रवि र रविन्द्र अमेरिकी दूत

राजनीति समाचार

काठमाडौं । चर्का कुरा गरेर ठूला दलकाविरुद्ध लागेका राप्रपाका रविन्द्र मिश्र र रास्वपाका रवि लामिछाने एउटै सिक्काका दुई पाटा भएको रहस्य खुलेको छ । उनीहरु नेपाल छाडेर बेलायत र अमेरिका बसेर संचारकर्मीको रुपमा उदाएका पात्र हुन् ।

नेपालको गरिबी र अशिक्षाको विषयमाथि यिनको ध्यान थिएन । मिश्रका पिता राजभक्त लामिछाने मध्यम परिवारका थिए । यी दुबैले संसदीय राजनीतिको घिनलाग्दो खेले देखेकै थिए । यी दुबैका चर्का कुराप्रति जनताले विश्वास त गरे । तर चुनाव लड्न दुवैले अमेरिकास्थित नेपालीसँग हात पसारे ।

उनीहरु दुबैलाई अमेरिकामा रहेका नेपालीले ६÷६ लाख डलर चन्दा उठाएर पठाएका थिए । भ्रष्टाचारीलाई किरा परोस् भन्ने रविन्द्र मिश्रलाई काठमाडौं १ का जनताले पत्याएनन् । तर चितवन २ का जनताले रवि लामिछानेलाई दुईपटक जिताए । पदका लागि रविले एमालेका अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्डको सेवा निकै गरेका थिए ।

उनीहरु गणतन्त्रके लागि लडेका नेताविरुद्ध कुर्लेने विद्धानहरु हुन् । जसले नेपाली जनताको हित, राष्ट्रिय स्वार्थका कुरामा ३ ठूला दलका प्रमुख भ्रष्टविरुद्ध मोर्चागत रुपमा लाग्ने आँट गरेनन् । त्यसको कारण हो अमेरिकाबाट चुनाव खर्चका लागि आएको ६÷६ लाख डलर । यी दुबैलाई अमेरिकी दूतको रुपमा लिइन्छ । दुबै जना एमसीसीका विरुद्धमा बोल्दैनन् ।(तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *