गोरखापत्रमा मनपरी, मर्मत भएन वाटरगार्ड मेसिन

राजनीति समाचार

काठमाडौं । कांग्रेसको नेतृत्वमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर कसरी कमाउँछन् त्यो छर्लंग भयो । देश लुट्न एमालेका नेता पनि कम छैनन् । एमालेको शासनमा नीतिगत भ्रष्टाचारका कारण ९ अर्बको वैदेशिक ऋण २१ अर्ब पुगेको थियो । केपी ओली सरकारको नीति तथा कार्यक्रमको पुनर्लेखन गर्नुपर्छ भन्दै थिए । संसारमा नभएको काम केपीले गर्छन् । भुटानी शरणार्थी काण्डका डिजाइनर केपी ओलीका पिए राजेश बज्राचार्य, रामबहादुर थापा पत्नी नैनकला थापा, छोरा प्रतिक थापासम्म जोडिएका थिए, जसले कम्युनिष्टको बद्नाम गराए ।

अहिले सरकारको मुखपत्र गोरखापत्र संस्थानभित्र विचित्रको नाटक मन्चन छ । एमालेका गोकुल बास्कोटाले संस्थागत सुधारको लागि टिकाराम राईलगायतको टिम पठायो । कृष्णमुरारी भण्डारी कार्यकारी थिए । उनले चेकमा हस्ताक्षर गर्न डराउँथे । मोही माग्ने, ढुंग्रो लुकाउने स्तम्भका नायक भण्डारी कांग्रेस भएपनि केपी ओलीको भजन गाएबापत गोरखापत्र संस्थानको कार्यकारी बन्न सफल भए । टिकाराम विज्ञ बनेर गएपछि गोरखापत्र भित्रका भ्रष्टहरु आत्तिए ।

बोली राम्रो भएपनि प्रेससमेत आँफै हेर्ने राईले व्यवस्थापकको रेखदेख मात्र गरेनन् ।संस्थागत सुधार गर्दा दैनिक जारको पानी किन्ने प्रतिजार ५०÷५५ हजारको बिल उठाउने क्रान्तिकारीहरुलाई सचेत गराए । तर अहिले १२ लाख खर्च गरेर बनाएको वाटरगार्ड सफा गर्नुको सट्टा व्यवस्थापनले जारको पानी ल्याउँदै बिल चम्काउँदैछ । गोरखापत्र संस्थान भित्र लुटको संसार चर्केको छ । नियोजितरुपमा माओवादीका कार्यकर्ता विष्णु खनाललाई जागिरबाट निलम्बन गर्ने धन्दा पनि चलाएका थिए । देशको अवस्था जस्तो छ, अर्थतन्त्र त्यस्तै छ ।

मुलुकमाथि अर्थतन्त्र भाँडभैलो छ । सरकारको मुखपत्र गोरखापत्र भित्र कांग्रेसको रमाइलो छ । टिकाराम राईले सुधार गरेको गोरखापत्र अहिले भताभुंग भएको छ ।कांग्रेसले कार्यकर्ता भर्ती गरेर गोरखापत्र संस्थान ध्वस्त बनाएको छ । मुलुक त्यस्तै तहले ध्वस्त भइरहँदा संस्थागत रुपमा लोकतन्त्र बद्नाम बनाएका छन् । संस्थागत सुधार छैन । सरकारका मन्त्रीको समाचार छाप्ने कुरामा समेत निवर्तमान सम्पादक शिवकुमार भट्टराई, कार्यकारी अध्यक्ष विष्णु सुवेदीका बिचमा समन्वय हुँदैन ।

बालकृष्ण खाण पक्राउ पर्दा गोरखापत्रमा सम्पादकको भागभाग भयो । खाणको बारेमा समाचार छाप्ने कुरामा विवाद पनि भएकै थियो । वाटरगार्ड मर्मत गरेर जारको पानी किन्ने काम बन्द गर भन्दै कुनै कर्मचारी संघ संगठन बोलेका छैनन् । नैतिकताको कुरा गर्दा जसले नियुक्ति दियो ऊ नै संचासमन्त्री नभएपछि पद्बाट हट्नुपर्दछ । तर गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राससजस्ता सरकारका संचार संस्थानहरुमा कांग्रेसका कार्यकारी अध्यक्ष र महाप्रबन्धक छन् । संस्थागत रुपमा सबै आर्थिक रुपमा ध्वस्त छन् । कांग्रेसले कुनै क्षेत्र सुधार गर्दैन भन्ने कुरा गोरखापत्र संस्थान प्रमाण हो ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *