काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनलाई मर्यादित र व्यवस्थित रुपमा चलायमान बनाउन नसकेको आरोप लागिरहेको छ । मन्त्री लेखकले गृह प्रशासन चलाउन नसकेको आरोप लागेसँगै भिजिट भिसा काण्डमा मुछिएका छन् । नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका लेखकले सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुलाई चलायमान बनाउन नसकेको आरोपसँगै प्रहरी र सिडिओ सरुवामा पैसाको चलखेल भएको आरोप त्यतिकै लागिरहेको छ । ट्राफिक प्रहरीलाई पनि चुस्तदुरुस्त ढंगले काम गराउन नसकेको आरोप पनि त्यत्तिकै छ । कांग्रेसकै इतरपक्ष नेताहरुले गृहमन्त्री लेखकमाथि भिजिट भिसामा प्रश्न उठेको आरोप लगाइरहँदा मन्त्री लेखकले कुनै चासो देखाएका छैनन् ।
अर्कोतर्फ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले पनि ट्राफिकहरुलाई व्यवस्थित ढंगले चलायमान बनाउन सकेका छैनन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी घिमिरेको निकम्मापनकै कारण ट्राफिक प्रहरीहरुले सवारी चालकहरुलाई प्यासेन्जर चढाउन र ओराल्नसमेत नदिएर लखेट्ने, अनावश्यक ढंगले चिट काट्ने, बिनाकारण लाइसेन्स, बिलबुक खोसिदिने गरेर हैरान पार्दै आएका छन् । ट्राफिक प्रहरीले सवारी चालकहरुलाई अनावश्यक दुःख दिन थालेपछि भनेको ठाउँमा नओरालेर टाढा–टाढा पु¥याउँदा यात्रुहरुले हैरानी खेप्नु परिरहेको छ । उदाहरणको लागि सुनधाराबाट जमल जाने प्यासेन्जरलाई लैनचौर पु¥याएर झारिने गरिन्छ । टेकु जाने प्यासेन्जरलाई कालीमाटी पु¥याइन्छ ।
सहिदगेट झनुपर्ने प्यासेन्जरलाई आरएनएसी पु¥याइन्छ । ट्राफिक प्रहरीको ज्यादतीका कारण पुग्नुपर्ने र झर्नुपर्ने गन्तव्यभन्दा टाढा पु¥याएर सवारी चालकहरुले झारिदिने गरेकाले अशक्त, जेष्ठनागरिक र बालबालिकाहरुले सास्ती खेप्नुपरिरहेको छ । उता, ट्राफिक लाइटको व्यवस्थापन गर्न नसक्दा सकड जति फराकिलो भएपनि अनावश्यक जाम हुने गरेको छ । एम्बुलेन्स, दमकल र सव बहानहरु समेत घन्टौंसम्म सकड जाममा पर्ने गरेको देखिन्छ । ट्राफिकका प्रमुख फेरिनासाथ नयाँ–नयाँ नियम ल्याएर काम गरेजस्तो देखाए तापनि महिनादिनपछि पहिलाकै पारामा पुग्ने गर्दछन् । व्यस्त सडकहरुमा ट्राफिक बत्तीको व्यवस्थापन गर्न नसक्दा सडक जाम हुने गरेको सर्वसाधारणको बुझाइ छ ।
सडकमा जति ट्राफिक बढी देखिन्छन् त्यतिनै सडक जाम हुने गरेको पाइन्छ । ट्राफिक प्रहरीहरुले सवारी चालकहरुलाई सानातिना कमीजोरीमा पनि बिलबुक, लाइसेन्स खोसी दिने अनावश्यक विवाद गर्ने, दण्डजरिवना गर्ने र एकान्तमा लुकेर लाइसेन्स माग्ने कारणले गर्दा सकड जाम झन् बढी हुने गरेको छ । कतिपय ट्राफिक प्रहरीहरुले सवारी चालकहरुलाई बिनागल्ती अपमानजनक ढंगले दूव्र्यवहार गर्ने गरेको पीडितहरुको गुनासो छ । जुनसुकै पार्टीको गृहमन्त्री बनेता पनि ट्राफिक प्रहरीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकेको सवारी चालकहरुको भनाइ छ । ट्राफिक प्रहरीहरुले ट्राफिक व्यवस्थापन गरेर दूर्घटनाबाट नागरिकको सुरक्षा गर्नुपर्नेमा त्यो नगरी उल्टै सवारी चालकहरुलाई अनावश्यक दुःख दिएर कमाइ खाने भाँडो बनाएको आरोप लागिरहेको छ ।
उता, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा पनि त्यही अवस्था छ । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गरे तापनि विभिन्न नाकाबाट चोरीतस्करी भइरहेका छन् । सीमा नाकाबाट अवैध चोरीतस्करी मात्रै भएको छैन भन्सार र राजश्व पनि त्यत्तिकै छली भइरहेको छ । त्यसैगरी नेपाल प्रहरीले नागरिकको सुरक्षा गर्नुपर्नेमा त्यो नगरी विभिन्न गैरकानूनी, व्यापार व्यवसाय र क्रियाकलापमा संलग्न व्यक्तिहरुसँग मिलेमतो गरी कमाउधन्दा सञ्चालन गरेको आरोप छ ।
सुरक्षाकर्मीको निकम्मापनकै कारण टोलटोलीमा भट्टीपसल सञ्चालन गर्न दिने, दिउँसै जाँड÷रक्सी विक्रीवितरण दिने, जुवा–तास खेलाउने र यौनधन्दा सञ्चालन गर्नेहरु बढिरहेका छन् । त्यस्ता अपराधजन्य क्रियाकलप गर्नेप्रति प्रहरी प्रशासन उदासिन देखिएको छ । रातिको समयमा होटल रेष्टुरेन्टहरुमा जाँड÷रक्सी खाएर हो–हल्ला गर्ने, यौनधन्दा सञ्चालन गर्ने र लागुऔषध ओसारपोसारको कारोबार भइरहँदा सम्बन्धित निकायका घुमुवा प्रहरीहरुले हप्तावरी र महिनावरी पाउने भएपछि त्यस्ता क्रियाकलापमा प्रहरीको ध्यान पर्ने गरेको छैन ।
उता प्रहरी महानिरीक्षक दीपक थापाले पनि सुरक्षाकर्मीभित्र भएको विकृति र विसंगतिहरु हटाउन सकेका छैनन् । महानिरीक्षक थापाले प्रहरी संगठनभित्र हुने विकृति, विसंगतिलाई ढाकछोप गरेर कमाउधन्दामा लिप्त हुन थालेको उपत्यकावासीको आरोप छ । प्रहरी प्रमुख थापाले यस्ता विषयमा ध्यान दिएका छैनन् । उल्टै प्रहरी प्रमुख थापा नै मालदार निकायमा प्रहरी सरुवा गर्नेदेखि विभिन्न भौतिक संरचना निर्माणसँगै व्यापारी, उद्योगी र राजनीतिक दलहरुको चाकडी गर्न मै व्यस्त देखिन्छन् । चाकडी मात्रै गर्दैनन् आफ्नै संगठनभित्र एकले अर्काको पोल खोल्ने र संगठनभित्रको समाचार बाहिर ल्याएर आफू उच्च पदमा आसिन हुन चाहनेहरुको ताँतिलाई मलजल गर्ने काम गरेको स्रोतको दावी छ । तिनै प्रहरीकै कारण गृहमन्त्रालय बदनाम हुँदै गएको छ ।