दुबै आयुक्तहरुको स्वार्थ देखिएपछि

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीका दोस्ती प्रेम राई अख्तियारमा दिनेश थपलिया निर्वाचन आयोगमा पुगेपछि देशको समृद्धि र विकास हुन्छ भनेका एमालेका विष्णु रिमाल र गोकुलहरु अहिले प्रमुख आयुक्तहरुको भण्डाफोर गर्न तयार छन् । आयोगले समयमा निर्वाचन खर्च नबुझाउनेहरुलाई दण्डित गर्दा सर्वाेच्च अदालतमा न्यायाधीशहरु सपना प्रधान, हरिकृष्ण कार्कीलगायतको बेञ्चले दण्ड मिनाहा गर्दा काठमाडौंका मेयर बालेन शाह खुसी भएका थिए ।

अहिले अख्तियारका प्रमुख प्रेम राई पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिए, महेश्वर गौतम पनि जोडिए । यी दुबै एमाले थिए । एमालेले गरेको भ्रष्टाचारमा कानून लाग्दैन भनेर केपी ओलीले संसदमा बोल्दा सुवास नेम्वाङहरुले टेबल ठोके । किनकि नेम्वाङ नेपालमा क्रिश्चियनको नेता हुन् । नेपालको संसदका बारेमा अमेरिकी संसदले २१ जनाको ककस बनाउन लागेको कारण त्यही हो ।

विगतमा आफैंले जिल्ला निर्वाचन कार्यालयको औचित्य नदेखेर आयोगका कार्यालय खारेज गर्न केपी शर्मा ओलीको शरण परेका दिनेश थपलिया आज सरकारको निर्णयविरुद्ध गएका छन् । यिनकै राय सुझावमा केपी सरकारले जिल्ला निर्वाचन कार्यालयको औचित्य पुष्टि गर्न नसक्दा खारेजीको तयारीमा थियो । त्यो बेला थपलिया संघीय मामिला तथा सामान्य प्रशासनका सचिव थिए । कर्मचारी भद्रगोल बनाउने यिनै हुन् । एमालेका विश्वास योग्य बिचौलिया भएकाले त्यो बेला सुझाव दिएका थिए ।

आँफै प्रमुख आयुक्त भएपछि पैसामा ध्यान दिँदा सरकारको निर्णयको विरोधी भए । जिल्ला निर्वाचन कार्यालयको नाममा ५० करोड खर्च हुन्छ । ५ वर्षमा एक पटक आयोगको काम हुन्छ । केन्द्रमा लुट्ने धेरै शिर्षक छन् । जिल्लामा बजेट छैन, केवल कर्मचारी पाल्ने सिडिओ कार्यालयमा रमाउने हो । अहिले अख्तियारले केपी ओलीको भ्रष्टाचारलाई दबाएको छ । त्यो दबाउन मुख्य भूमिका प्रमुख आयुाक्त प्रेम राई र दिनेश थपलियाले गरेका छन् । उनीहरु एमालेका सदस्य हुन् । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *