पुराना सवारी चलाए कारबाहीको भागिदार

राजनीति समाचार

काठमाडौं । सरकारले विगत लामोसमयदेखि २० बर्षभन्दा पुराना सवारी साधन हटाउन पहल गरे तापनि यातयात व्यवसायी र सरकारबीचको समन्वयकारी भूमिका नहुँदा सो काम ओझलमा पर्दै आएको थियो । बेलाबखत वादविवाद पनि पर्दै आएको थियो । त्योसँगै अहिले २० बर्षभन्दा अगाडिका पुराना माइक्रोबस, ट्याक्सी, भ्यान, जस्ता गाडीहरु ३५ दिनभित्र नहटाएमा सोतः कारबाही गर्ने भनेर बागमती प्रदेशले गत जेठ ७ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

तर, अहिले यातायात व्यवसायी र सरकारबीच समन्वय गरी ७० प्रतिशत बैंकले ऋण दिने र ३० प्रतिशत व्यवसायीले लगानी गर्नेगरी सम्झौता भएपछि इलेक्ट्रोनिक ट्याम्पु, ट्याक्सी, माइक्रोबस, मिनीबसलगायतका गाडीहरु सञ्चालनमा आजबाट लागु हुने गरी ल्याइएको छ । सरकारले यो नियम ल्याएपछि पुराना गाडीहरु यातयात व्यवसायीहरुले ग्यारेजमा थन्क्याउने भएका छन् । कतिपय गाडीहरु पुरानै अवस्थामा रहेता पनि त्यसैलाई पुनः मर्मत गरेर इलेक्ट्रोनिक साधनको रुपमा ल्याएर सञ्चालन गर्ने भएका छन् ।

यदि त्यो नगरेमा सरकारले त्यस्ता गाडी चालकहरुलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउने भनिएको छ । यदि यातयात व्यवसायीले इलेक्ट्रोनिक साधन नचलाएमा आजबाट पुराना गाडीहरु सडकमा देख्नेबित्तिकै कारबाही गर्ने भनिएको छ । यसरी इलेक्ट्रोनिक यातयात सञ्चालनमा ल्याए तापनि भाडा भने तोकिएको अवस्था छैन । अहिले अधिकांश व्यवसायीहरुले भाडामा मनपरी गर्दै आएका छन् । कतिपय व्यवसायीहरुले यात्रुबाट चर्काे भाडासमेत असुलेको पाइन्छ ।

त्यस विषयमा सम्बन्धित निकायले भाडासम्बन्धी कुनै अनुगमन गरेको पाइँदैन । त्योसँगै गाडीमा यात्रा गर्ने जेष्ठ नागरिक, अशक्त भएका व्यक्तिहरुले पाउनुपर्ने छुट समेत पाउन सकेका छैनन् । त्यस्तै, कलेज र स्कुलले दिएको परिचय पत्रको आधारमा विद्यार्थीले छुट पाउँदै आएका थिए । तर सफा ट्याम्पुमा त्यो नियम लागू भएको पाइँदैन । अब इलेक्ट्रोनिक गाडीहरुबाट विद्यार्थीहरुले पनि छुट पाउने हुन् कि नपाउने हुन् त्यो पनि यकिन भएको छैन ।

कतिपय जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुले सिटसमेत पाउने गरेको अवस्था छैन । सरकारले ती जेष्ठ नागरिक र अशक्त भएका व्यक्तिहरुलाई छुट्टै नीति नियम बनाएर लागू गर्नुपर्नेमा त्यो पनि गरेको पाइदैँन । आजबाट लागू हुने इलेक्ट्रोनिक सवारीबाट छुट पाउने हुन् कि होइन् त्यो भने यकिन भइसेको छैन । अहिले अधिकांश यातायात व्यवसायीले यस्ता विषयमा ध्यान दिएको पाइदैँन ।

उल्टै अफिसको समय र साँझ विहान गाडीको क्षमताभन्दा बढी यात्रु कोचेर सेवाग्राहीलाई हैरान पारेको अवस्था छ । कतिपय सहचालकले चर्काे भाडा असुल्दै आएको पाइन्छ । त्यसैगरी कतिपय सवारी चालकहरुले भनेको ठाउँमा नओराल्ने तर यात्रु चढाउन भने जथाभावी रोक्ने गरेका छन् । उता, ट्राफिक प्रहरीहरुले भने यस विषयमा ध्यान दिने गरेका छैनन् ।

कतिपय व्यवसायीले देखासेकी गरेर गाडीको हरन नबझाउने नियम भए तापनि उल्टै हरन बजाएर यात्रुलाई दिकदार पार्ने, चर्काेचर्काे आवाजमा विभिन्न गीतहररु बजाउने र सावरी हाक्ने परिपाटी चलिरहेको छ । यस्ता गतिविधिले दुर्घटना निम्तिन सक्ने अवस्था सिर्जना भएको देखिन्छ । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *