प्रचण्डलाई भ्रष्टाचारको फाइल खोल्ने कि सत्ता बचाउने भन्ने पिर

राजनीति समाचार

काठमाडौं । देशमा भ्रष्टाचार शिरोमणिहरु आत्तिएका छन् । जसले लोकतन्त्रलाई बद्नाम पनि गराए । पार्टीमा गुटबन्दी चर्काएर राज्य दोहन गरे । लोकतन्त्रको स्थापनाको आन्दोलनमा बयलगाढा प्रेमी र ज्ञानेन्द्र शाह प्रेमीका बिचमा गठबन्धन थियो । कांग्रेसका स्व.गिरिजा प्रसाद कोइराला र एमालेका माधव नेपाल नेतृत्वमा थिएनन् भने तिनले गणतन्त्रको ढोका बन्द गर्थे ।

भारतीय दास बनेर राष्ट्रघाती महाकाली सन्धी गर्दा नेपाललाई फाइदै फाइदा छ । हरेक वर्ष १२ खर्ब १२ अर्ब आउँछ भन्ने नेता गणतन्त्रमा नीतिगत भ्रष्टाचार गर्ने र नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिउत्पादक भएको कुरा जनताले थाहा पाएका छन् ।

यस्ता नेता आफु बाहेक अर्काे शक्ति सत्तामा आएको बेथिति सुधार्ने प्रयास गरेको मन पराउँदैनन् । वर्तमान सरकारले प्रयास गर्दा यिनको निद्रा हराएको छ । तिनैले प्रधानमन्त्रीलाई आफु सहभागी भ्रष्टाचारका कुनै पनि फाइल नखोल्न दबाब दिएका पनि छन् । पार्टीको प्रतिष्ठा भन्दा लुटतन्त्रलाई प्रोत्साहन दिने, देशको ढुकुटीमा दोहन गर्ने यस्ता नेतालाई गणतन्त्रमा मात्र होइन, संसदीय सर्वाेच्चतामा समेत स्थान छैन । त्यही कारण विचार मिल्ने, परिवर्तन जोगाउनेहरुका बिचमा गत साता समाजवादी मोर्चा बनेको अवस्था छ । तर त्यसले सार्थकता पाउँछ कि पाउँदैन त्यो हेर्न बाँकी नै छ ।

कांग्रेसभित्र कोइराला वंश शासक बन्दाको अवस्था र नेकपाको नाममा ओली सत्ताको अवस्था उस्तै भयो । दासत्व स्वीकारेर सत्तामा रमाउने ईश्वर पोखरेल र पूर्णबहादुर खड्काको फरक हुन् । तर चरित्र एउटै हो । पोखरेल केपी ओलीको निकट, खड्का डा. आरजुका हनुमान हुन् । सरकारले दोस्रो चरणको काण्ड छानबिन गर्ने विश्वास छैन । किनकि टोपबहादुरले केपी ओली र प्रचण्ड दुबैसँग भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई भेट गराएको कुरा बताएपछि यो काण्डको दोस्रो च्याप्टर बन्द गरिदिएका छन् ।

पशुपतिनाथसँग जोडिएका प्रत्येक फाइल अख्तियारमा छन् । संसद भंग गरेर ६ जनाको संवैधानिक न्यायिक परिषद्मा प्रधानमन्त्री राष्ट्रिय सभा अध्यक्ष र चोलेन्द्र शमशरे भएपछि बहुमत मानिने जनताको बहुदलीय जनवादी धाराबाट नियुक्ति पाएकाहरुबाट त्यो छानबिन हुँदैन । तिनैमध्येका एक जना नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल आयल निगमको जग्गा खरिदमा सहभागी भएका थिए । उनी प्रमुख विपक्षी दलको नेताका दोस्ती भएकाले अहिले जोगिएपनि भोलि फस्नेछन् ।

जनताको पीर मर्कामा चासो नदिने तर राष्ट्रवादको घोर पक्षपाती बन्ने, जनताले नेता मान्नुपर्ने बाध्यता छ र मसियालाई थाहा छ । तर यिनमा निष्ठा र त्यागको संकेत छैन । अहिले भ्रष्टाचारको फाइल खोल्दा सरकार नै ढल्ने डर छ । लोकतन्त्र, गणतन्त्र जे भनेपनि जनतालाई आएकै होइन ।

ठूला पार्टी, ठूला नेताका लागि यो व्यवस्था ल्याइएको कुरा नेताको उपचार खर्च, राष्ट्रपतिका नामा सेता हात्ती बन्दै गएकाहरुको पालनपोषण खर्च प्रमाण हुन् । व्यवस्थाको बद्नाम गरेर नेता मोटाउने गणतन्त्र कुनै पनि दलको लक्ष्य होइन । नेकपा एमाले जस्तो परिवर्तनको संवाहक शक्तिले वर्तमान बेथितिको अन्त खोज्नुपर्ने हो ।

तर एमाले नेतृत्वबाट त्यो कल्पना गर्ने ठाउँ राखिएन । ४१ महिने सरकारमा विकास र समृद्धिको ढोका कसैले बन्द गरेको थिएन । नीतिगत भ्रष्टाचार गर्ने जोडी त्यहाँ ठूलो छ । अध्यक्ष केपी शर्मा ओलीले मौका गुमाए । अबका दिनमा त्यो आश पनि छैन । वर्तमान सरकारलाई भ्रष्टाचारको छानबिन गर्ने अग्राधिकार दिनको साटो छानबिनको फाइल खोलेमा कुर्सी नै खोसिन्छ भन्दै शेरबहादुरले जोडीले दिएको धम्कीले प्रधानमन्त्री प्रचण्ड पनि डराएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *