गृहमन्त्रालय किन पङ्गु बन्दै ?

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मन्त्रालय सम्हालेको वर्षदिन पुगिसकेको छ । मन्त्री लेखकले गृह प्रशासनलाई चलायमान बनाउन नसक्दा मन्त्री आफंै विवादमा फसेका छन्। मन्त्रीका सचिवालयका केही कर्मचारीहरुको हेलचक्राईं पन र कमाउ धन्दाको सेटिङ्गले गर्दा मन्त्री लेखक विवादमा पर्दै गएका हुन्। गृहमन्त्रालयले शान्ति सुरक्षादेखि सुशासनको कामलाई ध्यान दिन सकेको छैन । गृहमन्त्रालयले निति, नियम र नयाँ–नयाँ कानून बनाएर लागू गर्नुपर्नेमा सो काम पनि गर्न सकेको अवस्था छैन । मन्त्री लेखक पुरानै ढर्रामा चलिरहेका छन् ।

हातहतियार खरिद देखि प्रयोग सम्बन्धी निति, नियम बनाएर कार्यान्वयन गर्न सकेका छैनन् । विदेशी नागरिकहरुको निगरानी गरी नियन्त्रण गर्नुपर्ने, नागरिकता सम्बन्धी निति नियम बनाएर लागू गर्नुको साथै कानूनी कार्यान्वयन गर्नुपर्ने हुन्छ सो कामपनि गर्न सकेको अवस्था छैन , विपत व्यवस्थापन गर्ने, अध्यागमन कार्यालय सुधारोन्मुख बनाउने, राष्ट्रिय परिचय पत्रको व्यवस्थापन गर्नुपर्ने, लागूऔषध ओसारपसारमा नियन्त्रण गर्नुपर्ने, सिमा क्षेत्रलाई अध्यान गरी अपराध रोकथाम गर्नुपर्ने, मानव अधिकारको संरक्षण गर्नुपर्ने, संगठित अपराधीहरुलाई नियन्त्रण गर्नुपर्ने काममा गृहमन्त्री लेखक चुक्न पुगेका छन् । मन्त्रीलाई चुकाउने काम गृहसचिव गोकर्णमणी दुवाडीले गर्दै आएका छन् ।

सचिव दुवाडीले गृहमा पुगेपछि गृह प्रशासनलाई कसरी चलायमान बनाउने भन्दापनि कर्मचारी, सिडिओ सरुवा गर्दा कति कमाईं हुन्छ भन्नेतिर लागेका छन् । त्यसले गर्दापनि गृहमन्त्रालय सर्वसाधरण जनताको लागि चुक्न पुगेको छ । अर्कोतर्फ कसरी कमाईं हुन्छ भन्दै केहि वर्ष अगाडि डेढ अरबको हतियार किन्ने तयारी हुँदा ठेक्कामा विवाद भएको थियो र सो हतियार किन्ने ठेक्का रोकिएको थियो । सोही विषयलाई ब्युँत्याएर प्रहरीलाई हतियार किन्ने तयारी हुँदैछ । सो हतियार खरिद गर्दा करोडौंको चलखेल हुने र कमिसनको भागबन्डा आउने भएपछि सो हतियार किन्नको लागि गृहमन्त्रालय तयार भएको बताइन्छ । सचिव दुवाडी त्यही हतियार किन्ने खेलोफड्कोमा लागि परेका छन् । सो हतियारसँगै भिजिट भिषा र सिडिओ सरुवामा करोडौं असुलेको स्रोतले उल्लेख गरेको छ ।

सचिव दुवाडीले सरकारको काम गर्ने भन्दापनि कसरी कमाउन पाइन्छ भन्नेतिर लागेको बताइन्छ । गृहमन्त्री रमेश लेखक बनेकोे एक वर्षे कार्यकालमा सबैभन्दा बदनाम गृहमन्त्रालय बन्न पुगेको छ । तर, मन्त्री र सचिव नै कमाउ धन्दामा लागेपछि कहाँबाट हुन्छ देशमा शान्ति, सुशासन कायम । प्रहरी सरुवा बढुवामा पनि सचिव र मन्त्रीको समन्वयकारी भूमिका नहुँदा प्रहरी संगठन नै धोस्त हुन पुगेको छ ।

त्यसले गर्दा प्रहरीभित्र गुठबन्धी हुने र शान्ति सुरक्षामा असर पर्ने काम हुँदै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सचिव र मन्त्रीले आ–आफ्नै मनगन्ते ढङ्गले उच्च तहका प्रहरीलाई सरुवा गर्नाले कसैलाई लाखा कसैलाई पाखा पार्ने काम हुँदै आएको छ । मन्त्री र सचिवको समन्वय कार्य भूमिका नहुँदा प्रहरी संगठन नै धोस्त हुन पुगेको बताइन्छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा यतिबेला केही न केही विषयमा विवाद चल्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *