राष्ट्र बैंकको गभर्नर बनाउन थाइल्याण्डमा ‘डिल’

अर्थ/वाणिज्य राजनीति समाचार

सिफारिस समिति अलपत्र
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नको लागि सरकारले सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका थिए । सो समिति बनेको तीन हप्ता बितिसक्दा पनि गभर्नर नियुक्तिको लागि कुनै पहल गरेको पाइँदैन । गभर्नर बन्नको लागि निजी बैंकका सिईओदेखि राष्ट्र बैंकका पूर्वकर्मचारी र बहावाला कर्मचारीहरुको खेलोफड्को जारी छ । त्योसँगै पूर्वमुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसमेत गभर्नर बन्न लागिपरेका छन् ।

तर, सरकारले यिनै दौडमा रहेकामध्येबाट कसलाई गभर्नर बनाउने हो त्यो निश्चित छैन । बैंक माफिया र राजनीतिक आवरणका विचौलियाहरुले सरकारलाई नै गुमराहमा पारेर राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नको लागि अर्बौंको चलखेल गरिराखेका छन् । यता, सत्तासाझेदार दल कांग्रेस र एमाले कसले गभर्नर लिने भन्ने खिचातानी भइरहेको छ । त्यसले गर्दा सरकारको औचित्यमाथि प्रश्नचिन्ह खडा भएको छ । एमाले र कांग्रेसको दुई तिहाई हाराहारी बहुमतको सरकारले पनि राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तो सम्वेदनशील विषयमा ढिलासुस्ती गर्नु त्यो जस्तो हस्यासपद अन्य विषय के हुन सक्छ ? राष्ट्र बैंकको नियमअनुसारस तत्कालीन गभर्नरको पदावधी सकिन एक महिना बाँकी हुँदै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने प्रावधान छ ।

सरकारले नयाँ गभर्नर नियुक्ति गर्न ढिलासुस्ती गरेपछि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको थियो । ढुंगाना तिम्सिनालाई दिइएको कायममुकायमको जिम्मेवारी गत आइतवार सकिएसँगै फेरि सरकारले उनै ढुंगाना तिम्सिनालाई अस्ति सोमवार कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ । तर, सरकारले भावी गभर्नर कसलाई बनाउने हो त्यो अहिलेसम्म निश्चित हुन सकेको छैन । गभर्नरको लागि थाइल्याण्ड भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाबीच गर्भनर बनाउनको लागि अर्बभन्दा माथिको रकम ‘डिल’ भएको स्रोतको दावी छ ।

गभर्नर नियुक्तिको लागि थाल्याण्डमा ‘डिल’ भएको रकम कांग्रेस र एमाले पार्टीलाई बराबरी हिस्सा बाड्ने आँकलन गरिएको स्रोतको भनाइ छ । गभर्नर नियुक्तिको ढिलासुस्ती र राजनीतिक खिचातानी हेर्दा त्यो चलखेल नभएको भन्न सकिँदैन । गभर्नर बन्नको लागि न्वारनदेखिको बल निकालेर लागिपर्नेमा राजेन्द्र किशोर क्षेत्री, ज्ञानेन्द्रप्रसाद ढुंगाना, गुणाकर भट्ट, डा. प्रकाश कुमार श्रेष्ठ, निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रसम्म रहेको चर्चा छ । यिनीहरुमध्ये जसले बढी रकम खर्च गर्न सक्छ उही राष्ट्र बैंकको गभर्नर बन्ने देखिन्छ ।

यीमध्ये क्षेत्री विभिन्न विवादमा मुछिएर तीनमहिने मुख्यसचिव बन्न सफल भएका व्यक्ति हुन् । यदि क्षेत्रीलाई सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेको खण्डमा देशको अर्थतन्त्र चलायमान हुन नसक्ने कर्मचारीवृत्तमा चर्चा चल्न थालेको छ । त्यसले गर्दा पनि सरकारले गभर्नर नियुक्ति गर्दा देशको अर्थतन्त्र बुझेको दक्ष र इमानदार व्यक्ति छान्न आवश्यक भएको अर्थविद्हरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *