राप्रपाका ज्ञानेन्द्र कति लुब्ध

राजनीति समाचार

काठमाडौं । राप्रपाका ज्ञानेन्द्र शाही उच्च शिक्षा अध्ययन दिल्लीमा गरेको बताउँछन् । शाहीको शैक्षिक योग्यता राजनीतिमा जरुरी छैन । तर तिनै शाही दिल्लीमा एउटै कोठामा बस्दा ज्ञानेन्द्र सीए फेल भएको मात्र होइन दिल्लीमै मान्छे ठगेको बताएका छन् ।

प्रेमकुमार विष्ट नाम गरेका ज्ञानेन्द्रका साथीले सामाजिक सञ्जालबाट जानकारी दिँदै भनेका छन्, नेपालमा आएर सामाजिक अभियन्ता बन्दा शाहीलाई दिल्लीको स्मरण गर्न सुझाएका छन् । विष्टका अनुसार कट्टु पनि चोर्नेको कुरा के गरौं ।

जुम्ला हुम्लाका मान्छे फटाहा हुँदैनथे, तर ज्ञानेन्द्र शाही फटाहा भयो । नेपालमा आएर राप्रपा भएछन्, त्यो त ठग हो विष्ट भन्छन् । ज्ञानेन्द्र शाहीलाई बोल्ने अधिकार माओवादीले दिलाएको हो । शाही त मण्डले पनि हुन् । त्यसैले राप्रपाले टिकट दियो, जुम्लाका जनताले चर्काे बोलीमा विश्वास गरे भोट दिए, चुनाव पनि जिताए । दिल विकास राजभण्डारीको ३४ लाख खाएकै छन् ।

राप्रपाका शाही वर्तमान सरकार ढाल्ने अभियानमा छन् । एमाले अध्यक्ष ओलीले जे लाइन दिन्छन् त्यो मान्नु राप्रपाको भित्री चाहना हो । ओली र पूर्वराजा ज्ञानेन्द्र शाहका बिच हुने गोप्य कुराकानी झापाली दुर्गा प्रसाइँले सार्वजनिक गरेकै छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *