कांग्रेसको रुपान्तरणमा जनता ओझेलमा

राजनीति समाचार

काठमाडौं । कानूनी राज्यको पक्षधर राजनीतिक दलहरु अपराधीहलाई बचाउन र सत्ता स्वार्थ पुरा गर्न तल्लीन छन् । लोकतन्त्रका पहरेदार भनिएको कांग्रेस नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल भएको बेला कांग्रेसलाई सुधार्ने अभियानमा डा.शेखर समूह प्रदेश तहको गुटगत भेलामा जुटेको छ । कांग्रेस सुदृढीकरण अभियान नाम दिएपनि त्यो अभियानमा संस्थापन पक्ष सहभागी भउको छैन ।

मौका पाउँदा नेपाली किसानको आहारा हजम गर्ने गगन थापा, विदेश जाँदा नेपाली युवा लागेर उतै छाडेर आउने प्रदीप पौडेल, मदर टेरेसाका भक्त विश्वप्रकाश शर्मा एकपटक वनमन्त्री बन्दा ९ करोडभन्दा बढी कमाउने शंकर भण्डारीजस्ता कांग्रेसको नाममा फाइदा लिनेमा पर्छन । कांग्रेसलाई सफल बनाउन युवाहरु सक्रिय हुनुपर्छ । तर कालीकोटका भूपेन्द्रजंग शाहीहरु लागिपर्दा पनि कांग्रेस सुध्रने आश छैन ।

मञ्जु खाँड र डा.आरजु राणाको योजनाले बद्नाम कांग्रेस सुदृढीकरण गर्न तम्सेकाहरु संस्थापनले वास्ता नगरेकाहरु नै परेका छन् । डा.शेखर कोइराला कञ्चनपुर काण्डका रेशम चौधरीको रिहाइबाट आक्रोशित छन् । सत्ता टिकाउन चौधरीको पार्टीलाई सुदूरपश्चिम प्रदेश र संघीय सरकारको भूमि व्यवस्था मन्त्री बनाइएको छ । पार्टीकै मन्त्रीहरु ३ जना छन् । कांग्रेसका मन्त्रीको काम राम्रो देखिएको छैन ।

अर्थमन्त्री डा.प्रकाशशरण महत, शहरी विकासमा सीता गुरुङ, कानून धनराज गुरुङ, समाज कल्याण राजेन्द्र शर्मा, उद्योगमा रमेश रिजाल, परराष्ट्र एनपी साउद, रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्यमा मोहन बस्नेत, युवा तथा खेलकुदमा डिकबहादुर लिम्बु मन्त्री छन् । महंगी नियन्त्रण गर्ने मन्त्रालय कांग्रेससँग छ । तर कालो बजार नियन्त्रणमा कांग्रेसलाई चासो छैन । पार्टी सुदृढीकरणमा जनताका कुनै योजना त्यहाँ सहभागीले बोलेका छैनन् । लोभ, भोक, स्वार्थमा केन्द्रीत हुँदा कांग्रेस खस्किँदै गएको छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *