तीन अर्ब लिएर मेयर बेपत्ता

राजनीति समाचार

काठमाडौं । ठूला ठेकेदार भएर दलको छनौटमा स्थानीय तहमा जनप्रतिनिधि खटाउँदाको फल यतिबेला देखिएको छ । स्थानीय पूर्वाधार विकासको ठेक्का कब्जा गर्ने समयमा काम नगर्ने, बजेट थप्ने जनतालाई दुख दिने देवकुमार नेपालीजस्ता मेयरहरु देशमा कति छन् ? जनताको पार्टी भएको दाबी गर्ने नेकपा एमालेले बाग्लुङ ढोरपाटनको मेयरमा निर्वाचित देवकुमार नेपालीको कारण दलगत बद्नामी पनि सहेको छ ।

इमेज बचत तथा ऋण सहकारीको अध्यक्ष समेत रहेका नेपालीले प्रजिअलाई समेत आफु बेपत्ता हुने बताएका थिए । आफु अध्यक्ष भएको सहकारीको ३ अर्ब गोलमाल गर्दा सहकारीको व्यवस्थापन समेत आफ्नै कमाण्डमा चलाएको कुरा स्थानीय प्रशासनलाई जानकारी थियो ।

स्थानीय प्रशासन राजनीतिक दलहरुका बिचमा ठगी लुटपाट, आर्थिक अराजकता नियन्त्रण सम्बन्धमा दैनिक जिल्ला प्रशासनमा बैठक बस्छ । तर राजनीतिको लेभल लागेका र एमाले भएका कारण ३ अर्ब कुम्ल्याउँदा सरकारले उनको खोजी गरेन । नेकपा एमाले जोडिएका काममा आर्थिक विसंगति जोडिँदा प्रशासनले कडिकडाउ गर्दैन भन्ने कुरा पशुपतिनाथको जलारी काण्डलाई नै हेर्दा हुन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास काण्डले नै सरकार ढाल्ने तहमा एमाले पुग्यो । मधेसका साहुकर र मिटर ब्याजी प्रकरणमा एमालेकै ठूला नेता जोडिएका छन् । धर्मको नाममा जलारी प्रकरण जति बद्नामी भयो त्यो रुपमा नक्कली भुटानी प्रकरणले देशको राष्ट्रिय स्वाभिमानको धज्जी उडेको छ ।

सहकारीहरुको ठगीधन्दा स्थानीय सरकारको चासोको विषय हो । त्यही कारण कामनपाले असार २७ हिजोसम्मको म्याद दिएर महानगर भित्रका सहकारीको लगानी विवरण र लेखाको रिर्पोट मागेर जनताको वचत सुरक्षित गर्ने घोषणा गरेकै छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *