श्रमिकको पैसामा मोजमस्ती गर्दै श्रममन्त्री

राजनीति समाचार

काठमाडौं । गठबन्धन सरकारका श्रम तथा रोजगार मन्त्री शरदसिंह भण्डारी गत असार १४ गते कम्बोडिया प्रस्थान गरेका थिए । मन्त्री भण्डारीसँगै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, श्रम तथा रोजगार विभागका डिजी र वैदेशिक रोजगार बोर्डका कर्मचारीसमेत बोर्डको खर्चमा कम्बोडिया घुमेर मस्ती गरेका थिए ।

यसरी बोर्डको पैसा घुमफिरमा खर्च गर्नु भनेको श्रमिकले तातो घाममा पसिना बगाएर कमाएको पैसामा मोजमस्ती खर्च गर्नु हो । तत्कालीन बोर्डका कार्यकारी सदस्य र वैदेशिक रोजगार मन्त्रालयका कर्मचारीहरुले बोर्डको पैसा मनोमानी ढंगले खर्च गरेर विदेश भ्रमण गर्दा अख्तियारमा मुद्दासमेत परेका थियो । अख्तियारले त्यसरी श्रमिकको पैसा खर्च अनावश्यक घुमफिरमा गरेबापत कारबाही भोग्नुपरेको थियो । त्योसँगै फरि यस्तो गरिएको पाइएमा कडा कारबाही गर्नेसम्मको चेतावनी अख्तियारले दिएको थियो ।

अख्तियारले दिएको चेतावनीलाई लत्याउँदै हालका मन्त्री भण्डारीले बोर्डको पैसा खर्च गरेर कम्बोडिया भ्रमण गरेका छन् । त्यस्तै अहिले नेपालबाट युरोप र अमेरिका पठाउने मानव तस्करीहरुको हालीमुहाली चल्दै आएको छ । यस्ता मानव तस्करी गर्नेहरुलाई ऐन कानून बनाएर कारबाहीको दायरामा ल्याउनु पर्नेमा त्यो कामसमेत गरेको पाइँदैन । कानूनको अभावले गर्दा अहिले अमेरिका, युरोप जस्ता देशहरुमा मानव तस्करी बढ्दै गएको छ । यस्ता विषयमा सम्बन्धित निकायले समेत ध्यान दिएको छैन ।

कतिपय नेपालका युवायुवतीहरुलाई अधिकांश मानव ओसारपसार गर्ने विचौलियाले अहिले प्रदेश र स्थानीय निकायदेखि देशका ७७ वटै जिल्लामा गएर विभिन्न प्रलोभन देखाएर इराक, पोर्चुकल, टर्की, अफ्रिका जस्ता मु्लुकहरुमा समुन्द्रबाट पानी जहाजहुँदै जंगलबाट हिँडाएर विदेशी एजेन्टसँग साठगाँठ गरी लगिने गरिन्छ । विगतका कालखण्ड देखिनै यस्ता घटना चल्दै आएका छन् ।

अवैध रुपमा राज्यको कानुन र प्रशासनको आँखा छलेर विदेशी एजेन्टसँग साठगाँठ गरी मानव बेचखिन तथा तस्करी गरिरहँदा सम्बन्धित निकायले भने ध्यान दिएको पाइँदैन । सरकार फेरिएसँगै श्रम तथा रोजगार मन्त्रीहरु पनि फेरिइरहन्छन् । तर, तत्कालीन मन्त्रीदेखि हालका मन्त्रीहरुले समेत मानव तस्करीका घटनाहरुलाई रोकथाम गर्ने कुनै पनि ठोस कानुन बनाएको पाइँदैन । बरु उल्टै त्यस्ता मानव तस्करी तथा विचौलियासँग मिलेर आर्थिक लाभ लिने गरेका घटना थुप्रै छन् ।

त्योसँगै अधिकांश मन्त्रीहरु विभिन्न बाहानाबाँजी पारेर टार्ने गरेका छन् । तत्कालीन र हालका श्रममन्त्रीहरु खाडी मुलुदेखि युरोपीयन देशहरुमा भ्रमण गर्न जाने र पैसा खर्च गर्नेभन्दा बाहेक अन्य काम गर्न सकेका छैनन् । त्यसकारणले पनि नेपालमा मानवतस्करहरु सलबलाउँदै गएका छन् । अहिले कतिपय मानवतसकरसँगै मेनपावर कम्पनीका सञ्चालकहरु पनि मिल्ने गरेको स्रोतले जनाएको छ ।

कतिपय मेनपावर कम्पनीहरुले विदेशमा गएर एजेन्ट बन्ने र नक्कली डिमान्ट लेटर बनाएर नेपाल पठाउने नगरेका होइनन् । भलै सरकारले आगामी साउन १ गतेबाट लागू हुनेरी ल्याएको नीतिनियमलाई कसरी पालन गर्छ त्यो भने यकिन छैन । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *