काठमाडौं । बढी न हो धतुरे तेरै काल आउँछ भन्ने उखान ठ्याक्कै मिल्दै गएको छ डा.बाबुराम भट्टराईको हकमा । जसले कम्युनिष्टको साथ बिना कहीँकतै टेको पाउँदैन । उसैले साम्राज्यवाद बाहेक अरु देख्दैन ।
कम्युनिष्ट बिनाको समाजवाद भनेको नेपालका नागरिकलाई गैर नागरिक बनाएर हजम गर्ने नै हो भन्ने कुरा नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका बालकृष्ण खाण, डा.आरजु देउवा, मञ्जु खाण, टोपबहादुर रायमाझी, रामबहादुर थापा, इन्द्रजित राईसम्मको लुट हो ।
लुटतन्त्रले गर्दा कतै उपाय छैन । कम्युनिष्टको इज्जत छैन । अस्तित्व बचाउन प¥यो । कम्युनिष्टको साम्यवादभन्दा समाजवाद नजिक हुन्छ भनेर हुनसक्छ जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र मात्र होइन संसदमा नभएको नेकपा समेत यही मोर्चामा गाभिएको छ ।
माओवादीले आफ्नै चुनाव चिन्हमा उम्मेद्वार बनाएर संघ र प्रदेशमा १÷१ मन्त्री दिलाउँदा समेत मातेका डा.बाबुराम भट्टराई भने निहुँ खोज्दैछन् । डा.बाबुरामकै कारण समाजवादी लक्ष्यमा कम्युनिष्ट जान तयार भएका थिए । दक्षिणले नेपालमा कम्युनिष्ट बलियो भएको मन पराउँदैन । डा.बाबुराम दक्षिणका भक्त हुन् । त्यही दक्षिणको कारण बाबुरामले पार्टीको नाम समाजवादी राखेका छन् । तर डा.बाबुराम समाजवादी मोर्चा निर्माणमा टाढिएका छन् ।
डा.भट्टराईको पर्खाइले माओवादी, एकीकृत समाजवादी, जसपा बिचको कार्यगत मोर्चा निर्माणमा ढिलाई भएको थियो । एमाले यो मोर्चामा छैन । एमालेको दाउ पार्टीमा विद्रोही भित्र्याएर रमिता देखाउने थियो । तर नक्कली भुटानी शरणार्थी काण्डले केपी ओलीकै धोति खुस्केको कारण अस्तित्व बचाउन संकट थपिँदो छ । नेकपाको चाल हाँस र कुखुराको छ । बाबुरामहरु रमाएकै छन् । (तामाकोशीसन्देशबाट)