जसको सिंह छैन उसैको नाम तिखे

राजनीति समाचार

काठमाडौं । कम्युनिष्टहरुको गोठभित्र अनेक प्रकारका उपियाँ र उडुस बढेका छन् । देशको गौरवशाली पार्टी नेकपा एमालेका अध्यक्षले नेकपा फुटाएपछि माओवादीका प्रचण्डको विरोध गरेका मोहनविक्रम सिंह, मोहन वैद्य, ऋषि कट्टेल, कर्णजित बुढाथोकीहरुको संगठन बढेको छैन । विश्वभक्त दुलाल र नेत्र विक्रम चन्दको प्रगति कतै छैन ।

नेपालको समस्या भाषणले समाधान हुँदैन । सत्तामा पुग्दा ओम्नी र हुकामलाई छुट दिने र वायुसेवा निगमको व्यापार महाशाखाबाट हिमालयन एयरलाई कार्गाे दिलाएर एमालेले निगम डुबाएको थियो । मन्त्री राम्रो भए काम हुन्छ भन्ने कुरा पर्यटनमन्त्री सुदन किराँतीले देखाएका छन् । किराँतीले ३ अर्ब ऋण तिराएर वायुसेवा सुधार गरे । तर वर्तमान सरकारले भुटानी शरणार्थी काण्डको छानबिन गर्दा कम्युनिष्ट नेता सिंह, वैद्य, चन्द र कट्टेलले समाजवादी मोर्चामा जाने हिम्मत कसरी गरुन ?

नेकपा एसका अध्यक्ष माधव नेपालले राज्य चलायमान बनाउनुपर्ने भएकाले नीति सिद्धान्त मिल्ने कार्यक्रम र दृष्टिकोण मिल्ने साना भुरे टाकुरेहरुले एकैथलोमा समेट्ने बताएका थिए । माधव, वामदेव, प्रचण्डका बिचमा समाजवादी आन्दोलनको लक्ष्यमा पुग्नेगरी मोर्चा बनाउने भनेका छन् । जनतामा एमाले पहिलो, माओवादी दोस्रो तहमा छ । एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानले ठूला शक्ति मध्ये विचार, नीति, कार्यक्रम मिल्नेसँग एकता गर्नेगरी मोर्चा बनानउे भन्दा जसको संगठन छैन, त्यो उफ्रिनु सिंह बिनाको तिखे झैं भउको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *