बाल उद्दार माविमा विद्यार्थीमाथि कुटपिट

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । जनयुद्धको समयमा सेनाको भैरवनाथ गणलाई मानव बधशाला बनाइयो । अहिले त्यो ठाउँ बद्नाम भएपछि पुराना संरचना भत्काएको छ । दरबार हत्याकाण्डको प्रमाण नष्ट गर्न तत्कालिन राजा ज्ञानेन्द्रले दरबारको संरचना भत्काए । त्यही प्रकृतिको वधशालारुपी बाल उद्धार सामुदायिक मावि बुढानिलकण्ठ यतिखेर चर्चामा छ ।

गत साता त्यो स्कुलका शिक्षक उदय कार्कीसँगै ३ शिक्षकले कक्षा दशका विद्यार्थी अनिश लामिछाने माथि वधशाला भैरवनाथ गणमा बन्दी बनाइएका माओवादी कार्यकर्तामाथि रक्सीले मातेका सैनिकलेझैं आक्रमण गरेका छन् । ज्यामीको छोरा अनिश चावहिलको हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचाररत छन् । विद्यालयका संचालक समितिका अध्यक्ष धु्रव घिमिरे र प्रधानाध्यापक विनोद पण्डितजस्ता नैतिक रुपमा गिरेका व्यक्तिहरुबाट मनपरी शुल्क उठाएर अभिभावक माथि शोषण गरेकोे बताइन्छ ।

यो स्कुलमा तिनै शिक्षकले आरएन लामामाथि पनि कुटपिट गरेका छन् । सामुदायिक स्कुलका शिक्षकले राम्रो पढाउँदैनन् भन्ने कुरा विद्यार्थी माथिको कुटपिट गर्ने उदय कार्की, रोशन श्रेष्ठ, शौरभ गौतम जस्ता शिक्षकलाई उदाहरणको रुपमा लिन सकिन्छ । विज्ञान कोठामा थुनेर लाठी बर्साउने कार्कीलाई समेत त्यो स्कुलका प्रअ विनोद पण्डित र ध्रुव घिमिरेको कृपामा जागिर जोगाइएको छ ।

विद्यालयले निलम्बन गरेका दोषी शिक्षकको नाम लुकाएको छ । जेठ २२ गते दिउसो भएको त्यो घटनाका पीडित १५ वर्षे अनिश उपचाररत छन् । आफुले मजदुरी गरेर सामुदायिक विद्यालयमा पढाएका अभिभावकसमेत स्कुल व्यवस्थापन समितिको दादागिरीबाट आतंकित छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं. १० का कांग्रेस कार्यकर्ताले जेठ २५ गते विद्यालयको आन्तरिक भ्रष्टाचारको विरोध गरेका थिए । त्यो दिन विद्यालयले उक्त घटना सम्बन्धी छलफल गर्नको लागि अभिभावक भेला बोलाए पनि भाँडिएको छ । कुटपिट काण्ड प्रहरी वृत्त महाराजगंजमा पुगेपछि कांग्रेस र एमालेबिच झगडा भने आर्थिक हिनामिनातर्फ मोडिएको छ । त्यो स्कुलमा यस्ता शिक्षकलाई कारवाही नगर्दा घटना दाहोरिने गरेको देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *