खाद्य प्रविधि विभागमा मनिता जोशीको हालीमुहाली

Uncategorized

काठमाडौं । निजामतीभित्र तीन थरी कर्मचारीहरुको बोलबोला छ, अवसरवादी, अर्थवादी र डनवादी । त्यसमध्ये अवसरवादीहरुको ज्यादा वर्चश्व छ,उनीहरुलाई सिंहदरबारको चौघेरो तोडेर हतपत्त बाहिर जानु पर्दैन । त्यसैमध्येकी एक हुन सहसचिव मतिना जोशी वैद्य,जो लामो समयदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकको भूमिकामा छिन् ।

आफ्नै सहकर्मीलाई पेलेर उनी महानिर्देशक बन्न सफल भएकी हुन । वैद्य कतिसम्म जब्बर र पावरफुल छिन भने संघीय मामिला तथा सामान्य प्रशासनले कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा खटाएको थियो । उनीमाथि लकडाउनका वेला ७२ हजार किलो अखाद्य चिनी आयातमा चलखेल गरेको आरोप लाग्यो । प्रतिवेदन नै त्यस्तै बुझाइएको थियो तत्कालीन मन्त्री घनश्याम भुषाललाई ।

लकडाउनको समयमा भारतको उत्तर प्रदेशबाट ७२ टन चिनी धनुषाको जलेश्वर नाका हुँदै आयात भएको थियो । भारतको सम्भावली सुगर लिमिटेडबाट काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकास्थित अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको उक्त चिनी जलेश्वर नाकामा रहेको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले सामान्य परीक्षण गरी चिनी खान योग्य नभएको प्रतिवेदन भन्सार कार्यालयलाई दिएको थियो । त्यसपछि ३ ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय, पथलैयाको नियन्त्रणमा राखिएको थियो । त्यही चिनीलाई ‘खान योग्य’ भएको रिपोर्ट दिएको थियो ।

व्यवसायीसँगको मिलेमतोमा अखाद्य चिनीलाई खान योग्य प्रमाणित गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशकसहित चार कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढे पनि अन्त्यमा यो विषय कहाँबाट र किन ढिसमिस पारियो ? यस विषयमा छानबिन गरी प्रतिवेदन दिएका सहसचिव नारायणप्रसाद रेग्मीले चिनी आयातका लागि अनुमतिपत्र दिँदा नै लापरबाही भएको र भन्सार बिन्दुमा आएपछि प्रक्रिया पूरा नगरी परीक्षण गरेको निष्कर्ष निकालेका छन् ।

कि त यस्तो बदनियत राखेर यस्तो प्रतिवेदन लेखिएको हो भने ती कर्मचारीमाथि कारवाही हुनुपर्ने हो । होइन भने कारवाहीको लागि सिफारिस गरिए पछि मतिनासहितका चार कर्मचारी कारवाहीमा पर्नुपर्ने हो । तर न त मतिनालाई कारवाही भयो न त प्रतिवेदन लेख्न सहसचिवलाई नै ।

अनुसन्धान प्रक्रिया चलिरहँदा उनलाई सरुवा गरिएको थियो तर मन्त्रालयका निर्णयलाई लत्याउँदै बाग्मती प्रदेश कृषि मन्त्रालयमा सरुवा मिलाइन । उनले किन बाग्मती प्रदेशको कृषि मन्त्रालय रोजिन ? त्यो पनि चर्चा योग्य छ,लकडाउनको समयमा आयात गर्नै नमिल्ने चिनी खानयोग्य भनी बनाएको प्रतिवेदनमा महानिर्देशक वैद्यको संलग्नता बाहिर आएपछि हेटौँडास्थित अख्तियारको कार्यालयले प्रारम्भिक प्रतिवेदन बनाई आयोगलाई बुझाइसकेको समयमा उनले आफ्नो सरुवा बाग्मती प्रदेशमा मिलाएकी थिइन ।

मिति सकिएको र लेबल नभएको चिनीको गुणस्तर परीक्षण नै गर्नुनपर्ने कानुनी प्रावधानविपरीत विभागले परीक्षण प्रतिवेदन तयार गरी खानयोग्य रिपोर्ट दिएको थियो । त्यही प्रतिवेदनका आधारमा मन्त्रालयमा वैद्यलाई दुईपटक स्पष्टीकरण सोधेको थियो ।

उनको स्पष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालय झिकाएर थप अनुसन्धान गर्न सिफारिस भएको थियो तर मन्त्रालयले कारवाहीको सिफारिस गरेको उनै वैद्य बाग्मती प्रदेशमा केही महिना बिताएर पुन ववरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक बन्न आइपुगेकी छिन्,दुई बर्ष देखि उनी त्यो विभाग छाडेर दायाँ बायाँ जानु परेको छैन ।

अरु यस्ता सहसचिव पनि छन्,जो दुई÷तीन महिनामै सरुवामा पर्दछन् । मतिनालाई कुन तत्वले त्यहाँ टिकाइरहेको छ ?स्रोतका अनुसार मतिनाको श्रीमान नेपाली सेनाको रिटायर्ड कर्णेल हुन । ललितपुरको खुमलटारमा उनको अलिसान बंगला ठडाएकी छिन् । उनी यस्तो कर्मचारी हुन कि कसैसँग रिस उठे पछि एकदमै तल्लेस्तरको म…मा… जस्तो गाली बर्साउने गर्दछिन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *