देउवाकै कारण भ्रष्टाचारको छानबिनमा कमी

राजनीति समाचार

काठमाडौं । कीर्ते ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र फौजदारीसमेत गरी चारवटा मुद्दा भएपनि संगठित अपराधमा जिल्ला अदालत केन्द्रीत भएको छ । राजनीतिक दाउपेचमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो लटका तुना बिचमै चुडाउन कांग्रेसका सभापति शेरबहादुर देउवा लागेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कुटेर अपराधबाट जोगिने गुण्डाहरु तिनै शेरबहादुरमार्फत तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको साथ पाएकै थिए ।

कांग्रेसले देशमा कानूनी शासन चाहँदैन । बोल्न र भन्न समाजवाद लोकतन्त्र विधिको शासन जे भनेपनि कांगे्रसका देउवा समूहले बेथिति बढाउँछ, तस्करी बढाउँछ, माफियाकरण धन्दा चलाउँछ । राज्यको स्रोत एमालेका केपी ओलीले झैं ध्वस्त बनाउँछ । त्रिभुवन विमानस्थलका व्यापारी सटरमा रक्सी पसल राखेर भाडा नतिर्ने समूह अहिले पनि जुर्मुराएको छ, जहाँ डा.आरजु देउवाका विश्वास पात्र डा.प्रकाशशरण महत अर्थमन्त्री, पूर्णबहादुर खड्का, उपप्रधान तथा रक्षामन्त्री रहेका छन् ।

शेरबहादुर देउवालाई कानूनी राज विधिको शासनतर्फ ध्यान छैन । देउवा र उनले नेतृत्व गरेको पार्टीले विजय गच्छदारको भ्रष्टाचार दबाउँछ । तर अख्तियारमा जयबहादुर चन्दको े कार्य सम्पादनमा प्रभाव पार्दैन । आँफै ३ करोड बुझाएर आईजीपी बन्न खोज्दा सर्वाेच्चले रोकेपछि त्यही खचएमा अवैधानिक आयुक्त भएका चन्दले भ्रष्टाचारका मामिलामा देउवाको उजुरी छानबिन गर्ने कुरै भएन ।

एमालेमा पक्राउ पर्न बाँकी राजेश बज्राचार्य, राजेश्वर स्थापित, नैनकला थापा, प्रतिक थापा, बेचन झालगायत छन् । यस्ता पक्राउ पर्लान भन्ने डर छ । प्रचण्डको मुख पनि नहेर्ने घोषणा गरेका केपी ओलीले शेरबहादुरलाई साथमा लिएर बारम्बार बालुवाटार धाएर प्रधानमन्त्रीको कुर्सी खोस्ने प्रयास गरेका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *