योगेशलाई पाँचथरमै कठिन

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पार्टी सचिव योगेश भट्टराई बाढी पहिरो पीडित तथा पाँचथर बासीको विरोधको निशानामा परेका छन् । भट्टराई पर्यटन मन्त्री भएका बेला परम्परागत जुम्बी पोखरीको नाम फेरेर विष्णु पोखरी बनाए । तुम्लिङटार एयरपोर्टलाई रविन्द्र अधिकारी एयरपोर्ट बनाएको उनकै फुपुको छोराले मन पराएनन् भने जिल्लाबासीले मन पराएका कुनै त्यस्ता योजना ल्याउन सकेनन् । उनी मन्त्री हुँदा सरकारी जमिन थामसेकुलाई दिलाएकै हुन् ।

भट्टराई रास्वपाका रविजस्तै भएका छन् । जो कुरा चर्काे गर्छन्, काम गर्दैनन् ।एमालेका नेताहरुको यो चलखेलमा धेरैको नाम जोडिएको छ । नेकपा एमाले ताप्लेजुङले समेत पार्टी सचिव योगेश भट्टराईलाई जिल्लाको विकास निर्माणमा चासो नदिएको कारण हालै आएको बाढी पहिरोको बारेमा ध्यानाकर्षण गराउन चाहेन ।

भट्टराईले पहिरोमा परेका जनताको रातहका लागि जिल्लामा बसेर समन्वय गरेका भए पीडितको हितमा काम हुनेथियो । हिमालय टिभीको इन्द्रेणी टिम पहिरो पीडित समक्ष पुग्दा उनीहरुले आँफैले मत दिएर जिताएको सांसद योगेश भट्टराईको साथ नपाउँदा विरोध गरे । सांसद भट्टराई प्रधानमन्त्रीसँग हेलिकप्टरमा ताप्लेजुङ पुगेर त्यसमै फर्किए । सँगैको जिल्ला संखुवासभाका कांग्रेसका ठेकेदार सांसद दीपक थापा जिल्लामै खटेका छन् ।

केन्द्रमा बसेर अध्यक्ष केपी ओलीको चाकडी गरेकै कारण पर्यटनमन्त्री भएको माननीयको चाल देखेर जिल्लावासी आक्रोसित छन् । जहाँ पहिरोले एकै परिवारका सासुबुहारी, नातिको निधन भयो । तिनको घरगोठ समेत छैन । बारीमा प्लास्टिकको पाल टाँगेर मृतकहरुको काजक्रिया भएको छ । जनताले नेताको सहारा खोज्दैछन् । तर, पार्टी नेता बेपत्ता हुन्छन् जसकारण जनताले राज्यबाट राहत पाउन कठिन हुन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *