पुननिर्माण प्राधिकरण खारेजीसँगै भौतिक सामग्री गायब ?

राजनीति समाचार

काठमाडौं । गत २०७२ सालको भूकम्पले नेपालका अधिकांश भूभाग तहसनहस भएको थियो । त्यसरी तहसनहस भएका संरचनाको मर्मत सम्हारका लागि थुप्रै देशहरुले आर्थिक र भौतिक सामग्रीहरु सहयोग गरेका थिए । सो भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको मर्मत तथा पुननिर्माणको लागि पुननिर्माण प्राधिकरण गठन गरिएको थियो ।

ती संरचनाहरु मर्मत पुननिर्माणको लागि आवश्यक सामग्री, बजेट र जनशक्ति तर्जुमा गरी एकद्वार प्रणालीबाट खर्च गर्ने भनेर पुननिर्माण प्राधिकरणमार्फत क्षतिग्रस्त जिल्लाहरुमा कर्मचारी खटाइएको थियो । त्यसरी खटेर गएका प्राविधिक कर्मचारीहरुले कुन–कुन जिल्लामा कुन संरचना कसरी क्षेति भएको छ र त्यसको लागत यकिन गरी मर्मत र पुननिर्माणको लागि काम थालिएको थियो । त्यसरी थालिको कामबाट क्षेतिको मूल्यांकन गरी बजेट छुट्ट्याइएको थियो ।

यसरी छुट्याएको बजेटबाट पूर्ण क्षति भएका घर पुननिर्माणको लागि राज्यले प्रति धुरी ३ लाख दिएको थियो । राज्यले घर निर्माणको लागि ३ लाख दिए तापनि अधिकांश घरहरु अहिलेपनि निर्माण भएका छैनन् । कतिपय त राज्यले तोकेको मापदण्ड अनुसार घरै नबनाइकन ५० हजार भने झ्वाम पारेका थिए । त्योसँगै विभिन्न देशहरुले दिएको सहयोग पनि राज्यका विभिन्न निकायमा बस्ने कर्मचारीहरुले हिनामिना गरेका थिए । तर, कर्मचारीहरु भने अन्यत्रबाट शरुवा भएर राष्ट्रिय पुननिर्माण प्राधिकरणमा आउँथे ।

प्राधिकरणबाट सरुवा भएर आउनको लागि विभिन्न शक्तिकेन्द्रा सोर्सफोर्स लगाउने गर्दथे । त्यस्तै राजनीतिक दलका नेताहरुले पनि पुननिर्माण प्राधिकरणको सिइओ बनाउनको लागि विभिन्न राजनीतिक शक्तिको आडमा हानथाप गरेका थिए । तर, अहिले सो पुननिर्माण प्राधिकरणको अफिस कहाँ छ, त्यसले के काम गरेको छ त्यसप्रति भने सम्बन्धित निकायको ध्यान गएको छैन । हुन उक्त पुननिर्माण प्राधिकरण खारेजी भएपनि एक वर्ष बितिसकेको छ । त्यसैमध्येको शिक्षा सम्बन्धी कार्यालय भने ज्ञानेश्वरमा रहेको छ । त्यसको म्याद पनि आगामी मसान्तभित्र सकिँदै छ । प्राधिकरणमा कार्यरत कर्मचारी र प्राविधिक कर्मचारीहरु आ–आफ्नै स्थानमा फर्किइसकेका छन् । तर, उक्त प्राधिकरणमा रहेका भौतिक संरचनाका बारेमा कुनै जानकारी छैन ।

त्योसँगै विभिन्न देशहरुले आर्थिक मात्रै नभएर विभिन्न भौतिक सामग्री पनि सहयोग गरेका थिए । त्यस्तै नेपाल सरकारले खरिद गरेको भौतिक सामग्रीहरु पनि कहाँ र कुन अवस्थामा राखिएको छ र त्यसको रेखदेख कसले गरेको छ त्यो पनि नेपालीहरुलाई जानकारी छैन । पुननिर्माण प्राधिकरणको जनशक्ति र आवश्यकता अनुसार खरिद गरिएका कम्प्युटर, ल्यापटप, क्यामेरा, यातायातका साधन, विपद् व्यवस्थापनमा जानको लागि आवश्यक सामग्रीहरु अहिले कुन अवस्थामा कहाँ पु¥याइएको त्यसको लेखाजोखा छैन ।

यसरी पुननिर्माण प्राधिकरण अलपत्र अवस्थामा रहेका सामानहरुको बारेमा कसैले ध्यान दिने गरेका छैनन् । यसरी पुननिर्माण प्राधिकरणको सामानहरुको बारेमा कसैले ध्यान दिने गरेका छैनन् । यससम्बन्धी बुझ्नखोजा पनि कोही कसैले त्यसको उत्तर दिन आवश्यक ठानेनन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *