एमालेमा रावल अलपत्र

राजनीति समाचार

काठमाडौं । पार्टी फुटाउन माधव नेपाललाई उचालेर अन्ततः चुनाव जित्न एमाले नै रोजेका १२ भाइ मध्येका भीम रावल पदीय जिम्मेवारी नपाउँदा छटपटाउन थालेका छन् । आफुसँग प्रतिस्पर्धा गर्न तम्सेपछि केपी ओलीको हेपाहा शैलीको शिकार भएको डा.रावललाई एमालेमै राख्नको लागि उपाध्यक्ष विष्णु पौडेल सचिव लेखराज भट्ट, स्थायी समिति सदस्य कर्ण थापाको कार्यदलले पार्टी कार्यालय च्यासलमा छलफल गर्याे । तर केपी ओलीको ग्रिन सिग्नल नपाउँदा छलफल निष्कर्ष आएन ।

एमालेका १२ भाइ मध्येका रघुजी पन्थ समानुपातिक योगेश र गोकर्ण प्रत्यक्ष निर्वाचित सांसद भएका छन् । अष्टलक्ष्मीले चुनाव लडिनन् सुरेन्द्र पाण्डे चुनाव लडे हारे, भीम रावल चुनाव लडेनन् । सुदूरपश्चिममा उनकै कारण एमाले एकीकृत समाजवादीभन्दा कम स्थान जित्यो । तर रावललाई नेतृत्वमा टिक्न नदिन केपी ओलीले शुरुदेखि जनताले नचाहेका कर्ण थापालाई काँध हाले । माओवादीसँगको एकतापछि लेखराज भट्ट थपिए । अहिले भट्टलाई कर्णाली खेदिएका छन् । भिम रावलमा पार्टीप्रति आकर्षण भएपनि पद नभएकाले अलपत्र छन् र वार्ता समिति पनि अलपत्र छ ।

माओवादीबाट छानिएका रामबहादुर थापा नैनकला थापा प्रहरी छानबिन तानिन सक्छन् । पुत्र प्रतिक थापा निर्मला पन्त बलात्कार हत्यासँग जोडिएकै हुन् । टोपबहादुरको पौरख महोत्तरी १ का लक्ष्मी कोइरीको बहादुरिताले संसद पद निलम्बनमा छ । पार्टी सपार्ने होइन, दास र हनुमानको भरमा पार्टी चलाउने केपीको क्षमताले एमाले माथि आउँदैन । युवाहरुको ध्यान कुल देवताको पुजा गरेपछि राजीखुसीमै पद पाइन्छ भन्ने भयो । भ्रष्टाचारका फाइल सरकारले नखोलोस् भन्ने हो । जलारी काण्डमा नाम लेखाउने मोहको भण्डाफोर भएको छ । अहिले एमालेलाई विभिन्न आरोप लागेको छ ।

ओम्नी, थामसेकु, वाइडवडी, सगरमाथा राष्ट्रि निकुञ्ज, नेपाल ट्रष्ट, बतास, पशुपति धर्मशाला, जलारी, गिरिबन्धु टि स्टेट, सेक्युरिटी प्रिन्टिङ प्रेस, सुरक्षा मुद्रणजस्ता एक दर्जन भन्दा बढी आर्थिक पक्षसँग जोडिएका काण्ड छन् । कम्युनिष्ट कस्तो हुनुपर्छ त्यो नेकपा एमाले ओली पथले छर्लंग बनायो । हवाई माफिया रामेश्वर थापाको स्वार्थमा काभ्रेमा स्थानीय एयरपोर्ट बनाउन स्वीकृति दिने तयारी गर्दा गर्दै सरकार ढल्यो । अहिले यहाँ हेलिप्याडको लागि एयरपोर्ट बनाउने सहमति केपीकै दबाबमा दिइएको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *