राजनीतिक स्थायित्व नहुँदा माफियाहरुको ब्यापक चलखेल

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरु इमानदार नबन्दा सबैतिर भद्रगोल भएको छ । दलकै कारण सुरक्षा निकायभित्र पनि विभिन्न चलखेलहरु हुने गरेका छन् । कतिपय माफियाहरुले त नेपाल प्रहरीलाई प्रयोग गरेर कमाउ धन्दा थालेका छन् ।

अहिले प्रहरी संगठनभित्र विभिन्न विकृति, संगतिका घटनाहरु बाहिर नआएका होइनन् । यतिबेला अधिकांश सुन, मोबाइल, घडीलगायतका व्यापारीहरुले नेपाल प्रहरीलाई प्रयोग गरी कमाउने धन्दा फस्टाएको छ ।

प्रहरी पनि के कम ‘धन देखेपछि महादेवका पनि तीन नेत्र’ भने झैं पैसाको लोभमा फस्ने गरेको छ । त्यसकारणले पनि यस्ता चोरी र सुन तस्करहरुसँग मिलेर कमाउने धन्दा प्रहरीहरुले गर्दै आएका छन् ।

त्यस विषयमा सम्बन्धित निकायले न त छानविन गर्छ, न त कारबाही नै गर्छ । यसको उदाहरण बनेको छ नक्कली भुटानी शरणार्थी काण्डको विषयलाई लिएर अहिलेसम्म फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्न सकेको छैन । अहिले प्रहरीका आइजीपी वशन्त कुँवर गुमनाम जस्तै बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *