नचाहिँदो कामले ओरालो लागेको कांग्रेस

राजनीति समाचार

काठमाडौं । राजनीतिको अपराधिकरण भित्र कांग्रेस मुछिँदा विगतमा नौलो थिएन । सरकारी जमिन हडप्ने, हवाईजहाजका पार्टपुर्जा बेच्ने सुजाताजस्ता कांग्रेसी र पुरञ्जन आचार्य जस्ता ठगहरुले कोइराला परिवारमाथि दाग लागेको थियो । भारतीय दलाल डा.शेखर कोइरालालाई सुजाता र डा.शशांकले सहयोग नगर्नुमा वंशवाद भित्रको विपी र जेपी नश्ल थियो । डा.शेखर नोनाका पुत्र हुन् । गिरिजा सत्तामा हुँदा यिनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाए । डा.शशांक शिक्षण अस्पतालमा बाबुको नाममा खोलिएको नेत्र विभागमा थिए ।

कोइराला परिवारबाट तानेर शेरबहादुरको काखमा पुगेको कांग्रेसलाई तेस्रो वर्गको राणाकी छोरी बर्दियाकी सामन्त आरजु राणाले खेलाएकी छन् । श्रीमान् सभापति, श्रीमती आफुखुसी चल्दा किचन क्याबिनेटका मु र सा बोल्ने बालकृष्ण खाण, डा.प्रकाशशरण महत, पूर्णबहादुर खड्का मध्येका निष्कलंकमा खड्का नै पर्छन् । सुर्खेतका खड्का स्व.कृष्णप्रसाद भट्टराईसँग जोडिएका पात्र हुन् ।

स्व.भट्टराईकी सेविका अमिता कयालीको बहिनी यिनकै प्यारी हुन् । बालकृष्णले विवाहित श्रीमती छोडेर मञ्जु खाणसँग विवाह गरेका थिए । मञ्जुको पूर्व श्रीमान्ले गरेको भ्रष्टाचारबाट जोडेको एउटा घर मञ्जुकै नाममा थियो । त्यही घरमा बालकृष्ण डेरा गरेर बस्थे । तरुण दलको अध्यक्ष भएपछि गणेशमान, कृष्णप्रसाद, गिरिजासम्म पहुँच भएको युवा नेता मञ्जुको दोस्रो श्रीमान बन्न राजी भए ।

खाण पदमा हुँदा मञ्जुको रत्यौली चुनावमा मधेसतिर टिकट वितरण गर्दाकै जस्तो थियो । मञ्जुको मधेशको रत्यौली पनि काम लागेन् । भुटानी शरणार्थीको नाममा लिएको १ करोड २४ लाख ५० हजार पनि पच्न पाएन । शेरबहादुरका विश्वासी बालकृष्ण खाण जाकिएपछि कांग्रेसमा कोही खुसी छन् भने ती हुन् महामन्त्रीमा खाणकै कारण चुनाव हारेका अर्का भ्रष्ट डा.प्रकाशशरण महत । पूर्णबहादुर खड्का यो घुस्याहा टोलीमा छैनन् । देउवाले यिनको कुरा काट्दैनन् ।

अपराध कर्मले थलिएको कांग्रेसलाई प्राण दिने गगन थापा, मदर टेरेसा फाउण्डेशनका सदस्य विश्वप्रकाश शर्मा विदेश जाँदा युवा लग्यो, उतै छोड्यो, फक्र्याे धन्दा चलाउने प्रदीप पौडेलजस्ता गतिहीनले कांग्रेस जोगाउने अपेक्षा छैन । किनकि महाधिवेशन भएको १७ महिनासम्म कांग्रेसले केन्द्रीय समिति र विभागहरुलाई पूर्ण दिएको छैन ।कांग्रेसले पाएको ९ मन्त्रालयमा मन्त्री पठाउने ४ महिना बिताएको कांग्रेसले लिएका मन्त्रालयले कतै हल्लीखल्ली गरेर देखाएका छैनन् । खाणको गिरफ्तारी र डा.आरजु, मञ्जुजस्तो औतारीविरुद्ध गृहमन्त्री सम्म पुगेर विरोध गर्नुको कुनै अर्थ छैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *