कांग्रेस र एमालेबिच लुटको प्रतिस्पर्धा

राजनीति समाचार

शरणार्थी प्रकरणमा दोस्रो छानबिन नहुने ?
काठमाडौं । लुटतन्त्र मच्चाउन पार्टीको सिद्धान्त र नीति नहेर्ने गलत बाटोबाट परिपूर्ण राजनीतिक दलहरु नांगिने क्रम शुरु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके पनि कांग्रेस र एमालेका बराबर छन् । कांग्रेसका बालकृष्ण खाण, आङटावा शेर्पा, टेकनारायण पाण्डे, केशव दुलाल, नरेन्द्र केसी, रामशरण केसी गरी ६ जना चिनिएका पात्र हुन् ।

एमालेका टोपबहादुर रायमाझी, इन्द्रजित राई, शमशेर मियाँ, टेकनाथ रिजाल, सन्दीप रायमाझी हुन् भने सन्देश शर्मा, सानु भण्डारी पनि पार्टीसँग जोडिएका पात्र हुन् । आँफै ठगिएका सागर राई, गोविन्द चौधरी पनि घानमा परे भने रामशरण केसीको सम्पर्क जोडिएका हरिभक्त महर्जन पनि जेल परेका छन् । टंक गुरुङ र लक्ष्मी महर्जन ५ लाख र १० लाख धरौटीमा छुटेका छन् ।

अहिले छानबिन प्रक्रिया जारी छ । आफ्नालाई जोगाउन एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले यो सरकार ढाले भने नौलो हुँदैन । किनकी एमाले र कांग्रेसको सत्ता स्वाद मिलन राष्ट्रघाती महाकाली सन्धी देखि हो । जब ठूला भ्रष्टाचारका काण्ड आउँछन् त्यो बेला एमाले र कांग्रेस मिलेका हुन्छन् । वायुसेवा निगमको लाउडा भाडा काण्ड होस् वा धमिजा काण्ड कांग्रेसले मच्चायो, एमालेले भाग खायो । राष्ट्रघाती महाकाली सन्धी गर्नुपर्छ, देशको हितमा छ भन्ने केपी ओलीले १२ खर्ब १२ अर्बको प्रचार गरेकै हुन् । मदन भण्डारी फाउण्डेशनको नाममा विदेशी फण्ड भित्र्याएर हजम गर्नेलाई नेपाली नागरिकलाई अमेरिकी बनाएर खाँदा लाज भएन । अहिले केपीको योजना सरकार ढाल्ने र कांग्रेसलाई प्रधानमन्त्री दिएर शरणार्थी प्रकरण डुबाउने दाउमा छन् ।

भ्रष्टाचार बेथितिविरुद्ध प्रचण्ड सरकार पनि बोल्दैन । किनकि यो सरकार जनताको होइन । जनताको सरकार हुन्थ्यो भने त्यो सरकारले जनताकै हितमा काम गथ्र्याे । प्रहरी त देशभक्त छँदै छैन । माफिया र बिचौलियाको प्रतिस्पर्धाले पार्टी नै सबैको बद्नाम भएको छ । तर नेताहरुलाई पार्टी बद्नामी हुने चिन्ता छैन । पैसा र गुट भए पुग्छ भन्ने कुरा नक्कली भुटानी शरणार्थीमा प्रतिस्पर्धा गरेको देखियो । अब कांग्रेसका मञ्जु खाण, एमालेका प्रतिक थापा, नैनकला थापा, राजेश बज्राचार्यजस्ता पात्रहरु छन् ।

प्रहरीले अनुसन्धान गर्छ कि कांग्रेस र एमालेले भ्रष्टाचार छानबिन हुन नदिने योजना बन्दैछ ? प्रहरी त एमाले र कांग्रेसको हो । जनता र देशको शक्ति हो । माओवादीलाई गन्दैन ।देशमा नीतिगत भ्रष्टाचारको जालो फैलिएको छ । पशुपतिको धर्मशाला समेत तारे होटल बनाउने कम्युनिष्टले शासन गर्दा जनतामाथि कसरी दोहन गर्दछ, त्यो छर्लंग भएको छ । राज्य स्रोत व्यक्तिले दोहन गर्दाकै परिणाम भ्रष्टाचार र बेथितिका नायक बने पनि घमण्ड तिनकै थियो । जसले सदनको रोष्टममा उभिएर शरणार्थी समस्या समाधान गर्न विशेष समिति बनाएर छानबिन गर्न सकेन । माफियागिरी चलाउने बाटो खोलेको वर्गका साथ बताए । राज्यले राजनेता पाएन ।

भ्रष्टाचारीका लागि सबै पार्टीमा छन् । देशको बद्नाम गर्ने ठूला नेता नै हुन् । जनतालाई दोष छैन । भ्रष्टाचार गर्दा देशको राजस्वले नपुगेर नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने र पैसा खाने कांग्रेस र एमालेकै नेता भएको कुरा लुकाएर लुक्दैन । ओली र देउवालाई डर केशव दुलाल, सन्देश शर्मा, सानुभ ण्डारीले राधिका शाक्य, राजेश बज्राचार्य, राजेश्वर स्थापित, डा.आरजु राणा, मञ्जु खाणसम्मलाई पैसा बुझाएको बयान दिएको छ । त्यसकारण उनीहरुले यो काण्डको पहिलो लट जे भयो, दोस्रो भ्रष्टाचार छानबिन गर्न नदिने योजना बन्दैछ ।

नाम सार्वजनिक भएका दुबै तर्फका नेता माथिल्लो तहकै छन् । माओवादी दुधले नुहाएको साधुसन्त होइन । भन्सार शुल्क घटाउन अर्थमन्त्री जनार्दन शर्मा र आयातित स्यानिटरी प्याडको कर १ प्रतिशत लगाएर नेपाली उत्पादनमा १५ प्रतिशत कर लगाउने डा.आरजु कति देशभक्त देखिएकै हो । प्रचण्ड सरकार टिक्नकै लागि पनि अपराधी माथिको छानबिन रोकिन सक्छ । किनकि विकृति र विसंगतिसँग जोडिएका विषय र पात्र सबै एमाले र कांग्रेसका छन् । यसमा माओवादी र समाजवादीका नेतासम्म चोखा छैनन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *