किशोरी तथा महिलाहरुको क्षमता अभिवृद्धिमा विगु गाउँपालिका

राजनीति

पोखरीमा सानो र ठुलो माछा हुन्छन् । ठुलो माछाले साना माछालाई खाने गर्दछ भन्ने सुनिन्छ । ती साना माछा जोगाउन मुस्कील छ । उनीहरुको क्षमता विकास वा अन्य संरचना वनाएर पनि संभव हुँदैन । त्यस्तै सामाज पनि एक पोखरी हो । त्यहाँ पनि ठुला र साना माछा जस्तै मानिसहरु रहेका हुन्छन् ।

धनी र विपन्न, पुरुष र महिला, पढेका र नपढेका, माथिल्लो जात भनिएका र तल्लो जात भनिएका, शारिरीक रुपले तन्दुरुस्त र अशक्त लगायतका मानिसहरु रहेका हुन्छन् । यी दुई खाले मान्छे मध्ये एक साना माछा जस्ता देखिन्छन् । कुनै न कुनै रुपमा ठुला माछाले असजिलो वनाइरहेका हुनसक्छन् । असजिलो नबनाएको भए पनि कमजोर पक्षले सवल पक्षसँग सजिलै सामाना गर्न सक्दैनन् । यो हाम्रो समाजको यथार्थता हो ।

पोखरीमा साना माछाको लागि छुट्टै संरचना र क्षमता विकास गर्न नसकिएको जस्तो समाज रुपी पोखरीमा नसकिने भन्ने हुन्न । कमजोर वर्गकालागी राज्यका संरचनाहरु हुन् । त्यसै गरी सामुदायिक संस्थाहरु पनि कमजोर वर्गका लागि नैं हो । सम्पन्नकालागि क्षमता विकासमा भुमिका खेल्नु पर्दैन तर कमजोर वर्गकालागि कोशिस गर्नु पर्दछ । यसैलाई भन्ने गरिन्छ सामाजिक न्यायको निम्ति कमजोर वर्गकालागि पक्षपाती हुनु । सामाजिक न्यायकालागि राज्य तथा गैरसकारी निकाय वा सामुदायिक संस्था, अभियानकर्मीहरु सवै केन्द्रीत हुनु पर्दछ । कमजोर पक्षको सशक्तिकरण प्रधान विषय हो ।

हाम्रो समाजको सन्दर्भमा सानो माछा भनेका अर्थात कमजोर पक्षहरु भनेका लैंगिक रुपले महिला, वर्गिय हिसावले विपन्न, जातीय अर्थमा तल्लो जात, शैक्षिक अर्थमा नपढेका, भुगोलका हिसावमा दुर्गम क्षेत्रका मानिस हुन् । यस परिवेशमा लैंगिक रुपमा कमजोर देखिएका महिलाहरुको निम्ति विगु गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दोलखा जिल्लाको उत्तर तर्फ पर्ने विगु गाउँपालिकाले ‘उपाध्यक्षसँग महिला तथा किशोरी लक्षित कार्यक्रम’ तर्जुमा गरेको रहेछ । त्यस कार्यक्रम अन्तरगत विगु गाउँपालिकाका हरेक वडाहरुवाट ३,३ जना महिला तथा किशोरी छनौट गरी तिन दिने तालिमको आयोजना गरेको थियो । यो तालिम लैंगिक रुपमा पुरुष भन्दा कमजोर देखिएका महिलाहरुको क्षमता अभिवृद्धिको लागि पक्षपाती कोशीस हो, सामाजिक न्यायको निम्ति हो । यसैलाई सकरात्मक विभेद पनि भन्न सकिन्छ ।

विगु गाउँपालिकाले सञ्चालन गरेको यस कार्यक्रमको विषयमा चर्चा गर्नु पूर्व देखिएका केही सन्दर्भलाई हेरौं । समुदायस्तरमा विकास निर्माण काम होस् वा सामुदायिक संस्थाहरु हुन् ती कामको लागि केही प्रकृया आवश्यक पर्दछ । हरेक संस्था वा योजनाको लागि समिति गठन गर्ने चलन हुन्छ । ती समितिमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चीत गरेको छ । अझ सामुदायिक वनमा त पदाधिकारीहरु सहित समितिमा कम्तीमा आधा महिलाको प्रतिनिधित्व हुनु पर्ने कानूनी व्यवस्था रहेको छ ।

जिम्मेवारीमा रहने वा राख्ने तर त्यो भूमिका निर्वाहमा सहयोग गर्ने अवस्था नभएमा महिलाको नेतृत्व असफल हुने हो कि भन्ने चिन्ता विगु गाउँपालिकालाई लागेछ ।स्थानीय स्तरमा समुदायमा नियमित रहने र विभिन्न सामुदायिक गतिविधिमा संलग्न क्रियाशिल महिलाहरुको छनोट भएका थिए । ती महिलाहरु विभिन्न सामुदायिक संस्थाहरुको पदाधिकारीहरु नैं धेरै थिए । उनीहरुको लागि निर्णय, निवेदन, प्रतिवेदन लेखन जस्तो सामान्य विषयमा प्रयोगात्मक अभ्यास गराई क्षमता अभिवृद्धि गराउने कोशिस भएको थियो ।

कुनै विकास आयोजना सञ्चालनकालागि समिति वनाउने गरिन्छ । त्यसको लागि माइन्यूट लेख्नु पर्दछ । समिति गठन कैं बेलामा र समितिका वैठकहरुमा माइन्यूट लेख्नु पर्दछ । त्यस्तो माइन्यूट कानूनी दस्तावेज नैं । सम्वन्धीत निकायहरुमा मुद्धा परेमा त्यो माइन्यूटलाई आधार मान्ने अवस्था आउनसक्छ । त्यसैले यस्ता कागजात तयार गर्दा प्रकृया मिलाउनु पर्ने र सहि तरिकाले लेख्नु पर्दछ । सामान्यतयः माइन्युटमा उपस्थीतिमा मात्र सहि गर्ने गराउने चलन छ, वन्दमा गरिन्न ।

यो सुशासन होइन । संस्थाले निर्णय गरे पछि सम्वन्धीत निकायमा निवेदन वा पत्र लेख्नु पर्दछ । कतै कतै प्रस्ताव पत्र पनि तयार गर्नु पर्ने हुन्छ । कार्यसम्पन्न भए पछि प्रतिवेदन तयार गर्नु पर्दछ । सुन्दा अति सामान्य लाग्ने तर जटिल अर्थ लाग्न सक्ने विषयमा गाउँपालिकाले क्षमता विकासको कोशिस गर्नु जरुरी ठानीएको छ । तालिमका सहभागीहरु आफुमा थप सिप अभिवृद्धि भएकोमा खुसी देखिन्थ्ये । उनीहरुले यी विषयका सैद्धान्तिक विषय भन्दा पनि व्यवहारिक अभ्यासमा जोड दिइएको थियो ।

तालिमका सहभागीहरुको उत्साह अनुकरणीय थियो । तालिमक कक्षमा तोकिएको समय भन्दा आधा घण्टा अघि नैं सहभागीहरुको उपस्थीति हुने गर्दथ्ये । तराईको गर्मि विर्साउने सिंगटी वजारमा चलेको तालिमका सहभागीहरुको सधैं उत्साही देखिन्थ्यें । लेखनको अभ्यास रातभर समेत गर्दथ्ये । उनीहरुमा सिक्ने हुटहुटी रहेको प्रष्ट देखिन्थ्यो ।

तालिममा रहेका ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको क्षमता अभिवृद्धिमा योगदान पु¥याउन र उत्प्रेरित गर्न विगु गाउँपालिकाको उपाध्यक्ष देविका थामी, सामाजिक विकास संयोजक एवं कार्यपालिका सदस्य गोमा के.सी. र गाउँपालिकाका सम्वन्धीत कर्मचारीहरुको नियमित उपस्थीत रहेको थियो ।

लक्षित वर्ग केन्द्रीत कार्यक्रम अन्तरगत एक तालिमले ग्रामिण क्षेत्र रहेका महिला तथा किशोरीहरुको पूर्ण क्षमता विकास हुने होइन । यो वन्द कोठा भित्र छलफलले मार्गनिर्देश गर्ने र झस्काई मात्र दिने हो । तालिममा छलफल गरिए अनुसार उनीहरुले कार्यसम्पादन गर्ने मौका पाएमा मात्र क्षमता अभिवृद्धि हुनसक्ने छ । लेखन सिपसँग सम्वन्धीत विषयमा त झन् गरेर मात्र जानिने विषय हो । यसको अर्को पक्ष भनेको कमजोर पक्षको लागि तयारी मौका हो यो तालिम । अव उनीहरुले विभिन्न योजना र सामुदायिक संस्थाहरुमा नेतृत्व गर्ने अवसर पाउनु पर्दछ ।

ग्रामिण महिलाहरुको क्षमता विकासमा सहयोग गर्ने स्थानीय सरकारले नैं हो । संघीय र प्रदेश सरकार त टिभीमा देखिने रेडियोमा सुनिने मात्र हो । स्थानीय सरकार भनेको मर्दाको मलामी जिउँदाको साथि हो । त्यसैले ग्रामिण स्तरका किशोरी र महिलाको क्षमता विकासमा स्थानीय सरकार वाहेक अरुले प्रभावकारी भूमिका खेल्न सक्दैन ।

विगु गाउँपालिका भित्रका योजनाहरुमा महिलाको नेतृत्वका सन्दर्भमा चर्चा गर्दा असाध्यै कमजोर अवस्था देखिन्छ । यस वर्ष विगु गाउँपालिका अन्तरगत सञ्चालन भएका विकास योजना अन्तरगत दुई वटा सडक मात्र महिलाले नेतृत्व गर्न पाएको अवस्था छ । विगु गाउँपालिका वडा नं. ३ मा रहेको सडक निर्माण उपभोक्ता समितिको अध्यक्षको भूमिका रेखा ठकुरीले निर्वाह गर्ने मौका पाउनु भएको रहेछ । त्यसै गरी गाउँपालिका वडा नं. ७ मा रहेको अर्को एक सडक निर्माण योजनाको अध्यक्ष अम्विका खड्काले भूमिका खेल्नु भएको रहेछ ।

क्रमसः २० लाख र ८ लाख वजेट रहेको ती योजना तुलनात्मक रुपमा प्रभावकारी सम्पादन भएको तथ्य रहेको छ । त्यसैले तयारी सहित महिलाहरुले नेतृत्व गर्ने मौका पाएमा प्रभावकारी झन वढ्ने देखिन्छ । यसका लागि पूर्व तयारी सहितको अवसरको आवश्यक पर्दछ । यो तालिम पूर्व तयारीको एक आधार हुनसक्छ ।

वाह्य क्षेत्रले दिने अवसर तथा वातावरण मात्र हो, क्षमता अभिवृद्धि सम्वन्धीत व्यक्तिको क्रियाशिलतामा निर्भर हुन्छ । यो खाल्को पूर्व तयारीको अभ्यास अन्य स्थानीय सरकारहरुले पनि चासो देखाउन सान्दर्भिक हुन्छ । पूर्व तयारी विना जिम्मेवारी दिंदा प्रभावकारी भूमिका खेल्न मुस्किल पर्न सक्दछ अनी महिला नेतृत्वको खडेरी परेको आरोप लाग्न सक्छ । यो अभ्यास गरेकोमा विगु गाउँपालिकालाई धन्यवाद । यसको प्रभावकारीताको सन्दर्भमा अर्को वर्ष समिक्षाको विषय हुनसक्छ तर मौका दिन भने चुक्नु हुँदैन अनी सहयोगी वातावरण पनि सँगसँगै मिलाउनु पर्दछ ।

आगामी दिनमा विगु गाउँपालिकका भित्रमा विकास योजनाहरुमा मात्र हैन समग्रतामा नैं महिलाहरुको नेतृत्वदायि भूमिका वृद्धि भैं अनुकरणीय कार्यसम्पादन हुन सकोस् । विगुका ग्रामिण क्षेत्रमा रहेका किशोरी तथा महिलाहरुको लागि शुभकामना ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *