सांसद विकास कोषको नाममा लुट्ने दाउ

राजनीति समाचार

काठमाडौं । कार्यकर्ता र ठेकेदारलाई उपभोक्ता समितिमा राखेर ठेक्का दिलाउने र स्थानीय तहबाट भुक्तानी गराई कार्यकर्ता पोस्ने सांसद विकास कोष ब्यूँताएर कांग्रेसले राज्य लुटको थालनी गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत चुनाव लड्ने आँट नहुँदा समानुपातिक सांसद भएर कांग्रेसको कोटामा अर्थमन्त्री भएका छन् । माओवादी नतेृतवको प्रचण्ड सरकारलाई गर वा मरको अवस्थामा पु¥याएका छन् । यस्तो बेला त्यसले प्रत्यक्ष निर्वाचित सांसदलाई सांसद विकास कोषबाट ५ करोड दिने कांग्रेसी रणनीति स्वीकार्न बाध्य भएको छ । त्यो कोषको रकम अत्यधिक बेरुजु बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेल अर्थमन्त्री भएकै बेला भ्रष्टाचार र बेथितिको जड सांसद विकास कोष रोकिएको स्मरण गराउँदा गराउँदै अर्थमन्त्री डा.महतले टेरेनन् । जबकी महतले त्यो रकम चलाउन पाउँदैनन् । महतको निर्वाचन क्षेत्र पनि नुवाकोट २ कि काठमाडौं ५ ठेगान छैन । किनकि नुवाकोट २ माओवादीको काठमाडौं ५ कांग्रेसका युवा नेता प्रदीप पौडेलले विजय प्राप्त गरेको क्षेत्र हो । राष्ट्रिय सभाका ६५ संघीय संसदका ११० सांसदलाई भने यो योजनामा समेटिएको छैन । अर्थमन्त्रीले समेत पाउँदैनन् ।

पहिले उर्जामन्त्री भएका बेला बद्नाम डा.महत यसपटक देश टाट भएको अवस्थामा अर्थमन्त्री भएका छन् । उनले अर्थतन्त्रका सूचांक बुझ्छन् । तर भन्सारबाट उठ्ने राजस्व नउठ्ने चोरी तस्करी बढ्ने कम उस्तै छ । मुलुक आर्थिक रुपमा ध्वस्त छ । सरकारले गुमेको राजस्व उठाउन कडिकडाउ गर्न सकेको छैन । बजेट भाषणमा ठूला करदाताको राजस्व छलीमा समेत नबोलने अर्थमन्त्रीले सांसदहरुलाई भेद्भाव गरेर विकास कोषमा ५ करोड राखेर भ्रष्टाचार गर्न उक्साएका छन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *