अर्थतन्त्रमा आठ बैंकको सिण्डिकेट

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सरकार कमजोर छ । राजनीतिक दलका नेता भष्मसुर छन् । व्यवस्था असफल बनाउने नेताले जनताको नाममा भ्रष्टाचार गरेका छन् । त्यही नेताले लुटले देशको आठ वटा बैंकमा ३ खर्ब पैसा जम्मा गरेका छन् । त्यो पैसाले बैंक नाफामा देखायो, अर्थतन्त्र घाटामा पु¥यायो । सरकारको लापरवाहीले उपत्यका भित्र चलेका २० वर्ष पुराना गाडी र ट्याक्सी मालिक जागेका छन् ।

कांग्रेसी सांसद पूर्ण बहादुर तामाङका अनुसार उपत्यकामा ३ हजार, पोखरामा १८ सय, विराटनगरमा ७ सय, भरतपुरमा ९ सय ट्याक्सी छन् । एउटा ट्याक्सी दिनमा २० लिटर इन्धन खर्च हुन्छ । विद्युतीय उर्जा प्रयोग गरेको भए दिनको १ करोड इन्धनमा हुने खर्च घट्न सक्थ्यो । विद्युतीय उत्पादनलाई हौसला मिल्थ्यो । विद्युतीय उर्जा खपतमा ८० लाखको इन्धन खपत जोगिन्छ । तर सरकारलाई त्यसमा चासो छैन।

सांसद तामाङले बैंकहरुको ऋण प्रवाहको सिण्डिकेट घट्न सक्थ्यो भनेका छन् । हुलाकी कार्यालयको नाममा ३ खर्ब २६ करोड सकेको यातायात व्यवस्था कार्यालयलाई आर्थिक बोझ नपारी हुँदैन । जबकी प्रतिकेजी ६० को फलामे रडको मूल्य १२० पु¥याएको छ । ६ वटा स्टिल कम्पनी यहाँ छन् । विद्युत महसुल यिनले तिर्दैनन् । जताततै सिण्डिकेट गर्नुु लोकतन्त्र माथिको उपहास हो । राज्य संचालकहरु पनि विद्युतीय भन्दा डिजेलकै मूल्य निर्धारणमा रमाएका छन् ।

सरकारले २० वर्ष पुराना गाडी हटाउने हल्ला पनि चलायो । सार्वजनिक यातायातमा समेत यो निर्णय लागू हुने हो । एउटा गाडीबाट ५ वर्षमा ३ वटा गाडी थप्ने निजी क्षेत्रको सिको नगरी साझा यातायात बन्द गर्ने कांग्रेसलाई जनताले अर्थतन्त्रको शत्रु ठानेका छन् । असफल, असक्षम राजनीतिले देशको अवस्था ध्वस्त बनाएको छ । भ्रष्टाचारका नायक ठूला दल कांग्रेस र नेकपा एमाले हुन् भन्ने कुरा देशको शासन गर्दा देखिएको छ । त्यसमा माओवादी पनि थपिँदै छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *