सभामुखकै कारण संसद्को गरिमा घट्दै

राजनीति समाचार

नीतिमिय पन्छाउँदै हाउस सञ्चालन गर्दै
काठमाडौं । यो गठबन्धन सरकार बनेको पनि ६ महिना पुगिसकेको छ । सरकारले आफ्नो कार्यकालको ६ महिना गुजारिइरहँदा कतिपय नियम, कानुन बनाएर लागु गर्न सकेको छैन । यदि लागु गरिहाले त्यो नियम, कानुन लागु हुन सकेको छैन । सरकार र संसदको नियम, कानुन र मर्यादा खाली कागजमै सीमित हुने गरेका छन् ।

त्यसको उदाहरण अहिले संसद भवन र सभामुख बनिरहेका छन् । अहिलेका सभामुख देवराज घिमिरेले सभा सञ्चालन गरेको पनि निकै समय बितिसकेको छ । सभामुखलाई कार्यभार सम्हाल्न अनुभव थिएन भने पनि समयले अनुभव बटुल्ने मौका दिइसकेको छ । यतिका समय बितिसक्दा सभामुखले आफ्नो र उपसभामुखको कार्यक्षेत्राधिकार थाहा पाउनुपर्ने हो । सभामुखले आफूपछि सभा सञ्चालन गर्न उपसभामुखलाई दिनुपर्ने हुन्छ । उपसभामुख भनेको सभामुखको अनुपस्थिति तथा सभामुखले चाहेको खण्डमा संसद चलाउने अधिकार प्राप्त व्यक्ति हुन् । तर, सभामखु देवराज घिमिरेले भने उपसभामुख हुँदाहुँदै संसद् चलाउन सदस्यलाई दिइएका छन् ।

यसो गर्नुभनेको उपसभामुखलाई अपमान गर्नुजस्तै हो । संसदमा केही सांसदहरु बोल्दा भने अरु सांसदले एक पटक मात्रै नियमापत्ति जनाउन पाउँछन् । तर, सभामुख घिमिरेले प्रधानमन्त्री बोल्दा प्रतिपक्ष दलका सांसद् सूर्य थापा र रघुजी पन्तलाई चाहीं चार–चार पटकसम्म नियमापत्ति गर्न नियमापत्ति दिएका छन् । यस्तो क्रियाकलापले विगतका सभामुख र हालका सभामुख देवराज घिमिरेको प्रस्तुति हेर्दा संसद् भवनभित्र लाजमर्दाे अवस्था सिर्जना भएको देखिन्छ ।

त्योसँगै विश्वको नियम हेर्दा प्रधानमन्त्री बोलिसकेपछि अरुले बोल्न पाउँदैनन् । हाउस बरु केही बेर रोकिन्छ । तर नेपालमा भने प्रधानमन्त्री बोलिसकेपछि प्रतिपक्षी दलका नेतालाई बोल्न समय उपलब्ध गराइन्छ । त्यस्तै बजेट पास गर्दा अहिलेसम्मको चलनचल्ती अनुसार ध्वनिमतले पास गरिँदै आएको छ । गत जेठ १५ गते सार्वजतिक बजेट पनि ध्वानि मतले पास गरिएको थियो । ध्वनिमतबाट पास भएको बजेट पनि प्रतिपक्षी दल नेकपा एमालेले भोटिङ गर्न माग गरेपछि फेरि भोटिङमा लगियो ।

यी विषयलाई हेर्दा अहिलेका सभामुख देवराज घिमिरेलाई कि संसद् चलाउने नियम कानुन थाहा छैन कि उनी दलगत स्वार्थमा काम गरिरहेका छन् भन्ने भान हुन्छ । नेपालमा २०४८ सालयता भएका सभामुखमध्ये तत्कालीन सभामुख दमनाथ ढुंगाना, सुवास नेम्वाङ र रामचन्द्र पौडेल र तारानाथ रानाभाटले संसद्मा राम्रो भूमिका निर्वाह गरेको पाइन्छ । तर, अग्नि सापकोटा, कृष्णबहादुर महरा र हालका सभामुख देवराज घिमिरेले भने संसद्को गरिमा बचाउन सकेको पाइँदैन ।

सभामुख घिमिरेले कतिपय सांसदले बोल्ने क्रममा सभामुखले निर्वाह गर्नुपर्ने दायित्व पुरा गर्न सकेका छैनन् । उनले सदनमा उठेको विवादलाई मिलाएर समाधान गर्न पनि सकेको देखिँदैन । संंसद् भवनमा सभा सञ्चालन हुनुभन्दा अगाडि सभामुखले खेल्नुपर्ने भूमिका खेल्न नसकेको आरोप सरकार पक्ष र प्रतिपक्षी सांसद्हरुले नै लगाउन थालेका छन् ।

त्यस्तै संसदको बैठक बस्ने बेलामा सभामुखले महत्वपूर्ण भूमिका खेल्न नसकेको आरोपसमेत विभिन्न कोणबाट लाग्न थालेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा रानाले पनि संसद्भित्र आफ्नो भूमिका निर्वाह गर्न सकेकी छैनन् । उनी नत कुनै सभा सम्मेलनमा देखा पर्छिन् नत उपसभामुखको भूमिकामा नै रहेको पाइन्छ ।

त्यस्तै बजेट पारितको अवस्था हेर्दा सभामुख घिमिरेले संसदमा आफ्तो भूमिका निर्वाह गरेको पाइएन । मर्यादाक्रमको पनि पालना गरेको पाइएन । अहिलेसम्मको इतिहासमा सबै सांसदहरुले बोलिसकेपछि प्रधानमन्त्रीले बोल्ने चलन छ । तर, बजेट पारित गर्दा प्रधानमन्त्रीले बोलिसकेपछि पनि अन्य सांसदहरुलाई पुनः बोल्नु दिनुभनेको प्रधानमन्त्रीको गरिमामाथि आँच पु¥याउनु हो । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *