स्वास्थ्य सूचना केन्द्रमा डा.सुनिल शर्मा र भक्त केसीको मस्ती

शिक्षा/स्वास्थ समाचार

आयोजक आफैं,पुरस्कार थाप्ने पनि आफैं ! यस्तो गाइजात्रा देखियो अस्ति टेकुमा । आयोजक ंसंस्थाकै कर्मचारीले पुरस्कार थापिरहेको दृश्य देख्दा देखिएको हो टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रमा । विश्व सूर्तिजन्य पर्दाथरहित दिवसको अवसरमा टेकुमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा भक्त केसी आफैंले पुरस्कार थापेको दृश्य ….लाई भन्दा देख्नेलाई लाज भनेजस्तो भएको चर्चा गर्दै थिए त्यहाँ उपस्थितहरु ।

हामीलाई खाद्यान्न चाहिन्छ,सूर्तीजन्य पर्दाथ होइन भन्ने मूल नाराका साथ मनाइएको उक्त कार्यक्रममा सूर्तीजन्य पर्दाथका प्रयोगकोे रोकथाममा उल्लेख्य भूमिका खेलेको भन्दै डा केसीलाई सम्मान गरिएको थियो । त्यहाँ एक्सन नेपालको प्राडा रीता थापा,नेपाल विकास अनुसन्धान परिषद् ,विराटनगर महानगरपालिकाका नागेश कोइराला र पदमराज जोशीलाई ५० हजार राशीसहित सम्मान गरियो । अन्यको हकमा प्रश्न उठाउने ठाउँ नभए पनि आयोजक संस्थाले त्यहीका कर्मचारीलाई पुरस्कृत गरेको दृश्य असोभनीय भन्दैथिए कार्यक्रममा सहभागीहरु । डा सुनिल त्यहाँबाट तीन पटक सरुवामा परिसके तर अटेरी गरेर त्यही बसिरहेका छन् ।

स्वास्थ्य सम्बन्धी प्रचारप्रसार प्रसार गर्ने काम केन्द्रले गर्दै आएको भए पनि डा शर्मा र भक्तको सेटिङमा बजेट सिध्याउँदै आएको स्वास्थ्यका कर्मचारीहरुको आरोप छ । लामो समयदेखि केन्द्रमा रहँदा करोडौँ रकम सेटिङका एजेन्सीलाई बाडेको आरोप लाग्दै आएका उनले विश्व महामारीका बेलासमेत प्रचार प्रसारको जिम्मेवारी निर्वाह गर्न नसकेपछि मन्त्री त्रिपाठीले विभाग तानेका थिए । यद्यपि उनी सरकारले खटाएको ठाउँमा जान अटेर गरी केन्द्रमा बसेर राइदाइ गर्दै आइरहेका छन् ।

केन्द्रमा मुख्य गरी डा.सुनिल शर्मा र भक्त केसीले राइँदाइँ गर्दै आएको र सबैतिर मिलाउन सक्ने भएकैले कामै नगर्दा पनि उनीहरू केन्द्रमा टिक्ने गरेको विभाग स्रोतको भनाई छ । केही अघि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका एक जनस्वास्थ्य अधिकृत जनचेतनामूलक सामग्रीहरू रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरे पश्चात् कमिसन बापत एक लाख घुस लिइसकेको अवस्थामा बबरमहल स्थित बन विभागको परिसरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम सहित रङ्गे हात पक्राउ गरेको उनी सेटिङ मिलाएर उन्मुक्ति पाएका कर्मचारी हुन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *