यसपालिको बजेटले अधिकांश ठूला आयोजनाहरु अलपत्र

राजनीति समाचार

काठमाडौं । गत जेठ १५ गते सरकारले आर्थिक वर्ष ८०÷८१ को बजेट सार्जनिक गरिसकेको छ । सो बजेट हेर्दा यसपालि अधिकांश विकास निर्माणका कामहरु अलपत्र पर्ने भएका छन् । बजेटकै कारण सूर्यविनायक–धुलिखेल खडक आयोजना ठेक्कको भुक्तानी दिन नसकेर आयोजना अलपत्र परिरहेको छ ।

आगामी वर्षको लागि पनि उक्त सडकलाई बजेट अभाव हुने देखिएको छ । त्यस्तै सिद्धबाबा टनेलको अवस्था पनि त्यही हालतमा रहेको छ । उता, डुम्रबेसी–चामे सडक आयोजनमा ७० करोड भुक्तानी हुन बाँकी छ । त्यस सडक आयोजनालाई अहिले जम्मा ३४ करोड बजेट विनियोजन गरिएको छ । बेसीशहरहुँदै मनाङसम्मको सडक चौडा गर्नुपर्नेमा त्यो बजेट अभावकै कारण अलपत्र पर्ने देखिन्छ । कालीगण्डकी करिडोरमा पनि ४० करोडभन्दा बढी लागत लाग्ने ठाउँमा जम्मा २० करोड छुट्ट्याइएको छ ।

स्रोत सुनिश्चितता गर्दा ३ अर्बदेखि ठाउँहरी ९ अर्बसम्म बजेट विनियोजित नभएर अहिलेसम्म पुरा हुन सकेको छैन । सरकारका ३ सय वटा योजनाहरुमध्ये २ सय २८ वटा नयाँ छन् भने ७२ वटा पुरानो रहेका छन् । त्यसमा पनि दश लाखदेखि ५० लाखसम्म मात्रै बजेट विनियोजन गरिएको छ । त्यसले गर्दा अधिकांश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकासे कामहरु अलपत्र पर्ने देखिन्छ । त्योसँगै राष्ट्रिय गौरवका ठूला आयोजनाहरु पनि अलपत्र नै भएका छन् ।

कतिपय आयोजनाहरुले त ठेक्का लगाएबापतको भुक्तानीसमेत दिन नसकेर आयोजना प्रमुखहरु हैरान भइसकेका छन् । उता ठेकेदारहरुले कि त पैसा चाहियो, कि त यसको लागत थप्नुपर्छ भनेर बसिखान दिएका छैनन् । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरुले यसप्रति पटक्कै ध्यान दिएको पाइँदैन । त्योसँगै अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय जस्ता विकासे योजनाहरुमा यसपालिको बजेटले प्राथमिकता पाएको देखिँदैन । कर्मचारी, जनप्रतिनिधिले तलब भत्ता खानेबाहेक विकास निर्माणको कामहरु ठप्प हुने देखिँदैन ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *