएको बताइन्छ ।

तर, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधामन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा भने यस काण्डको आरोप लागे तापनि खुलमखुला सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता दिँदै हिँडेकी छिन् । त्यस्तै डा. आरजु देउवालाई पक्राउ नगर्नुमा पनि विदेशीकै हात रहेको छ । कथमकदाचित डा. आरजुलाई पक्राउ पुर्जी जारी भएमा सरकारसमेत गिर्ने अवस्था भएकाले उनलाई जोगाउने काम भएको हुन सक्छ । त्यो मात्रै होइन, यो काण्डमा कालेकाले मिलेर खाउँ भाले भने झैं ठूला दलका शीर्ष नेताहरु नै मुद्दा फितलो बनाउने काममा लागिपरेका छन् । तर, यस काण्डमा अमेरिकालाई टाउको दुखाइ बनेको छ ।

नक्कली भुटानी शरणार्थी बनेर अमेरिका आएका व्यक्तिहरु कुन देशका नागरिक हुन् भनेर टाउको दुखाइ भएको छ । त्यसरी आएका व्यक्तिहरु न पाकिस्तानी, न चाइनिज अथवा अन्य देशबाट पो आएका हुन् कि भन्ने चिन्ता अहिले अमेरिकालाई भएको छ । त्यसकारणले पनि अमेरिकाले यो घटनालाई गम्भीर रुपमा लिएको छ र यसमा दोषी देखिएका व्यक्तिहरुलाई सरकारले थामथुम पार्न खोजे तापनि अमेरिकाले निगरानी गरिरहने देखिन्छ । त्यसकारणले पनि दोषी उम्किने सम्भावना कम देखिन्छ ।

राजनीतिक दलका शीर्ष नेताहरुले आफन्तलाई जोगाउने खेलोफड्को भइरहेको छ । अहिले न्यायाधीश नियुक्तिदेखि लिएर संवैधानिक आयोगको भागबन्डासमेत मिलाउने काम गरिराखेका छन् । तर, जे भए तापनि आखिरी नेपालको बद्नाम त यो काण्डले भइनै छाड्यो । भोलिका दिनमा अमेरिका, युरोपियन युनियन, भुटानलगायत अन्य मुलुकले नेपालीलाई हेर्ने दृष्टिकोण कस्तो होला ?(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *