वामदेव कतातिर थन्किए ?

राजनीति समाचार

काठमाडौं । पार्टी एकता अभियानका नेता वामदेव गौतम एमालेले उमेर हद कटाएर ७० हटाएपछि हौसिएका छन् । एमालेमा ७० वर्षे उमेरले धेरै नेता तितरवितर भएका थिए । समाजवादी छाडेर एमालेमा फर्केका मुकुन्द न्यौपाने, रमेश न्यौपाने प्रवेश गरेमात्र होइन केशवलाल श्रेष्ठसमेत एमालेमै फर्कने संकेतमा परेका छन् । श्रेष्ठ वामदेव भक्त थिए । तर पार्टी फुटेका बेला श्रेष्ठ माधव नेपालमै रहे । गौतम कतै लागेनन् ।

अहिले वामदेवलाई केपी ओलीले बोलाएर ठूलै पद दिन्छन् भन्ने थियो । तर ओली आँफै भित्रका पुराना छिमल्दै नयाँ अवतारका बद्री न्यौपाने, एकनाथ ढकाल, दुर्गा प्रसाइँसम्मलाई च्याप्न थालेका कारण वामदेवहरुले ठूलो भाग पाउने भएनन् । ईश्वर पोखरलेको वरिष्ठ उपाध्यक्ष खोस्ने कुरा भएन । गौतमलाई एमालेमा ल्याएर ४० प्रतिशत सदस्यता ६० पुग्ने सम्भावना भएन । एमालेबाट नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षसम्म भएका नेताहरु रास्वपामा प्रवेश गरेका छन् । जुन पार्टीलाई केपी ओलीले उचालेका छन् ।

आफ्नो अडान राख्ने तर त्यो अडानमा टिक्न नसक्ने वामदेवलाई समाजवादी मोर्चामा ल्याउन कसैले पहल गरेका छैनन् । पद नभए कामको रफ्तार मिल्दैन भन्ने वामदेव केपी ओलीसँग धेरै धोका पाउने नेतामा पर्छन । अहिले वामदेवसँग विवादित पात्रहरु हरि पराजुली र डिबी कार्की छन् । जो एमालेमा हुँदा वामदेवले नेतृत्व गरेको किसान महासंघमा थिए । पार्टीमा जिम्मेवारी थिएन । पार्टी एकता सबै कम्युनिष्टको एकता वामदेवको लक्ष्य हो । तर त्यो लक्ष्यलाई केपीले चासो दिएनन्, माधव नेपालले दिउन कसरी ? (ताामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *