भूमाफिया र कर्मचारीको चङ्गुलमा सरकारी जग्गा

राजनीति समाचार

काठमाडौं । भूमि व्यवस्था तथा शहकारी मन्त्रालयले देशभित्र रहेका राज गुठी, छुट् गुठी, निजी गुठी लगायतका सबै गुठीको उचित व्यवस्थापन गर्ने उद्देश्यले २०२१ ऐन बमोजिम संस्थाको स्थापना गरेको थियो । सो संस्था अन्तर्गत काठमाडौं उपत्यकाभित्र भद्रकालि, कालमोचन, पशुपतिनाथ, भक्तपुर, ललितपुर, धुलिखेल, जलेश्वर, जनकपुर, विरगंज, नेपालगंज, भैरहवा जस्ता ठाउँमा शाखा खोलेर विभिन्न गुठीबाट कुत तथा बाली असुली विभिन्न मालपोत कार्यालयबाट हुने कामलाई व्यवस्थापन गर्ने भनेतापनि भूमि व्यवस्था तथा शहकारी मन्त्रालयल सो काम गर्न नसकेको कयौं वर्ष बितिसकेको छ ।

उल्टै यस्ता काममा पुस्तौंदेखि भूमाफीया र कर्मचारीहरु मिलेर माथि उल्लेख गरेका गुठीको जग्गामा गिद्दे नजर लगाएर भूमाफीया र कर्मचारी मिलेर सो जग्गा व्यक्तिको नाममा समेत दर्ता र नामसारी गरी खाने धन्दा चलाएका छन् । अहिले देशैभरी छुट् जग्गा दर्ता गर्न खुला गरिएको छ । सो छुट् जग्गा दर्तामा भूमाफिया, नापी र मालपोतका कर्मचारीहरु रातारात अरबपति बन्न पुगेका छन् । खासगरी मालपोत जग्गा प्रशासनमा बस्ने कर्मचारी र मुद्दा फाँट्मा बस्ने कर्मचारी रातारात अरबपति बन्न पुगेका हुन् । नापीका सर्वेक्षकदेखि कर्मचारीहरुको सेटिङ्गमा जग्गा नाप नक्सा गर्ने काम नापीका कर्मचारीहरुले गर्ने गर्छन् । सरकारी जग्गा व्यक्तिको नाममा र व्यक्तिको जग्गा सरकारी बनाउने धन्नदामा भूमाफिया र कर्मचारीहरुले गर्दै आएको स्रोतले उल्लेख गरेको छ ।

भूमि व्यवस्था तथा शहकारी मन्त्रालयल सम्हालेका मन्त्री बलराम अधिकारीले यस्ता विषयमा ध्यान दिन नसकेको स्रोतले उल्लेख गरेको छ । भूमि तथा अभिलेख विभागको जग्गा प्रशासन फाँट्मा बसेका कर्मचारीहरुको चाँदी कटाई भइरहेको स्रोतले उल्लेख गरेको छ । त्यसमा मन्त्री बलराम अधिकारीको संलग्नता रहेको बताइन्छ । देशैभरीका गुठी, राज गुठी र सरकारी जग्गाको अनुगमनगरी व्यक्तिको नाममा ल्याएर दर्ता गर्ने र करोडौं उठाउने धन्दा फस्टाएको स्रोतले उल्लेख गरेको छ । काठमाडौं उपत्यका लगायत उपत्यका बाहिर शहरी इलकाका जग्गाहरु भूमाफीया र मालपोतका कर्मचारीहरुले सरकारी जग्गा हिनामीना गरी व्यक्तिको नाममा ल्याएर करोडौं उठाइएको बताइन्छ ।

ललितपुर, कलंकी, साँखु, चाबाहील, डिल्लीबजार मालपोत प्रमुखहरुको कमाईं मासिक २५ करोडभन्दा बढी हुने गरेको स्रोतले उल्लेख गरेको छ । सबैभन्दा बढी कमाईं गर्ने मालपोल प्रमुख मध्ये ललितपुरका प्रमुख जीवन सेढाईं रहेको बताइन्छ । सेढाईं पोखरा यातायातदेखि शहरी, भूमिहुँदै ललितपुर मालपोत प्रमुख बन्न पुगेको उल्लेख गरिएको छ । उनै सेढाईंले तत्कालीन सचिव गोकर्णमणी दुवाडी र मन्त्री अधिकारीलाई प्रयोग गरेर ललितपुर मालपोत प्रमुख हुन पुगेका हुन् । सेढाईंको कमाईं दैनिक करिब दुई लाख ५० हजारको हाराहारीमा रहेको स्रोतले उल्लेख गरेको छ । अन्य मालपोत प्रमुखको त कुनै एकिन नै नभएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *