सबै दलमा कार्यकर्ताले सदस्यता त्याग्दै

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक पार्टीभित्र अहिले सर्वसाधारण जनतादेखि राजनीतिक पार्टीका कार्यकर्ता समेत टाढिन थालेका छन् । टाढिन मात्र थालेका छैनन् पार्टी सदस्यता समेत नविकरण गर्न छाडेका छन् । अहिले जताततै राजनीतिक दलहरुको विरोध हुन थालेको छ । त्योसँगै कार्यकर्ताहरुले सदस्यता नविकरण गर्न पनि छाडेका छन् ।

यसरी राजनीतिक दलप्रति जनतासँगै कार्यकर्ताको आकर्षण घटेपछि अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, लोसपाजस्ता पुराना र ठूला पार्टीका समर्थक र कार्यकर्ताहरुले सदस्यता नविकरण गरिरहेका छैनन् । पार्टीले आ–आफ्ना समर्थक र कार्यकर्तालाई सदस्यता नविकरण गर्न अनुरोध गर्दा उनीहरुले नविकरण नगर्ने भन्दै हिड्न थालेका छन् ।

अहिले यस्तो भनाई संघ, प्रदेश, र स्थानीय तहसम्म विभिन्न पार्टीका समर्थक र कार्यकर्ताहरुले भन्न थालेका छन् । त्योसँगै कतिपय पार्टीका समर्थक र कार्यकर्ताले जुनसुकै राजनीतिक दलका नेताहरुले नेतृत्व गरेपनि खाली आफ्नो स्वार्थ पूर्ति गर्ने र आफ्नो परिवार, आफू वरीपरी घुम्ने आफन्तहरुलाई मात्र काखी च्याप्ने गरेकाले अन्य समर्थक र कार्यकर्ताले सदस्यता समेत नविकरण गर्ने भनेका हुन् । पार्टीको नीति, सिद्धान्त, विधान जेष्ठता, क्षमताको आधारमा पार्टीलाई गरेको योगदानको कदर नगर्ने परिपार्टी हावी भएको कारण कार्यकर्ताले पार्टी सदस्यता नविकरण नगर्ने सम्मको हल्ला चल्दै छ ।

कतिपय राजनीतिक दलका कार्यकर्ता र शुभचिन्तक भन्छन्, ‘एउटा भोट हालेर आफ्नो अधिकार प्रयोग गर्ने हो । त्यसमा पनि अब घण्टीलाई भोट हालिन्छ ।’ अहिले यस्ता भनाइहरु विभिन्न बजार, चोक, तथा चियाँ पसलमा सुनिन्छ । त्यसकारण अहिले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रभित्र पनि पार्टी सदस्यता नविकरण नगर्नेहरु थुप्रै देखिएका छन् । उता, राजनीतिक दलका नेताहरु भने सत्ता गिराउने र सत्तामा पुग्ने होडबाँजी गर्दै छन् ।

त्यतिमात्र होइन अधिकांश राजनीतिक दलका नेताहरुले आफ्नो पार्टीप्रति ध्यान पनि दिएका छैनन् । र कार्यकर्तालाई भन्दा आफन्तलाई कसरी धनी बनाउने भनेर लागिपरेका छन् । त्यसकारण पनि पार्टी संगठनलाई चलायमान बनाउन सकेका छैनन् । कतिपय राजनीतिक दलका शीर्षक नेताहरुले आफ्नै घमण्डका कारण पार्टीलाई तहसनहस बनाइरहेका छन् ।

जब राजनीतिक दलका नेताहरु सत्तामा पुग्छन् अनि एउटा न एउटा फन्डा मच्चाइहाल्छन् । कसैले लाउँडा र वाइडवडी, कसैले ओम्नी र यती काण्ड, कसैले बालुवाटार काण्ड, कसैले नक्कली भुटानी शरणार्थी काण्ड ल्याएर फन्डैफन्डा मच्चाउने काम गरेका छन् । त्यसकारण पनि राजनीतिक दलका कार्यकर्ता र शुभचिन्तकहरु अहिले पार्टी सदस्यतासमेत नविकरण नगर्ने अवस्थामा पुगेका छन् ।

उता, राजनीतिक दलको फाइदा लिएर स्वतन्त्र पार्टी गठन गरेर चर्चामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि कतिपय नेपालीहरुले वितृष्णा जगाउँदै आएका छन् । तर, वितृष्णा जगाए तापनि कांग्रेस, एमाले, माओवादी केन्द्र र तराईका पार्टीहरुमा जसपा, लोसपा जस्ताका शुभचिन्तक र पार्टी कार्यकर्ताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता बन्न रु १ हजार तिरेर सदस्यता लिनेहरुको भीड लाग्न थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ७४ वटै जिल्लामा आफ्नो संगठन विस्तार गर्दै गएको छ ।

त्यसकारण पनि आगामी ८४ सालको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रमा कुन हावी हुन्छ भन्ने यकिन भैसकेको छैन । त्यस्तै, स्वन्त्रबाट निर्वाचित भएका काठमाडौंका मेयर बालेन्द्र साहले पनि राजनीतिक दलहरु र राष्ट्रिय स्वतन्त्र पार्टीको भन्दा भिन्न रुप देखाएर काम गरेका छन् । त्यसकारण पनि बालेन्द्र साहले ८४ सालमा दल दर्ता गरेर निर्वाचनमा नहोमिएलान् भन्न सकिदैँन ।

किन की काठमाडौंका मेयर बालेन्द्र साहले ४० वटा स्थानीय तहलाई एम्बुलेन्स दिएर आफ्नो राजनीतिक छवी अगाडि बढाएका छन् । त्यतिमात्रै होइन विदेशी मिडियाले समेत बालेन्द्र साहको चर्चा गराएर हाइलाइटमा ल्याइदिएका छन् । त्यसकारण ८४ सालको निर्वाचनमा राजनीतिक दल र दुई स्वतन्त्रको प्रतिस्पर्धा हुन देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *