उद्योग वाणिज्य महासंघका उपाध्यक्ष जताततै बद्नाम

राजनीति समाचार

काठमाडौं । भनिन्छ नि इज्जत कमाउन पो समय लाग्छ, गुमाउनका लागि एक निमेष काफी छ । आफ्नै साना बदमासीका कारण बर्षाै लगाएर आर्जित प्रतिष्ठालाई धुलोमा मिलाउँदैछन् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ । व्यवासयी विनोद चौधरीले झैं उनले पनि हात नहालेको क्षेत्र छैन । सुजल फुडबाट व्यवसायिक यात्रा थालेका अञ्जनले साढे तीन दशक लामो यात्रामा सफलताको शिरतिर अगाडि बढ्दै छन् । लक्ष्मी हुण्डाई गाडीका अधिकृत विक्रेता रहेका अञ्जन पुल्चोकमा एउटा अस्पतालको सञ्चालक समेत हुन । पटक पटक विवाद र बदनामीमा मुछिएको सोही अस्पतालका सञ्चालक अञ्जन श्रेष्ठ अहिले त्यही अस्पतालका कारण बदनामी कमाइरहेका छन् ।

त्यहाँ कार्यरत सयौं स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तलब नपाएको गुनासो सरकारी निकायमा पुगेको छ । उनी आफैं उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष । सोही अस्पतालका स्वास्थ्यकर्मीहरुले ६ महिनादेखि तलब नपाएकोभन्दै स्वास्थ्यकर्मी, स्टाफहरुले सरकारी निकायमा उजुरी परेको हो । हालैमात्र उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका श्रेष्ठका अस्पतालमा कार्यरत डाक्टर, स्टाफ, नर्सहरुलाई बिगत ६ महिनादेखि पारिश्रमिक नपाएको श्रम विभागमा उजुरी पुगेको स्रोतले जनाएको छ । सञ्चालक श्रेष्ठले तलब नदिएको गु्नासो श्रम विभागमा मात्र नभइ स्वास्थ्य मन्त्रालय,स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय ललितपुर, प्रधानमन्त्रीको सचिवालयसम्मलाई ध्यानाकर्षण गराइएको छ ।

यतिमात्रै होइन यही अस्पतालका कारण उनी अर्काे विवादमा तानिउका छन् । श्रेष्ठसमेतको लगानी रहेको निदान हस्पिटलमा लगानी गरेका सर्वसाधारणको करिब १२ करोड रुपैयाँ हिनामिना भएको प्रमाण भेटिएको छ । सर्वसाधरणले ०७४ सालमा शेयरबापत लाखौँ रुपैयाँ लगानी गरेका थिए । ३७ जना पीडितले अस्पतालले शेयर प्रमाणपत्र नदिएको भन्दै सरकारी निकायहरुमा गुहार गरेका छन् । यसरी ठगिनेमा काँग्रेसका पूर्व सांसद तथा नाइटिङ्गेल नर्सिङ कलेज सञ्चालक तेजुलाल चौधरीसमेत रहेका छन् ।

यसरी शेयर प्रमाणपत्र नपाउनेमा पूर्व सांसद चौधरी एक्ला पात्र होइनन् । ३७ जना लगानीकर्ता रहेका छन् । उनीहरुले बर्षाैदेखि शेयर प्रमाणपत्र माग गरिरहेका छन् तर पाएका छैनन् । ती लगानीकर्ताहरुले शेयर प्रमाणपत्र पाउँ भन्दै विभिन्न सरकार निकाय गुहार्दै आइरहेका छन् ।

पटकपटक लिखित तथा मौखिक रूपमा जानकारी माग गर्दा छिट्टै नै शेयर दिने भनी तपाईं सञ्चालकलगायतले मौखिक मात्र जानकारी गराएको र पछि त हामीले गरेको फोनसमेत नउठाउने गरी सम्पर्कविहीन नै भएको अवस्था आएकाले यससम्बन्धमा के भएको रहेछ भनी कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझ्दा त्यस कम्पनीमा विदेशी लगानीसमेत भएकाले उद्योग विभागबाट भएका साविक शेयर पर्चेज एग्रिमेन्टमा संशोधन नगरी कायम शेयरधनीबाहेक अन्यलाई शेयर दिन नमिल्ने, शेयरधनीहरूको मात्र पहिलो अधिकार हुने भएकाले हामीसहितको शेयर लगत प्रमाणित हुन नसक्ने आशयको निर्णय भएको पाइयो ।’

पीडितहरुले सो निवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पनि दिएका छन् तर न्याय पाउन सकेका छैन । उक्त निवेदनमा सञ्चालक श्रेष्ठ समूहले कुनै काम नगरेपछि फेरि ३ वैशाख २०७९ मा अर्को निवेदन दर्ता गराएका छन् । यसरी अञ्जनबाट पीडित बन्नेमध्ये तेजुलाल चौधरीको सबैभन्दा बढी शेयर रहेको उजुरीमा उल्लेख छ ।

काँग्रेसको कोटाबाट सांसद बनेका उनी कुपण्डोलमा रहेका नाइटिङ्गेल नर्सिङ कलेजको सञ्चालक समेत हुन । यस्तै गोपालबहादुर थापा,नयनकृष्ण श्रेष्ठ,असिम राजभण्डारी, रोमेन्द्रबहादुर अमात्य, बिना श्रेष्ठ केसी, शोभादेवी श्रेष्ठ,सुमित्रा मानन्धर पनि अञ्जनबाट ठगिएका हुन । स्वास्थ्यकर्मीदेखि कर्मचारीले तलब नपाएको र शेयर हिनामिना भएको बिषयमा प्रतिक्रिया लिनका लागि तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले पटक पटक अञ्जन श्रेष्ठसँग फोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *