दलनिकट कर्मचारी नेताद्वारा राज्यको ढुकुटी दोहन

राजनीति समाचार

काठमाडौं । नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले पार्टीभित्र सुद्धिकरण अभियान चलाउन थालेको छ । सो सुद्धिकरण अभियान अनुसार देशैभरिबाट आएका १ सय १५ जना कर्मचारी संगठनका अध्यक्षहरुलाई गत जेठ ५ र ६ गते धुलिखेलको एक रिसोटमा पार्टीका नेता, कार्यकर्तालाई जस्तै गरी पार्टी संगठनलाई चुस्तदुरुस्त बनाउने नाममा भेला गराइएको थियो । सो कर्मचारी संगठनको अध्यक्षको भेलाले आगामी २०८४ सालको आमनिर्वाचनमा बहुमत कसरी ल्याउन सकिन्छ भन्ने निष्कर्षसहित छलफल गरेको थियो ।

एमालेले गरेजस्तै नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी संघले पनि आफ्नो पार्टी संगठनलाई बलियो बनाउने नाममा देशदौडाहा गरिरहेको छ । कर्मचारी संघका अध्यक्ष गोपाल पोखरेल रहेका छन् । उनको जागिरे अवधि छिटै सकिँदै छ । जागिरबाट अवकास प्राप्त भए तापनि पोखरेल निजामति कर्मचारी संगठन बलियो बनाउन लागिपर्छु भन्दै छन् ।

त्यस्तै उता नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनले पनि देशका विभिन्न भागमा आफ्नो संगठन बलियो बनाउन भनेर संगठनका अध्यक्ष हरि रावल देशदौडामा हिँडिरहेका छन् । अहिले राजनीतिक पार्टीभित्र विकृति र विसंगतिको चाङ बढेसँगै जनताले पार्टीहरुलाई पत्याउन छाडिसकेका छन् । यसरी जनतामा पार्टीप्रति वितृष्णा जागेपछि राजनीतिक दलका नेताहरुले पार्टीलाई कसरी अगाडि बढाउने र आफू सत्तामा पुग्ने भनेर भ्रातृ, मातृ, सुभेच्छुक तथा पार्टीका विभिन्न जनवर्गीय संगठनहरुलाई चलायमान बनाउन उर्दी नै जारी गरेका छन् । तर, पार्टीका नेताहरुले जतिसुकै उर्दी जारी गरेपनि जनतामा पार्टीप्रति आएको निराशाले कार्यकर्ताहरुलाई पत्याउनेवाला छैनन् ।

कार्यकर्ता पनि नेता र पार्टीकै दास हुन्छन् । तर, जनतालाई भने नेता र कार्यकर्ता दुवैले झुक्याउने काम बाहेक केही गर्दैनन् । त्यस्तै विभिन्न राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरु पनि विभिन्न निकायका कर्मचारीलाई झुटा आश्वासन दिने र सरुवा, बढुवामा चलखेल गर्दै आएका छन् । त्योसँगै कर्मचारी नेताहरु अफिसको काम नगरेर पार्टी संगठनको नाममा पैसा उठाउने, घरघडेरी किन्ने, छोराछोरी विदेशमा पढ्न पाठउने, श्रीमतीलाई मालदार ठाउँमा जागिर खुवाउने, सरकारी गाडी र इन्धनको दुरुपयोग गर्नेलगायत काम गरी राज्यको ढुकुटी दोहन गरिरहेका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *