डा. आरजु र मञ्जु खाँड भए, पखेटा काटिएको चरी झैं

राजनीति समाचार

काठमाडौं । यतिबेला नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले चारैतिर चर्चा पाइरहेको छ । त्यसमध्येमा पनि सबैभन्दा चर्चाको शिखर चुम्न सफल भएकी छिन् नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा । यतिबेला आरजुलाई सरुवा, बढुवा र राजनीतिक नियुक्तिमा ब्यापक भ्रष्टाचार गरेको आरोप लागिरहेको छ । त्योसँगै अहिले डा. आरजुको सम्पत्ति पनि छानविन गर्नुपर्ने माग उठिरहेको छ ।

डा. आरजु राणाले राजनीतिसँगै विभिन्न उद्योग, धन्दाहरुमा ठूलो धनराशी लगानी गरेको पाइन्छ । डा. आरजुको लगानी सिनामङ्गलस्थित केएसी कलेज (शिक्षण अस्पताल)मा लगानी, सारथी नाम गरेको आईएनजीओ र नेपाल इन्स्योरेन्स कम्पनीलगायत थुप्रै उद्योग, व्यवसायमा शेयर रहेको पाइन्छ ।

डा. आरजु राणाले लगानी गरेका थुप्रै कम्पनीहरु सोम पनेरु नाम गरेका व्यक्तिको नाममा भएको समाचार स्रोतको दावी छ । यसरी श्रीमान पटक–पटक देशको प्रधानमन्त्री, पार्टीको सभापति र संसदीय दलको नेता बनेर देश विदेशमा नाम कमाउने । तर, श्रीमती डा. आरजु भने राजनीतिक शक्तिको आडमा एनजीओ, आइएनजीओ खोल्ने र अकुत सम्पत्ति आर्जन गर्ने काम लिप्त रहेको बताइन्छ । डा. आरजुका काला कर्तुतहरुमा यी त सामान्य उदाहरण मात्रै हुन् ।

उनले गर्ने अनियमितताको भित्र खेल त झन् कति छन् कति । डा. आरजुले नेपाली कांग्रेस पार्टीलाई आफ्नो बाबुले दिएको पेवाको रुपमा उपभोग गर्दै आएकी छिन् । डा. आरजुले नेपाली कांग्रेसलाई कमाइखाने भाँडो मात्रै बनाएकी छैनन् । उनले कांग्रेसलाई उठ्नै नसक्ने गरी बद्नामसमेत गर्दै आएकी छिन् । त्यस्तै अर्की कांग्रेस नेतृ तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडले पनि डा. आरजुसँग मिलेर आफ्नो योग्यता र क्षमताअनुसार राम्रै आम्दानीको स्रोत बनाएकी थिइन् । तर, यतिबेला भने मञ्जु खाँड आफ्नो श्रीमान बालकृष्ण खाँड नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि पखेटा काटिएको चरी झैं भएर बालुवाटार र बुढानिलकण्ठतिर धाएर हारगुहार गर्दै छिन् ।

हुन त नक्कली भुटानी शरणार्थी काण्डमा मुछिए तापनि बालकृष्ण खाँडलाई जोगाउन विभिन्न शक्तिशाली नेताहरु लागिपरिरहेका छन् । मञ्जु खाणको दौडधूप र शक्तिकेन्द्रको चलखेल अनुसार बालकृष्ण खाण छुट्ने सम्भावना पनि त्यत्तिकै छ । बालकृष्ण खाँड यो मुद्दाबाट छुटकार पाए पनि उनीमाथि अन्य चारवटा मुद्दा लाग्न सक्ने सम्भावना त्यत्तिकै छ । तर, नेपालको कानुन दैबले जानुन् भनेजस्तै बालकृष्ण खाँडलाई विभिन्न कानुनी छिद्रा लगाएर नछुटाउलान् भन्न सकिन्न ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *