पहुँचवाला कर्मचारीलाई मालदार अड्डा

राजनीति समाचार

काठमाडौं । पावर नपुग्ने कर्मचारी न हो दुरदराजमा लखेटिने । उठाउने कलामा पारंगत र उठाएर माथिसम्म बुझाउन सक्ने कला भएका कर्मचारीहरु महिना दिनमै आफ्नो सरुवा उल्टाउन सफल हुँदा रहेछन् ।

माधव नेपालको आडमा मोहन घिमिरेले आफ्ना सरुवा उल्टाएकै शैलीमा अर्का एक जना पावरफुल उपसचिव पनि कमाउ अड्डाबाट भएको सरुवालाई उल्टाउन सफल भएका छन्,उनी हुन उपसचिव अनिल थापा । जस्ले संघीय मामिला तथा सामान्य प्रशासनका सचिव कृष्णहरि पुष्कर,स्वास्थ्यका सचिव डा रोशन पोखरेल,सामान्य प्रशासनका मन्त्रीका सचिवालयका केही कर्मचारी,कर्मचारी प्रशासन महाशाखा हेर्ने हेमराज तमाङदेखि कमानसिंह थापासम्मलाई प्रयोग गरेर महिना दिनमै सरुवा उल्टाउन सफल भएका हुन ।

ल्यापटप खरिद काण्डमा डामिएपछि रोशनलाई स्वास्थ्य सेवा विभागबाट सरुवा गरेर उद्योग मन्त्रालयमा पठाइएको थियो । झण्डै ५ सय थान ल्यापटप खरिद गरेर झण्डै २ करोड २५ लाख नाफा खान सफल भएका उनको यो बदमासी थापा पाएपछि त्यहाँबाट उद्योग मन्त्रालयमा सरुवा भएकोमा उक्त सरुवा सेटिङमा उल्टाइएको भेटिएको छ ।

प्राप्त प्रमाण अनुसार कर्मचारी संकेत नम्बर १७८३४६ भएका तथ्यांक सेवाका उपसचिव अनिल थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो गत चैत १३ गते । तर उनले स्वास्थ्यका हाकिम र सामान्य प्रशासन मन्त्रीका स्वकीयदेखि निजी सचिव,सामान्य सचिवलाई नै मिलाएर सरुवा उल्टाएको हुन,त्यो पनि महिना नपुग्दै उनको सरुवा उल्टाइएको भेटिएको छ ।

सामान्यका शाखा अधिकृत विकास डंगोल हस्ताक्षरित पत्रमा उनलाई उद्योग मन्त्रालयबाट पुन स्वास्थ्य मन्त्रालयमा सरुवा गराइएको पत्र समेत प्रमाणका रुपमा भेटिएको छ । यसरी सरुवा भएको महिनादिनमै साम,दाम लगायतका सबै शक्ति प्रयोग गरेर उनी स्वास्थ्य मन्त्रालयमा फिर्ता भइसकेका छन् । त्यहाँबाट स्वास्थ्य सेवा विभागमै फर्कने चाँजोपाँजो मिलाइरहेका छन् ।

मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा पारदर्शी बनाउँछु भनेर जति ठूल्ठूला गफ खोके पनि के काम ? जब उनका सचिव,सामान्यका कर्मचारी प्रशासन फाँटमा बसेका भ्रष्ट र विचौलिया कर्मचारी अनि उनका निजी र स्वकीय सचिवहरु अति भ्रष्ट भए पछि ! होइन भने भ्रष्टाचार गरी विभागबाट सरुवामा परेका कर्मचारीले कसरी र कुन आधारमा आफ्नो सरुवा उल्टाउन सक्छ ? त्यो पनि महिना दिनमै ? (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *